Author: महेन्द्रनगर पोष्ट

कैलाली: तीन वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशबाट अख्तियार दुरुपयोग गरेको भन्दै ५ हजार २ सय ६७ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०७७/०७८ मा प्रदेशबाट १ हजार ५ सय ७६ वटा उजुरी परेका थिए। आर्थिक वर्ष ०७८/०७९ मा उक्त संख्या बढेर १ हजार ७ सय ३९ पुगेको थियो। गत आर्थिक वर्ष (०७९/०८०) १ हजार ९ सय ५२ पुगेको कार्यालयले जनाएको छ। तीन वर्षको अवधिमा परेका उजुरीमध्ये ४ हजार ५ सय १७ उजुरी फर्छ्यौट भइसकेका र बाँकी ७ सय २० हाल अनुसन्धानमा रहेका छन्। तीन वर्षको अवधिमा सबैभन्दा बढी उजुरी कैलालीबाट परेका छन् । यस…

Read More

बैतडी: बैतडीमा पनि आँखा पाक्ने रोग फैलिँदै गएको छ। तराईका जिल्लाहरुमा देखिएको आँखा पाक्ने रोग पछिल्लो समयमा बैतडीजस्ता पहाडी जिल्लामा समेत फैलिँदै गएको आँखा उपचार केन्द्र गोठलापानीले जनाएको छ। आँखा उपचार केन्द्र गोठलापानी र आँखा उपचार केन्द्र पाटनमा २० दिनको अवधिमा ८ सय आँखाका बिरामी उपचारका लागि आइसकेको बताइएको छ। दैनिक २० जनाजति आँखा पाकेका बिरामीहरु केन्द्रमा उपचारका लागि पुग्ने गरेका आँखा उपचार केन्द्र पाटनकी नेत्र सहायक लता कार्कीले बताइन्। आँखा पाक्ने रोग लागेका बिरामीहरुमा आँखा रातो हुने, सुन्निने, चिलाउने, आँसु झर्ने लगायतका लक्षणहरु देखा पर्ने गरेका छन्। एडिनो भाइरसका कारण मानिसहरुमा आँखा पाक्ने रोग फैलिएको स्वास्थ्यकर्मीहरुले बताएका छन। संक्रमण…

Read More

डडेल्धुरा: काठमाडौंको लुम्बिनी एकेडेमिक कलेजले डडेल्धुराका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। त्यसका लागि कलेज र नेपाल विद्यार्थी संघ डडेल्धुराबीच सम्झौता भएको छ। सम्झौता अनुसार कलेजले जिल्लाका सातै स्थानीय तहबाट गएका १/१ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने र हरेक स्थानीय तहबाट ३/३ जना गरि २१ जनालाई आंशिक प्रदान गरिने भएको छ। एसईई परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गरेका तथा गरिब जेहन्दार विद्यार्थीले छात्रवृत्ति पाउन स्थानीय तहका प्रमुखको सिफारिस लग्नुपर्ने छ। लुम्बिनी एकेडेमिकमा विज्ञान, मानविकी तथा व्यवस्थापन संकायमा पढाई हुन्छ।

Read More

डडेल्धुरा: अविरल वर्षाका कारण भिमदत्त राजमार्ग ६ दिनदेखि अवरुद्ध भएपछि डडेल्धुराको तरकारी कुहिँन लागेको छ। अमरगढी नगर क्षेत्रका कृषकले उत्पादन गरेको काउली, बन्दा, गोलभेडा, भेडे खुर्सानी, मूला लगायतका तरकारीहरु सोमबारको वर्षाले भिमदत्त राजमार्ग अन्तर्गत कैलालीको खानीडाँडा–बुढितोला क्षेत्रमा पहिरो जाँदा आवागमन बन्द भएपछि निर्यात हुन नसकेको हो। सुदूरपश्चिमका नौ जिल्लामा तरकारी आपूर्ति हुने डडेल्धुराको तरकारी उपभोक्ता सम्म जान नसक्दा तयार भएको तरकारी बारीमै र बिक्रीका लागि गएको तरकारी बजारबाट फिर्ता हुन थालेपछि कृषक र कृषि व्यवसायी चिन्तित भएका छन् । बजार पठाउन लागिएको तरकारी फिर्ता आएको र संकलन केन्द्रमा पनि कुहिन थालेपछि करिब १५ लाख रुपैयाँ बराबरको तरकारी नोक्सानी भएको कृषक…

