Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढीमा अवैध सामान बरामद गरिएको छ। आज (आइतबार) बाह्र लाख उन्चालिस हजार आठ सय पछत्तर मूल्य बराबरको अवैध भन्सार छलीको सामान बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता तथा इन्सपेक्टर सन्तोष बस्यालले सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी टोली र जिल्ला जिप्रका कैलालीको टोलीले सो सामान बरामद गरेको हो। धनगढी उप-महानगरपालिकाको विभिन्न वडा स्थानहरुबाट बरामद गरिएका ती सामानहरु थप कारबाहीका लागि भन्सार कार्यालय त्रिनगर पठाईएको जनाइएको छ।

Read More

धनगढीः कैलालीको धनगढीबाट प्रहरीले १२ लाख ३९ हजार मुल्य बराबरका अवैध सामान बरामद गरेको छ। आइतबार धनगढीका विभिन्न स्थानबाट १२ लाख ३९ हजार ८७५ रुपैया बराबरका भन्सार छलीका सामान प्रहरीले बरामद गरेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको आरआईटी टोलीले भन्सार छलीका सामान जफत गरेको हो। जफत गरिएका सामान भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ।

Read More

धनगढी : धनगढी उपमहानगरपालिकामा भोलि सार्वजनिक विदा दिइएको छ । थारु समुदायले मनाउदै आएको गुरही पर्वको अवसरमा उपमहानगरपालिकाले भोलि (सोमबार) मातहतका कार्यालय र शैक्षिक संस्थामा सार्वजनिक बिदा दिइएको जनाएको छ । त्यस्तै गोदावरी नगरपालिकाले पनि भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नाग पञ्चमी र गुरही पर्वको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

Read More

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्इकर विमल घर्ती मगर बैबाहिक बन्धनमा बाधिएका छन्। उनले भद्रकाली मन्दीरमा आफ्नी प्रेमिका लिना प्रधानसँग विवाह गरेको सामाजिक सञ्जालमार्फत फोटो सार्वजानिक गरेका छन्। विमलले आइतबार काठमाडौंको भद्रकाली मन्दिरमा परिवारजनको उपस्थितिमा सामान्य तरिकाले विवाह गरेको बताइएको छ। लिना र विमलबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो। उनले एएफसी कप छनोटको प्लेअफ अन्तर्गत पारो एफसीविरुद्ध प्लेयर अफ द म्याच बनेपछि लिनालाई नै गोल समर्पण गर्दै खुसी साँटेका थिए। उनले शुक्रबारबाट केही दिनका लागि राष्ट्रिय टिमको क्लोज क्याम्पबाट विदा लिएका थिए।

Read More

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले आफ्ना मान्छेलाई जोगाउन सुन तस्करी छानबिनमा संलग्न प्रहरी अधिकारीलाई सरुवा गरेको आरोप लगाएको छ । एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै नेताहरू सो प्रकरणमा मुछिएपछि सरकारले उनीहरूलाई उन्मुक्ति दिनेगरी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई सरुवा गरेको बताए । आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले सीआईबीलगायतका सरकारी निकाय सत्तापक्षले आफ्नो इसारामा चलाउने काम भएपछि आफूहरूलाई त्यसले स्वतन्त्र र निष्पक्ष ढङ्गले सुन तस्करीको अनुसन्धान गर्ला भन्ने नलागेको जिकिर गरे । सचेतक बर्तौलाले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने आफ्नो पार्टीको मागको औचित्य झनै पुष्टि भएर गएकोले त्यसबाट पछि हट्न नसकिने अडानसमेत दोहोर्‍याए…

