Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले लोकबहादुर थापालाई संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कमा स्थायी प्रतिनिधि नियुक्त गरेका छन् । परराष्ट्र मन्त्रालयका सहसचिव थापालाई नेपाल सरकारको प्रस्ताव र संसदीय सुनुवाई समितिको सिफारिसपछि आज राजदूत नियुक्त गरेका हुन् । त्यस्तै दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत दानबहादुर तामाङलाई मौरिसस र जाम्बियाका लागि, चीनका लागि राजदूत विष्णुपुकार श्रेष्ठलाई प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया र ब्राजिलका लागि राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र पाराग्वेका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेको जनाइएको छ ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशकै स्वास्थ्यमा गेमचेन्जर प्रोजेक्ट मानिएको गेटा मेडिकल कलेजको अस्पताल संचालनको लागि १ सय ४० जनाको दरबन्दी संरचना स्वीकृत भएको छ । स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने कि स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने विषयमा विवादकै बावजुत गेटा अस्पताल संचालन अगाडि बढाउनका लागि ४७ जना नर्ससहित १ सय ४० जनाको दरबन्दी संरचना स्वीकृत भएको हो । दरबन्दी पास भएसँगै कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाउन बाटो समेत खुलेको छ ।गेटाको स्वीकृत दरबन्दी संरचनाअनुसार अस्पतालको प्रमुखमा ११ औं तहको प्रमुख कन्सल्ट्यान्ट एक जना रहेछन् । पाँच वटा शाखाहरुमा विभिन्न इकाईहरु बनाएर अस्पतालको दरबन्दी संरचना बनाइएको छ । जसमा मेडिकल शाखा, चिकित्सा शाखा, स्त्री तथा…

Read More

धनगढी: अछाम पञ्चदेवल विनायक नगरपालिका–४ का स्थानीय विनोद शाहीको हत्याका मुख्य आरोपित सर्जनबहादुर शाही पक्राउ परेका छन्। उनलाई काठमाडौंको धापासीबाट राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष महाराज गुरुङ, सचिव विनय शाह, केन्द्रिय सदस्य भरत शाह, बखत शाही लगायतको टिमले समातेर चक्रपथ प्रहरीलाई बुझाएका थिए। त्यसपछि उनलाई पक्राउ गरिएको थुनामा राखेको महाराजगन्ज प्रहरी वृत्तलाईका डीएसपी अंगुर जिसीले जानकारी दिए। यसअघि नै शाहीको हत्या संलग्न रहेको आरोपमा पञ्चदेवल विनायक नगरपालिका मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका थिए। शाही २०७९ जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका थिए। जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा…

Read More

धनगढीः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले ३ दिन भित्र सडकको ३० मिटर क्षेत्र खालि गर्न ३ दिनको समय दिएको छ । पहिलो पटक सूचना जारी गर्दा पनि सडक अधिकार क्षेत्रमा हाल सम्म पनि संरचनाहरु नहटाइएकाले ३ दिन भित्र हटाउन अन्तिम पटक समय दिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतद्धारा जारी सूचनामा कलुवापुर चोक देखि दक्षिण बन्साह तर्फ ८०० मिटर लम्बाइ सडकको ३० मिटर क्षेत्र खालि गर्न भनिएको छ। बेलोरी– कलुवापुर– नायल – वुडरू सडक खण्ड अन्तर्गतको उक्त क्षेत्रमा संरचना हटाउन नगरपालिकाले यसअघि असार ३१ गते पनि सूचना जारी गरको थियो। तोकिएको समयावधि भित्र सडक क्षेत्र खालि नभएमा नगरपालिका लगायत सम्बन्धित निकाय…

Read More

काठमाडौँ : क्विन्टल सुन तस्करी प्रकरणका आरोपीमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सात दिनको म्याद पाएको छ। अभियुक्तलाई आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतको आदेशले उनीहरुमाथि अनुसन्धान गर्न सिआइबीले सात दिनको म्याद पाएको हो। राजस्व अनुसन्धान विभागको हिरासतमा रहँदा उनीहरुलाई उच्च अदालत पाटनबाट म्याद थप गरी अनुसन्धान हुँदै आएको थियो। अब भने जिल्ला अदालत काठमाडौँबाट आवश्यक प्रक्रिया अघि बढ्ने छ। म्याद मिलानपछि आजै उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न थालिएको प्रहरी प्रवक्ता कुबेर कडायतले बताए। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर १०० किलो सुन तस्करी प्रकरणको अनुसन्धान थालेको…

