Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : भारतस्थित बागेश्वर धामका आचार्य धीरेन्द्रकृष्ण शास्त्री नवलपरासीको शाश्वतधाम पुगेका छन् । आइतबार त्यहाँ हनुमन्थ कथा वाचन कार्यक्रम सुरु भएको छ, जुन सोमबारसम्म चल्ने छ । चौधरी ग्रुपका बरुण चौधरीको निमन्त्रणमा शुक्रबार काठमाडौँ आइपुगेका शास्त्रीलाई शनिबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गराउने तयारी थियो । तर दुबैसँग भेट हुन सकेन । स्रोतका अनुसार प्रधानमन्त्रीसँग शनिबार बिहान समय मागिएको थियो । तर निजी सचिवालयले प्रधानमन्त्री प्रचण्डको व्यस्तताको कारण देखाएर भेट नगराएको स्रोतको दाबी छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड शनिबार रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा पुगेका थिए । शास्त्रीलाई शनिबार नै राष्ट्रपति रामचन्द्र…

Read More

काठमाडौँ : प्रतिनिधि सभाको बैठक भोलि बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुने छ । संसद् सचिवालयका अनुसार बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनेछन् । सभामुख घिमिरेले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनेछन् । यस्तै, उनले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ । बैठकमा सभामुख घिमिरेले सांसद टोपबहादुर रायमाझीको पद निलम्बन भएको जानकारी गराउनेछन् । उनले सांसद सुनिलकुमार शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी पनि गराउनेलगायत सम्भावित कार्यसूचीमा…

Read More

काठमाडौँ : युक्रेनले पश्चिम रुसी क्षेत्रमा रहेको सैन्य हवाइ अड्डामा ड्रोन हमला गरेको छ । हमलामा परेर एक जहाज ध्वस्त भएको तर कुनै मानवीय क्षति नभएको रुसको सरकारी विश्व च्यानल आरटीले उल्लेख गरेको छ । शनिबार मस्कोको समय अनुसार बिहान १० बजे हमला भएको रुसी रक्षा मन्त्रालयलाई साभार गरेर आरटीले उल्लेख गरेको छ । जहाज ध्वस्त हुनुमा युक्रेनी ड्रोन खसाउनु प्रमुख कारण भएको रुसी मन्त्रालयले दाबी गरेको छ । ड्रोन खसालेपछि आगो सल्केको र त्यसले एक जहाजमा समस्या भएको रुसी दाबी छ । पछिल्ला दिनहरूमा युक्रेनले युरोप र अमेरिकाले दिएका हतियारहरू खासगरि ड्रोनबाट रुसी राजधानी मस्को लगायतका क्षेत्रहरूमा हमला गरिरहेको…

Read More

धनगढी: गैरनाफामुलक सामाजिक तथा युवा संस्था टिम नेपोको नयाँ केन्द्रिय कार्यसमिती चयन भएको छ । लामो समयदेखि समाजिक क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको टिम नेपोको बार्षिक साधारण सभाबाट केन्द्रिय सह(सचिवमा बैतडीका अमृत बिष्ट निर्बिरोध निर्वाचित भएका छन। यसअघि संस्थाको बैतडी जिल्ला संयोजक एवम प्रदेश संयोजकको समेत जिम्मेवारी सम्हालिसकेका बिष्ट पेशाले जनस्वास्थ्यकर्मी हुन। कोभिड(१९ को विषम परिस्थितिमा जिल्ला संयोजकको जिम्मेवारी सम्हालेका बिष्टले थुप्रै समाजिक कामहरु गरेका थिए। नवनिर्वाचित सह( सचिव बिष्टकै पहलमा कोभिड-१९ को बिकराल अवस्थामा गृह पालिका सुर्नयामा अक्सिजन कन्सेन्ट्रेटर, मास्क (सर्जिकल र एन95), गाउन, स्यानिटाइजर उपलब्ध गराउन सफल भएका थिए। यो सङ्गै जिल्ला स्तरमै बृक्षारोपण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा…

Read More

कैलाली : ब्राउनसुगरसहित पक्राउ परेकी महिलाले प्रहरीसामु नाम खोलिदिएपछि धनगढीमा लागुपदार्थको व्यापारमा संलग्न एक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राती प्रहरीको गस्तीले धनगढीको धनगढी उपमहानगरपालिका–१३ राजपुरचोकमा हिँडिरहेकी गोदावरी नगरपालिका–२ की २६ वर्षिया सिता चौधरीलाई शोधपुछ गर्दा उनी शङकास्पद देखिएपछि चेकजाँच गरिएको प्रहरीको भनाई छ । शङ्का बढेपछि चेकजाँच गर्दा सिताको साथबाट २४ मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा राखेर सितालाई थप शोधपुछ गरेपछि उनले आफूलाई ब्राउनसुगर दिने दम्पत्तिको नाम नै खोलिदिएकी छन् । प्रहरीका अनुसार सिताको बयानका आधारमा धनगढी उपमहानगरपालिका–४ तारानगर डेरा गरी बस्ने ३४ वर्षीय गणेशबहादुर डाँगी र उनकी श्रीमती ३० वर्षिया खेमा…

