Author: महेन्द्रनगर पोष्ट

पर्सा: रोपाइँको गीत गञ्जिने बेला पर्साका खेतमा जताततै दमकल भेटिन्छन् । साउनको दोस्रो साता बित्दासमेत पानी नपरेपछि रोपाइँका लागि दमकलको भर पर्नुपरेको हो । किसानले खेतमा पानी लगाउन दमकलको चर्को मूल्य तिर्न बाध्य छन् । रोपिएको धान पनि हुन्छ की हुँदैन भनेर किसान चिन्तित छन् । डिजलबाट चल्ने दमकलको भाडा प्रतिघण्टा रु चार सय तथा बिजुलीबाट चल्नेको मूल्य प्रति घण्टा रु तीन सय तिर्नु परिरहेको पोखरिया–४ का सन्तोषप्रसाद चौहानले जानकारी दिए । गण्डक नहरमा पानी छैन । स्थानीय तहले कुलो सफा नगर्दा किसान मारमा छन् । उनीहरु दमकलको भरमा खेतमा पानी हाल्न बाध्य छन् । “आकासे पानी अभावमा रोपाइँ गर्न…

Read More

कास्की: साहसिक खेल प्याराग्लाइडिङ गरेर फेवाताल किनारमा उत्रिएपछि सुनिता दबाडीमा खुसीको सीमा थिएन । पहिलोपटक जीवनमा सोमबार दिउँसो प्याराग्लाइडिङ गरेको अनुभव उनले शब्दमा व्यक्त गर्न सकिरहेकी थिइनन् । शारीरिकरूपमा दृष्टिविहीन सुनिता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिफोन ‘अपरेटर’को काम गर्छिन् । ‘ब्लाइन्ड रक’ संस्थाको सदस्यसमेत रहेकी उनी प्याराग्लाइडिङको अनुभवका लागि आइतबार दिउँसो पोखरा आएकी थिइन् । पोखरा आएसँगै उनमा प्याराग्लाइडिङ गर्न मौसमले साथ देला कि नदेला भन्ने चिन्ता थियो । जब बिहान उनी ‘टेकअफ’का लागि मान्द्रेढुङ्गा पुगिन्, उनले त्यसपछि आफ्नो खुसी थाम्न सकिनन्। “प्याराग्लाइडिङमा उड्ने पहिलादेखिकै योजना थियो । कहिले उड्न पाइएला भन्ने लागेको थियो । जाने बेला सहज हुन्छ कि भन्न…

Read More

काठमाडौँ: सुनको मूल्य बढेर तोलामा एक लाख १३ हजार रुपैयाँ पुगेको छ । हिजो तोलामा एक लाख १२ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य आज चार सय रुपैयाँले बढेको हो । यस्तै, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Read More

दार्चुला: दार्चुलामा साउनयता मात्रै १७ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएका १७ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी राजेश भट्टले बताए । उनका अनुसार साउन १४ गतेसम्ममा १७ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो । जसमध्ये जिल्लाको महाकाली नगरपालिकामा सबैभन्दा बढी ९ जनामा स्क्रब टाइफस देखिएको छ । त्यसैगरी दुहुँ, व्यास र नौगाड गाउँपालिकाका २/२ जनामा संक्रमण देखिएको छ । मार्मा र लेकम गाउँपालिकाका १/१ जनामा स्क्रब टाइफस देखिएको छ ।

Read More

बैतडी: बैतडीमा भत्ता बुझेर घर फर्किरहेका वृद्ध मृत अवस्थामा फेला परेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका-६ रोडिका ७१ वर्षीय धनसिंह भण्डारी ३ र ४ नम्बर वडाको सिमाना पर्ने गोगनपानी भन्ने ठाउँमा मृत अवस्थामा फेला परेका हुन् । वडा नम्बर ३ कुलाउँमा रहेको नविल बैंकबाट वृद्ध भत्ता बुझेर घर फर्किरहेका भण्डारी मृत फेला परेका र उनको टाउकोमा चोट लागेको बताइएको छ । जिल्ला प्रहरी कार्यलय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ ।

