बैतडी: बैतडीमा एक मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिकाका-६ पन्ज्युनयाँस्थित कबिर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीविरुद्ध मुद्दा दर्ता भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले इलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको बताए । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले भदौ १९ गते अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा मेडिकल दर्ता नै नभएको र स्वास्थ्य विषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेको पाएपछि उनलाई नियन्त्रणमा लिइएको थियो । उनीविरुद्ध मुद्दा दर्ता भएर म्याद थप भइसकेको प्रवक्ता खत्रीले बताए ।
Facebook Comments Box