Author: महेन्द्रनगर पोष्ट

योगेन्द्र रावल, डडेल्धुरा: आज(मंगलबार) सुदूरपश्चिम प्रदेश सभाकी सदस्य सरस्वती खड्काले हातमा कुचो थियो। उनी डडेल्धुरा सदरमुकामस्थित अस्पताल रोडमा कुचोले बढार्दै थिइन्। केही बेरअघि डडेल्धुरा अस्पतालको अनुगमन गरेर फर्केकी उनी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरसफाई गर्ने कार्यक्रममा सरिक भएकी थिइन्। जिल्ला प्रहरी कार्यालय र डडेल्धुरा अस्पतालको सहकार्यमा उक्त सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियो। प्रहरी, सशस्त्र प्रहरी, अस्पतालका कर्मचारी तथा आम नागरिकको सहभागितामा तुफानडाँडाबाट अस्पताल परिसर सम्म सरसफाई गरिएको डडेल्धुरा अस्पताल व्यवस्थापन समिति अध्यक्ष करुणाकर ओझाले बताए। उक्त कार्यक्रममा सांसद सरस्वती खड्का, जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनोहर प्रशाद भट्ट, सशस्त्र प्रहरी बलका डिएसपी बिरेन्द्र पाल, जिल्ला प्रशासनका प्रशासकीय अधिकृत जिरेन्द्र…

Read More

धनगढीः अछाममा भरुवा बन्दुक फेला परेको छ। जिल्ला प्रहरी कार्यालय, अछामको प्रहरी टोलीले अबैध भरुवा बन्दुक फेला पारेको हो। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ९ ओलीगाउँस्थित डाँडा भन्ने ठाउँबाट एक नाले भरुवा बन्दुक फेला परेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार सोमवार दिउँसो भरुवा बन्दुक फेला परेको हो। विषेश सूचनाका आधारमा प्रहरीको टोली ओलीगाउँ गएको थियो। बन्दुकको बारेमा प्रहरीले थप अनुसन्धान जारी हरेको बताएको छ।

Read More

धनगढीः डडेल्धुराको एक बाख्रा गोठमा आगलागी भएको छ। जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ४ का नेत्रलाल बोहराको गोठमा आगो लागेको हो। प्रहरीका अनुसार उनको बाख्राको एक कोठाको जस्ताले छाएको गोठमा मंगलवार बिहान आगो लागेको हो। लामखुट्टे धपाउन बालिएको आगो गोठमा सल्किएको थियो। एक खसी र दुई बोका जलेर मरेका छन्। स्थानीय र प्रहरीको सहयोगमा बाँकी १० वटा बाख्राको उद्दार गरिएको छ।

Read More

धनगढीः कैलालीस्थित धनगढी विमानस्थलमा विभिन्न तहका कर्मचारी आवश्यक परेको भन्दै गलत सूचना सार्वजनिक भएको पाइएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत एक जनाले गलत सूचना सार्वजनिक गरेको पाईएको हो । धनगढी विमानस्थलका अनुसार निरा थापामगर नामको फेसबुकबाट विमानस्थलमा विभिन्न प्रकृतिका कामदार चाहिएको भन्दै गतल सूचना सार्वजनिक भएको थियो। उनले मोबाइल नमबर ९८२७४२९८७४ मा सम्पर्क गर्न आह्वान गरेकोमा गतल भएको विमानस्थल कार्यालयले जनाएको छ। धनगढी विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारी आवश्यकताको सूचना गलत भएको बताएका हुन। उनले फेसबुकको सूचनाको आधारमा कार्यालयमा सर्वसाधरण कामका लागि आउने गरेको बताए। उनले विमानस्थल कार्यालयमा कुनै पनि कामका लागि कर्मचारी आवश्यक नभएको…

Read More

काठमाडौँ : संवैधानिक परिषद्को बैठक सर्वोच्च अदालतका नयाँ प्रधानन्यायाधीश सिफारिस नगरी सकिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलवार बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश सिफारिसको एजेन्डा थियो। ‘आज प्रधानन्यायाधीश सिफारिस गर्नेसम्बन्धी एजेन्डा थियो। हामीले छलफल गर्‍यौँ। थप छलफल गर्नुपर्ने देखिएकाले १८ गते ५ बजे फेरि बस्ने गरी बैठक स्थगित भएको छ,’ बैठकपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने। संवैधानिक परिषद्ले असार २० गते अगावै प्रधानन्यायाधीश सिफारिस गर्नु पर्नेमा बैठक बस्नै विलम्ब भएको थियो। उमेर हदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ। त्यसको एक महिनाअगाडि नै प्रधानन्यायाधीश सिफारिस गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ। सर्वोच्चको रोलक्रममा अहिले न्यायाधीश…

Read More

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन (कोप–२८० मा निमन्त्रणा गरिएको छ । संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा हुँदैछ । नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शाम्सीले आज राष्ट्रपतिसँग भेट गरी सो निमन्त्रणा गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

Read More

धनगढीः धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकबाट चार सय मिलिग्राम लागुऔषधसहित घोडाघोडी नगरपालिका–१० का २३ वर्षीय बेद चौधरी पक्राउ परेका हुन्। उनलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो।

Read More

काठमाडौँ : कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका उद्धव थापा नियुक्त भएका छन्। सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मङ्गलवार दोस्रो पटक मुख्यमन्त्री नियुक्त गरेका हुन्। यसअघि थापाले संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए। थापालाई मुख्यमन्त्री बनाउन काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदले समर्थन गरेका छन्।

Read More

काठमाडौँ: भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी)ले बढेको मूल्यसूची पठाएको नेपाल आयल निगमले जनाएको छ । यस पटक पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढेर आएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । भारतले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र हवाई इन्धनमा आठ रुपैयाँ तथा डिजल र मट्टीतेलमा सातरसात रुपैयाँका दरले भाउ बढेर आएको छ । खाना पकाउने एलपी ग्यासमा भने प्रतिसिलिन्डर एक सय रुपैयाँ घटेर आएको निगमले जनाएको छ । सरकारले यसै महिनादेखि पेट्रोलियम पदार्थको भाउमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । स्वचालित मूल्य प्रणालीअनुसार भारतबाट भाउ घटबढ भएर आउनेबित्तिकै नेपालमा पनि…

Read More

काठमाडौँ: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको नेतृत्व नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले गरेकी छिन् । रेशम चौधरी जेलमै हुँदा मन्त्री बनेकी रञ्जिता मन्त्रालय चलाउनको लागि सल्लाह लिन भने रेशम रहेको जेलमै पुग्ने गरेको चर्चा थियो । सरकारको सिफारिशमा जब रेशमले राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाए तब उनी श्रीमती मन्त्री रहेको उक्त मन्त्रालय भने रेशमले नै चलाउन थालेको चर्चा छ । रेशमले पार्टीमा पनि हस्तक्षेपकारी भूमिका खेल्न थालेको चर्चा छ ।अहिले उक्त पार्टीका अधिकांश नेता तथा कार्यकर्ताहरु नेतृत्वप्रति रुष्ट छन् । पार्टीका संस्थापकमध्येका एक सुरेन्द्र चौधरी त अहिले रेशम दम्पत्तिले पार्टीको भविष्य नै समाप्त पारेको निश्कर्षमा पुगेका छन्…

Read More