Read More

करिमगञ्ज : आसाम प्रहरीले रु चार करोडभन्दा बढीको ६१ हजार बोतल प्रतिबन्धित खोकीको औषधी बरामद गरेको छ । आसाम–त्रिपुरा सीमामा रहेको आसामको करीमगञ्ज जिल्लाको चुराईबारी क्षेत्रमा एउटा ट्रकबाट उक्त परिमाणको प्रतिबन्धित औषधि बरामद गरिएको प्रहरीले जनाएको छ । ट्रकका चालक विश्वजित विश्वासलाई पनि नियन्त्रणमा लिइएको छ । यससम्बन्धमा थप अनुसन्धान भइरहेको छ । गोप्य सूचनाको आधारमा प्रहरीले चुराईबारी क्षेत्रमा ट्रकलाई रोकेर खानतलास गरेको थियो । ‘लागूऔषध विरुद्धको हाम्रो अभियान जारी छ । हिजो राति हामीले एउटा ट्रकलाई रोक्यौँ त्यहाँबाट हामीले प्रतिबन्धित ‘कफ सिरप’का ६१ हजार बोतल बरामद गरेका छौँ,’ अभियुक्तविरुद्ध प्रारम्भिक कानुनी कारवाही थालिएको जानकारी दिँदै करिमगञ्ज जिल्लाका अतिरिक्त प्रहरी…

Read More

काठमाडौँ : सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा बासुदेव जोशी चयन भएका छन् । शनिबार धनगढीमा सम्पन्न सङ्घको दोस्रो साधारणसभाबाट जोशी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । लामो समयदेखि क्रिकेट गतिविधिमा सक्रिय जोशी पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टिमको छनोट समिति सदस्यमा रहेका थिए । जोशी डडेलधुराबाट जिल्ला प्रतिनिधि भएर अध्यक्षमा चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा रमेशबहादुर बोहरा (बैतडी), सचिव लक्ष्मणदत्त भट्ट (कञ्चनपुर), कोषाध्यक्ष दिनेश सिंह (डोटी), सदस्यहरूमा हरि रेग्मी (कैलाली), शेर सिंह खत्री (बैतडी), तेज कार्की (दार्चुला), अनिल कुँवर (अछाम), माया रावत साउद (कञ्चनपुर), रमेशबहादुर चन्द (डोटी), जोगबहादुर दौल्याय (बझाङ),बाबुराजा श्रेष्ठ (कैलाली) र आशिष कुमार खत्री (कञ्चनपुर) निर्विरोध निर्वाचित…

Read More

काठमाडौँ : मुग्लिन पुलमा झुन्डिएका एक व्यक्तिको सशस्त्र प्रहरीले रोप रेस्क्यु विधिबाट जीवितै उद्धार गरेको छ । शनिबार बिहान धादिङको निलकण्ठ नगरपालिका-६ का ४५ वर्षका कृष्ण परियार पुलमा झुण्डिएका थिए । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारले खबर पाएपछि ११ जनाको टोली मिलेर उद्धार गरेको हो । परियारको हाल मुग्लिनस्थित हाइवे अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

Read More

कंचनपुरः कंचनपुरमा करेन्ट लागेर मृत्यु भएका व्यक्तिको परिवारलाई क्षतीपूर्ती दिइएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१० सुकासालका ३८ बर्षिया दिनेश ओडको साउन ३१ गते करेन्ट लागेर मृत्यु भएको थियो। करेन्ट लागेर ज्यान गुमाएका ओडका परिवारलाई नेपाल विद्युत प्राधिकरण र डिसहोम अप्टीनेट सलुसन प्रालिले क्षतिपूर्ति दिएको हो। विद्युतको पोलमा झुण्डिएको तारबाट पैदल यात्रा गरिरहेका दिनेशको मृत्यु भएपछि मृतक परिवार आफन्त आन्दोलित भएका थिए। पीडित पक्षसंग नेपाल विद्युत प्राधिकरण र फाईबर नेटका संचालकविच शुक्रबार सहमती भएको हो। मृतक ओडका नाबालक सन्तानको उचित पालनपोषणका लागि डिसओमले १० लाख रकम दिएको छ भने नेपाल विद्युत प्राधिकरणले क्षतिपूर्तिका लागि आवश्यक प्रकृया अघि बढाउने र मृतक ओडका परिवारका…

Read More

बाजुराः बाजुरामा भालुको आक्रमणबाट शनिवार एक महिला घाइते भएकी छन्। जिल्लाको बुढीगंगा नगरपालिका–७ झालीकी २७ वर्षीया सुनिता कटुवाल घाइते भएकी हुन्। बिहान जंगली भालुको आक्रमणबाट घर नजिकै रहेको मकैबारीमा बाँदर र भालुले खाएका मकै काटेर ल्याउन गएका बेला भालुले महिलालाई आक्रमण गरेको हो। भालुको आक्रमणबाट घाइते भएकी कटुवालको खट्टा र अन्य शरिरमा चोट लागेको प्रहरीले जनाएको छ। स्थानीय झाली आधारभूत स्वास्थ्य चौकीमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा लगिएको छ। भालुको आक्रमणमा परी घाइते भएकी महिलाको अवस्था भने खतरामुक्त अर्थात सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

Read More