Read More

धनगढी: कञ्चनपुरमा बालिकामाथि अभद्र व्यवहार गरेको आरोपमा विद्यालयका लेखापाल पक्राउ पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–१० को सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल बिरेन्द्रप्रसाद जोशीलाई बालिकामाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले जोशीले विद्यालयमा अध्ययनरत अन्दाजी १५ वर्षीया बालिकामाथि हातपात गर्दै अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए । उनकाअनुसार बालिकामाथि हातपात गरिएको भन्दै आइतबार विद्यार्थीहरु आन्दोलित भएका थिए । उनीहरुले जोशीलाई कडा कारवाहीको माग गरेका छन् । जोशीलाई पक्राउ गरिएपनि पीडित पक्षले अहिलेसम्म किटानी जाहेरी भने दर्ता गराएका छैनन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले नै निष्कर्षमा पुर्‍याउने प्रष्टीकरण दिएका छन् । सिंहदरवारमा प्रधानमन्त्री(शीर्ष नेताको बैठकपछि बाहिरिने क्रममा उनले सदन सुचारु गर्ने विषयमा भोलिसम्म निष्कर्षमा पुगेर पर्सिसम्म निकास निस्किने विश्वास जनाए । उनले सङ्गठित अपराधअन्तर्गत मुद्दा अभियोजनको सीमा ६० दिन भएकाले अझै केही दिन बाँकी भएको बताएका छन् । ‘सीआईबीले निष्कर्षमा पुर्‍याउँछ । समग्रतामा यसप्रकारको घटना नदोहोरियोस् भनेर विमानस्थल, भन्सारमा के(कस्तो प्रबन्ध गर्ने हो सबै बसेर साझा निष्कर्षमा पुग्न सकियोस् । कुनै कन्फ्युजन नहोस् सीआईबीले नै टुङ्ग्याउँछ’, श्रेष्ठले भने ।

Read More

काठमाडौँ : पाकिस्तानको पञ्जाबमा यात्रीबसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको हाफिजाबाद जिल्लामा आज बिहान यात्रुवाहक एउटा बसले इन्धन बोकेको अर्को गाडीलाई ठक्कर दिँदा यात्रीबासमा आगो सल्केको थियो। फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहान सबेरै भएको उक्त दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेहरूलाई स्थानीय अस्पताल पुर्‍याएका थिए। उद्धार सेवाका अधिकारीका अनुसार बसमा करिब ४० यात्रु सवार थिए। दुर्घटनाग्रस्त बस देशको दक्षिणी बन्दरगाह शहर कराँचीबाट सङ्घीय राजधानी इस्लामावादतर्फ गइरहेको थियो। दुवै सवारी साधनका चालक दुर्घटनामा मारिएका छन्।

Read More

धनगढी: धनगढीको सेती प्रादेशिक अस्पताल भित्रको बेथितिमा अनेरास्ववियुले ध्यानाकर्षण जनाएको छ। आज (आइतबार) अनेरास्ववियुको कैलाली जिल्ला कमिटीले सेतीमा ब्याट्री मौलाउदै गएको भन्दै अस्पताल प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ। सुदूरपश्चिमकै स्वास्थ्य क्षेत्रको धरोहर सुविधा सम्पन्न अस्पतालका रुपमा चिनिदै आएको सेती प्रादेशिक अस्पतालको पछिल्लो समय अवस्था खस्किदै गएकोले ध्यानाकर्षण पत्र बुझाएको अनेरास्ववियु कैलालीका संयोजक रोहित बोगटीले बताए। उनका अनुसार सेतीमा सेवाग्राहीले समयमा सेवा नपाउने, शल्यक्रियाको लागि एक वर्ष पछिको मिति प्रदान गर्ने, खानेपानीको नाजुक अवस्था, शौचालय तथा सरसफाइको अवस्था पनि चिन्ताजनक छ। यस्तै सेतीमा कार्यरत चिकित्सकले बाहिरको निजी अस्पतालसंग सेटिङ गरेर रेफरको सिफारिस गरिदिने लगायत नर्सहरुको पनि समस्या रहेको बताइन्छ। सोही समस्याहरुलाई…

Read More

रुस : रुसले चन्द्रमामा पठाएको एउटा अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको छ। चन्द्रमामा नियन्त्रित अवतरण गर्ने उद्देश्यसहित पठाएको लुना–२५ अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ। उक्त अन्तरिक्षयानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्य मस्कोले राखेको थियो। लूना–२५ अन्तरिक्षयान झण्डै ५० वर्षमा रुसको पहिलो चन्द्र अभियान थियो। यसअघि रुसले सन् १९७६ मा आफ्नो पहिलो चन्द्रयान प्रक्षेपण गरेको थियो।

Read More