Read More

कैलाली: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा मन्त्री नियुक्त गर्ने भएका छन् । आज बालुवाटारमा भएको शीर्ष नेताहरूबीचको छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कांग्रेसले पाउने सहमति भएको हो । यो सँगै भोलि कांग्रेसकाले संसदीय दलको बैठक मार्फत मन्त्रीको नाम टुङ्गो लगाउने मुख्यमन्त्री शाहले बताए ।बझाङमा सडक दुर्घटनामा परि पृथ्वीबहादुर सिंहको निधन भएपछि यो मन्त्रालय खाली थियो । सिंह काङ्ग्रेसबाट निर्वाचित सांसद थिए । कानुन मन्त्रीका लागि आधा दर्जन कांग्रेसका सांसदहरू आकांक्षी भएपनि बैतडीबाट निर्वाचित शिवराज भट्ट मन्त्री बन्ने सम्भावना बढी छ ।

Read More

धनगढी: टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका तर राष्ट्रपतिबाट माफी पाएका नागरिक उन्मुक्ति पार्टीका जन्मदातासमेत रहेका रेशमलाल चौधरीले आफ्नो पार्टी सरकारमा जाने बताएका छन्।रेशमलालले सुदूरपश्चिम सरकार विस्तारका क्रममा आफ्ना प्रदेश सभा सदस्यले बिहीबार मन्त्रीको सपथ लिने सहमति भएको बताए। उनका अनुसार आज बालुवाटारमा शीर्ष नेताहरूबीच भएको छलफलपछि सहमति जुटेसँगै प्रदेश सरकार विस्तारको मिति तय भएको छ। जसअनुसार रेशमलालको पार्टी नागरिक उन्मुक्तिले १ मन्त्री १ राज्यमन्त्री र २ समितिको सभापति पाउने सहमति भएको छ। नागरिक उन्मुक्तिकी अध्यक्षसमेत रहेक‍ी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले सो सहमति भएको जानकारी दिइन्। यस्तै खाली रहेको एक मन्त्रालय कांग्रेसले पाउने भएको छ। बालुवाटारमा…

Read More

काठमाडौँ: संवैधानिक परिषद्को बैठक आज बस्दै छ। आज बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने छ। परिषद्को बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने बताइएको छ। पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संविधानमा व्यवस्था भएपनि सरकारले त्यसको वेवास्ता गरेको छ। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ। कार्कीको पदावधी सकिनु नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्ने तयारीमा सरकार छ। वरीयताक्रममा अगाडि रहेका विश्वम्भरप्रसाद श्रेष्ठलाई आज बस्ने बैठकले प्रधानन्यायाधीश सिफारिस गर्नेछ।

Read More

बैतडीः बैतडीको सुर्नया गाउँपालिकाले जेसिबी खरीद गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटबाट ५१ लाख ५० हजारमा जेसिबी खरीद गरेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए । सडक निर्माण, मर्मत सम्भार र पालिकाका अन्य आवश्यक कामहरुमा प्रयोग गर्ने प्रयोजनका लागि जेसिबी खरीद गरेको गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।

Read More

लन्डन: युनिभर्सिटी अफ लिड्सका वैज्ञानिकहरूले फोक्सोको क्यान्सरको उपचारमा ठुलो उपलब्धि हासिल गरेका छन्। अन्वेषकहरूले २ मिलिमिटर व्यास भएको रोबोट विकास गरेका छन्, जसले गहिराइमा गएर क्यान्सरको लक्षण पत्ता लगाउन र उपचार गर्न सक्षम रहेको जनाइएको छ । चुम्बकद्वारा नियन्त्रित अल्ट्रा सफ्ट टेन्टेकल रोबोटले सबैभन्दा सानो ब्रोन्कियल ट्युबमा पुगेर उपचार प्रदान गर्न सक्छ। यो रोबोट लीड्सको स्ट्रोम ल्याबका डाक्टर, वैज्ञानिक र इन्जिनियरहरूले बनाएका हुन्। यो खोजले क्यान्सरको सबैभन्दा सही उपचारमा सहयोग पुग्ने वैज्ञानिकहरूको विश्वास छ । अन्वेषकहरूले रिपोर्ट गरे कि शवको फोक्सोमा परीक्षणको क्रममा यो रोबोटले हाल उपलब्ध उपकरणहरू भन्दा ३७ प्रतिशत बढी गहिराइमा गएर क्यान्सर पत्ता लगाएको छ। यस यात्राको…

Read More