Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीमा झण्डै डेढ किलाे लागू औषध चरेशसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा घाेडाघाेडी नगरपालिका -१० बस्ने ४८ वर्षीय नरबहादुर घिमिरे, ३१ वर्षीय थानेश्वर घिमिरे, कञ्चनपुरकाे भिमदत्त नगरपालिका -१ बस्ने २९ वर्षीय सागर बस्नेत र कृष्णपुर नगरपालिकाका ३६ वर्षीय चन्द्र नेपाली रहेको प्रहरीले जनाएको छ। घाेडाघाेडी नगरपालिका-५ काे देउकलियाबाट सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय सुखडकाे टाेलीले ४ जनालाई पक्राउ गरेकाे हाे। चारै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।

Read More

चितवन: जबर्जस्ती करणीको आरोपमा तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारी पक्राउ परेका छन्। तीन वर्षयता कार्यालयमा कार्यरत महिलालाई यौनशोषण गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो। पीडितका भाइले किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए। गत वैशाख १२ देखि नै महिनावारी रोकिएको र चार महिना नाघेको गर्भपतन गराउँदा महिलाको अवस्था गम्भीर भएपछि घटना बाहिर आएको हो।

Read More

धनगढी: कैलालीको धनगढीमा विद्युतीय धरापमा परेर एक महिलाकाे मृत्युु भएकाे छ। मृत्यु हुनेमा धनगढी-३ बस्ने अन्दाजी ३२ वर्षीया मञ्जु कुँवर रहेकी छिन्। धनगढी उपमहानगरपालिका-३ स्थित रहेकाे हाेल्डिङ सेन्टर नजिकै जंगली जनावरका लागि खेतमा थापेकाे विद्युतीय धरापमा परेर साेमबार राति करिब ११ बजेतिर उनको मृत्यु भएकाे प्रहरीले जनाएको छ। मृतक महिलाकाे शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। जंगली जनावरबाट धानबाली जाेगाउन खेतकाे आलीमा धराप थाप्ने जंगलिका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तौ घटनास्थलमा भारतबाट भन्सार चाेरी निकासी गरि ल्याइएका केही सामान कपडाहरु भेटिएका छन्। प्रहरीले घटनाको अनुसन्धान गरिएको छ।

Read More

कैलाली: आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागक थोरै स्थानहरू तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

काठमाडौं: भारतसँग १० विकेटको पराजय भएसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ। सोमबार बेलुकाको खेलमा वर्षाले बीचमै खेल अवरुद्ध भएपछि ५० ओभरको खेल २३ ओभरमा झारिएको थियो। ओभर घटाएपछि भारतले १४५ रनको लक्ष्य पाएको थियो। भारतले विना विकेट क्षति ‍‍‍२०.१ ओभरमा लक्ष्य पूरा गर्यो।  हिजो भएको खेलमा भारतको जितका लागि कप्तान रोहित शर्माले ५९ बलमा ७४ र शुभमन गिलले ६२  बलमा ६७ रन जोड्न सफल भए। यसअघिकाे पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो।

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असोजको पहिलो साता चीन भ्रमणमा जाँदैछन् । न्यूयोर्कमा हुन लागेको राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री ‘प्रचण्ड’ असोज ५ गते चीन जाने कार्यक्रम छ । अमेरिकालगत्तै चीन जाने तयारीमा रहेका प्रधानमन्त्री ‘प्रचण्ड’को भ्रमणको तयारी तीव्र भइरहेको छ । चीन भ्रमणको एजेण्डाबारे अहिले छलफल भइरहेको परराष्ट्रमन्त्री एनपी साउदले बताए । सोमबार सोलुखुम्बुमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘आगामी असोजमा प्रधानमन्त्रीको चीन भ्रमण हुँदैछ । त्यो भ्रमणमा कृषि विकाससम्बन्धी एजेन्डा पनि छन् । चीनका राष्ट्रपति सी चिनफिङ नेपालमा आउनुभएको बेला चीनले प्रतिबद्धता जनाएका अनुदानका राशिहरूको लागि प्राथमिकताका आधारमा योजना छुट्याउने विषयमा पनि हामी गृहकार्यमा लागिरहेका छौँ ।’…

Read More

काठमाडौँ : नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको छ । एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए । ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाए । अलराउण्डर सोमपाल कामीले महत्त्वपूर्ण इनिङ खेले । दिपेन्द्रसिं ऐरी र सन्दीप लामिछाने साझेदारी गरेका सोमपालले दुई छक्का र एक चौका सहित ४८ रन जोडे । ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन जोडे । दिपेन्द्र सिंह ऐरी २९…

Read More

धनगढीः कैलालीबाट भन्सार छलिका सामानसहित एक जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उप–महानगरपालिका–३ त्रिनगर ब्यारेलबाट भन्सार छलिका अन्दाजी २८ हजार मुल्य बराबरका साडी, धोती, ब्लाउज लगायतका सामानसहित डोटीको शिखर नगरपालिका –८ का ३० वर्षीय करन कार्कीलाई आज (सोमवार) दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ।

Read More

बैतडीः बैतडीमा सोमवार करेन्ट लागेर गम्भीर घाइते भएकी एक महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर–६ की ४३ वर्षीया कलावती नाथको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। सोमवार बिहान घाँस काटेर भारी उठाउने क्रममा विद्युतको हाइटेन्सन लाइनको पोलमा छोइएर करेन्ट लागेर गम्भीर घाइते भएकी नाथलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ।

Read More

काठमाडौँ: वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले वन मन्त्रालयको कार्यभार सम्हालेको सय दिन अवधिको प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्रालयमा आज अयोजित पत्रकार सम्मेलनमा उनले यस अवधिमा भए गरेका कार्यका बारेमा जानकारी गराउँदै नेपाल सरकारबाट नेपाल वन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियम, २०८० (दोस्रो संशोधन) स्वीकृत भएको बताए । यसले वन सेवाअन्तर्गत संस्थागत हुने गरी वातावरण समूह थप भएको र वन सेवाका पद नाममा समसामयिक सुधार गरेको छ । यसैगरी मन्त्रिपरिषदबाट वन (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गरिएको, जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन राष्ट्रिय कार्यान्वयन योजना, २०८० स्वीकृत भएको, ‘वन्यजन्तु अपराध नियन्त्रण आदेश, २०८०’ र…

Read More