Read More

टीकापुर: कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो। पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नम्बर ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने देखिन्छ । नदी कटान तीव्र भएपछि शनिवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट लगायतको टोलीले कटान क्षेत्रको अनुगमन गरेको छ। मुख्यमन्त्री शाहले नदी नियन्त्रणका लागि प्रदेश सरकारले सक्दो पहल गर्ने जानकारी दिए। नदी बस्तीमा पसेमा हजारौं परिवारको उद्धार गर्नुपर्ने, हजारौं बिघा धानबाली…

Read More

धनगढीः कैलालीबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेबाट लागुऔषधसहित २ जना पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय, मालाखेतीका अनुसार शनिवार साँझ पश्चिमबाट पूर्व जाँदै गरेको सुपप्र ०१०११ प ८७३५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा चालक वर्दगोरिया गाउँपालिका वडा नम्बर १ का २३ वर्षीय रिजनकुमार बुढा र मोटरसाइकलमा सवार वर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का २३ वर्षीय चेतन पौडेल लागुऔषधसहित पक्राउ परेका छन्।  प्रहरी टोलीले मोटरसाइकल चेकजाँच गर्दा पौडेलको साथबाट १ ग्राम ३४० मिलीग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ। दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान…

Read More

टीकापुर: गत सोमबारदेखि परेको अविरल वर्षापछि आएको बाढीले भजनी नगरपालिका(८ का किसान रमेश चौधरीको दुई बिघा जमिन कटानमा परेको छ । बाढीले गाँज हाल्दै गरेको धानबाली बाढीले नष्ट गरिदिएको भन्दै उनले चिन्ता व्यक्त गरे । “बाढीले घरमा भएका अन्नपात पनि भिजायो, खेतको धानबाली पनि नष्ट गर्‍यो”, उनले भने । बाढीले उनको मात्रै होइन भजनी वडा नं ३ र ८ का अधिकांश किसानको धानबाली नोक्सान गरेको छ । भजनी नगरपालिकाले पालिकामा छ हजार हेक्टरमा लगाएको धानबाली नष्ट भएको जानकारी दिएको छ । जसमध्ये वडा नं ३ र ८ मा सबैभन्दा धेरै धानबाली नोक्सानी भएको भजनी नगरपालिकाका कृषि शाखा प्रमुख सुशोभन अधिकारीले…

Read More

कैलाली: नदीमा डुबेर कैलालीको गौरीगंगामा २ बालिका बेपत्ता भएकी छन्। प्रहरीका अनुसार शुक्रवार गौरीगंगा नगरपालिका–८ बडैपुरको लिक्मा नदीमा डुबेर ती बालिका बेपत्ता भएका हुन् । बडैपुर शिविरमा बस्दै आएका शेरबहादुर बोहराकी ९ वर्षिया छोरी मुना बोहरा र रमेश ओलीकी १० वर्षकी छोरी गौरी ओली बेपत्ता भएका प्रहरीले जनाएको छ । घरमा कसैलाई जानकारी नगराई नदीतर्फ गएका उनीहरु हराएपछि खोजी जारी छ ।

Read More

काठमाडौँ: मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर–प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव नेपालमा रहेको छ। जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही, कर्णाली प्रदेशको थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै साथै  मधेस प्रदेशको एक-दुई स्थानहरूमा चट्याङ्गसहित भारी देखि धेरै भारी…

Read More

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – २ अत्तरियाबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन । लागुऔषध सहित अत्तरियाको पहाड रोडमा रहेको एक होटलमा काम गर्ने कर्मचारी र गोदावरी – २ मै बस्दै आएका अर्का एक व्यक्ति पक्राउ परेका हुन । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोषाकको टोलिले अत्तरिया पहाड रोड स्थित भुपु सैनिक होटलमा काम गर्ने बैतडी सिगास गाउँपालिका – २ घर भएका १८ बर्षीय दिपेश धामीलाई पक्राउ गरेको थियो । उनलाई थप सोधपुछ गर्दा गोदावरी नगरपालिका – २ बस्ने ३६ बर्षीय बसन्त खत्री पनि पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । डिएसपी गणेश बरालका अनुसार…

Read More