Read More

धनगढीः कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट करिब ७५ हजार ९५० मूल्य बराबरका चिनी, लेडिज सुट, धागो, ईलाष्टिक, कपास, कोरा कपडा लगायतका सामानहरु प्रहरी गस्ती टोलीले सोमबार दिउँसो बेवारिसे अबस्थामा बरामद गरेको हो। त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१० विद्युत कार्यालय अगाडीबाट पनि भन्सार छलीका सामान बरामद गरिएको छ। करिब २८ हजार दुई सय मुल्य बराबरका काजु, बदाम, जिरा, चना लगायतका सामानहरु सोमबार दिउँसो बरामद गरिएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै निर्वाचन आयोगबाट भएको जरिवाना गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश कायमै राखेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले सोमबार उक्त आदेश गरेको हो । यसअघि भएको प्रारम्भिक सुनुवाइमा निर्वाचन आयोगविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो । आजको इजलासले साउन १५ गते भएको उक्त आदेशलाई निरन्तरता दिएको हो । सांसद सोविता गौतमसहितले निर्वाचन आयोगविरुद्ध रिट दायर गरेका थिए । सोविता आफैँ बहसमा उत्रिएकी थिइन् । आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारले खर्च विवरण सार्वजनिक गरेर आफूलाई जानकारी नगराएको भन्दै त्यसो जनही १५…

Read More

धनगढी: बैतडीमा आफ्नै नातीको हत्या गरेको अभियोगमा हजुरबुवा पूर्पक्षका लागि कारागार चलान भएका छन्। सोमबार जिल्ला अदालत बैतडीले नातीको हत्या गरेको अभियोगमा पुर्चौडी नगरपालिका-६ मुडेलीधारका ५० वर्षीय गणेश साउँदलाई कारागार चलान गर्न आदेश दिएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जाशीले साउँदले गत असार २८ गते काठको चिर्पटले हिर्काएर आफ्नै २ वर्षीय नाती रेसम साउदको हत्या गरेको अभियोगमा कारागार चलान गरेको बताए। उनका अनुसार अर्का ८ वर्षीय नाती रिजन साउँदलाई पनि उनले घाइते बनाएका थिए। रिजन अहिले उपचाररत छन्। आमा र हजुरआमा घाँस काट्न गएका बेला मानसिक सन्तुलन ठिक नभएका साउँदले रेसमलाई हानेर घाइते बनाएका थिए। उनको उपचारका…

Read More

धनगढी : अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर समुदायप्रति लक्षित गरी दिएको अभिव्यक्तिविरुद्ध आज (सोमबार) धनगढीमा पनि विरोध प्रदर्शन भएको छ। नेपाल मगर संघ जिल्ला समन्वय समिति कैलाली र नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कैलालीले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन्। एक टेलिभिजन कार्यक्रममा अधिवक्ता पाण्डेले तामाङ र मगर जातिमा हुने गरेको विवाहको सँस्कृतिप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिविरुद्ध तामाङ र मगर समुदाय देशैभर आन्दोलित बनेका छन्। सिंगो मगर र तामाङलगायत आदिवासी जनजाति समुदायको पुस्तौँदेखिको अभ्यास र चालचलनमाथि गलत ढंगले व्याख्या गर्नुका साथै भ्रामक र तथ्यहिन अभिव्यक्ति दिएको भन्दै पाण्डेलाई तुरुन्त पक्राउ गरी कारबाही गर्नुपर्ने माग राख्दै उनीहरु आन्दोलित बनेका…

Read More

काठमाडौँ : पछिल्लो पाँच वर्षको अवधिमा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको सङ्ख्या करिब दश लाखले बढ्दा सोही अवधिमा सरकारले सामाजिक सुरक्षातर्फ व्यहोर्नुपर्ने दायित्वको अंश करिब चारगुणाले बढेको देखिएको छ । चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैगर्दा अर्थमन्त्री डा. प्रकाशशरण महतले तलबभत्ता, प्रशासनिक खर्च, सामाजिक सुरक्षा, सार्वजनिक ऋणको साँवा-ब्याज भुक्तानीका लागि मात्रै सरकारले १२ खर्ब ८० अर्ब बराबर विनियोजन गर्नुपरेको उल्लेख गरेका थिए । यी शीर्षकको खर्च सरकारको अनिवार्य दायित्व हो । चालु आवका लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको सरकारले सामाजिक सुरक्षातर्फ खर्च गर्नका लागि मात्रै कुल वार्षिक विनियोजनको नौ प्रतिशत अर्थात् एक खर्ब ५७ अर्ब…

Read More