चितवन: जबर्जस्ती करणीको आरोपमा तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारी पक्राउ परेका छन्।
तीन वर्षयता कार्यालयमा कार्यरत महिलालाई यौनशोषण गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो।
पीडितका भाइले किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए।
गत वैशाख १२ देखि नै महिनावारी रोकिएको र चार महिना नाघेको गर्भपतन गराउँदा महिलाको अवस्था गम्भीर भएपछि घटना बाहिर आएको हो।
Facebook Comments Box