Author: महेन्द्रनगर पोष्ट

गोरखा: गोरखा नगरपालिका–७ सतिपीपलको एक घरबाट बरामद गरिएको ‘टल्कने’ ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रूपमा प्रतिस्थापन गर्ने निर्णय भएको छ । अलौलिक शिलालाई बरामद गरिएको घरका परिवारले परापूर्वकालदेखि कूल देवता मानेर पूजा गर्दै आएको र गोर्खालीले पनि यसलाई शक्तिको प्रतिकका रूपमा लिएकाले जिल्ला बाहिर नपठाउने निर्णय भएको नगरपालिकाकी उपमेयर मसली माया थोकरले जानकारी दिइन् । गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानामगरसहित जनप्रतिनिधि तथा जिल्लाभित्रका १७ वटाभन्दा बढी सङ्घसंस्था, घरधनी र बुद्धिजीवीको आइतवार सर्वपक्षीय बैठक बसेर क्वार्ज किस्टललाई गोरखा दरबार परिसरभित्रै सुरक्षित साथ भगवती शिलाका रूपमा विधिपूर्वक प्रतिस्थापन गर्ने निर्णय गरेको थियो । ‘औलौकिक शिला मन्दिरमा राखिएपछि यसले जिल्लाको…

Read More

धनगढी: कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला क्षेत्रमा रुख ढलेर भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। आज (सोमबार) दिउँसो रुख ढलेर सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको हो। प्रहरीका अनुसार हालै पहिरो गएको क्षेत्रभन्दा २०० मिटरको दुरीमा रुख ढलेर राजमार्ग अवरुद्ध भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले अहिले रुख हटाउन प्रयास भइरहेको जनाएको छ। अस्ति साउन २२ गते राति पहिरो जाँदा अवरुद्ध भएको भीमदत्त राजमार्ग हिजो साँझबाट एक सातापछि सञ्चालनमा आएको थियो। तर त्यो पहिरोवाला ठाउँमा पनि सडक भासिन नरोकिएकाले जोखिम कायमै छ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले ३ नाल भरुवा बन्दुक बरामद गरेको छ । हिजो साँझ जिल्लाको कृष्णपुर नगरपालिका-१ कुमगडास्थित राष्ट्रिय वनबाट प्रहरीले बन्दुक बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अस्थायी प्रहरी पोष्ट पहरीयाको गस्ती टोलीले उक्त वनमा तीन जनालाई बन्दुकसहित हिँडिरहेको देखेको थियो । सोही क्रममा उनीहरु बन्दुक फालेर भागेका र ३ नाल भरुवा बन्दुक बरामद गरिएको हो । भागेकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए ।

Read More

म्याग्दी: मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनविर किसान गएराति खाना खाने तयारी गर्दै थिए । तर, एक्कासी बाढी आएको सूचना पाएपछि कालीगण्डकी र कागखोलाको दोभान नजिकैको विद्यालयको छात्रावासमा बस्ने उनीलगायत अन्य शिक्षक, विद्यार्थी र स्थानीयवासीको भागदौड मच्चियो । ‘खाना खाने तयारी गर्दै थियौँ । बाढी आएको थाहा पाएपछि ज्यान बचाउन पकाएको खाना छाडेर अन्यत्र गएर बस्यौँ,’ उनले भने, ‘यहाँका बूढापाका हिजो र अस्ति अहिलेसम्मकै ठूलो बर्सात भएको अनुभव सुनाउँछन् ।’ कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिएर आएको बाढी प्रसिद्ध तीर्थस्थल र पर्यटकीयस्थल कागबेनीको बस्तीमा पसेर बितण्डा मच्चाएको हो । मुक्तिनाथबाट शुरु हुने कागखोला कागबेनीमा आएर कालीगण्डकीमा…

Read More

कैलाली: कैलालीमा साउन २२ गते पहिरो जाँदा अवरुद्ध भएको भीमदत्त राजमार्ग आइतबार साँझदेखि एक सातापछि सञ्चालनमा आएको छ । जिल्लाको गोदावरी नगरपालिका–४ को बुढीतोलामा पहिरो गएर राजमार्ग अवरुद्ध भएको थियो । उक्त पहिरो पन्छाइएपछि राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ । सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले पहिरो पन्छाए पनि जोखिम कायमै रहेको र उक्त क्षेत्रमा हिलो, दलदलका कारण सवारीसाधनलाई जेसीबीको सहायताले पास गराइरहेको बताए । राजमार्ग सञ्चालन भएसँगै सुदूरपश्चिमका ६ पहाडी जिल्लाको सडक सम्पर्क जोडिएको छ ।

Read More

म्याग्दी: मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पुर्याएको हो । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले १० घर÷होटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने पुल, दुई गाडी र तीन विद्युत्का पोल बगाएको बताएको बताए । “कागबेनीभन्दा माथिको तिरिखोला थुनिएर बाढी आएको सूचना पाएपछि घर खाली गराएकाले मानवीय क्षति हुन पाएन”, उनले भने “बाढीले कागबेनीको धर्मशाला पुरिएको छ । बस्तीभित्र बाढी पसेर हिलाम्मे बनेको छ,” मुक्तिनाथबाट बगेर आउने कागखोला कागबेनीको…

Read More

काठमाडौँ: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका छन्। युरोप भ्रमणबाट फर्केका नेता नेपालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका हुन्। उनले निर्दोष नफसोस् दोषि नउम्कियोस् भन्ने आफ्नो धारणा रहेको बताए।उनले जग्गा प्रकरणमा भएको अनियमितताको अनुसन्धानमा आफ्नो सहयोगी भूमिका रहने पनि बताए।

Read More

वेदकोट: कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरको पारी भारतीय बस्ती नौजलियाका बासिन्दा हुन, कार्तिक मण्डल । नौजलियामा उनीसँग खेतीका लागि जमिन छैन । बसोबासका लागि एउटा सानो छुप्रो मात्रै छ । उनले जीविकोपार्जनको गन्तव्य बनाएका छन् नेपाली गाउँ, कुतियाबरलाई । उनले कुतियाकबरमा तरकारी खेती गर्न थालेको दशकभन्दा बढी समय भइसक्यो । “खेतीका लागि आफूसँग जमिन छैन, यहाँ जमिन भाडामा लिएर तरकारी गरिरहेको छुँ”, उनी भन्छन्, “यसैबाट घरखर्च चल्छ ।” सुरुआतमा दुई बिघा जमिन भाडामा लिएको उनले बताए । महाकाली नदीले जमिन कटान गरेर एक बिघा मात्रै बाँकी राखेको उनको भनाइ छ । परबलका साथै भिण्डी, खुर्सानी, हल्दीलगायतको खेती उनले गरेका छन्…

Read More

बैतडी: पहिरोका कारण अवरुद्ध भएका बैतडीका जयपृथ्वी र दशरथ राजमार्ग पुनःसञ्चालन आएका छन् । गएराति खसेको पहिरोले जयपृथ्वी राजमार्गको झौलेक र श्रीभावर तथा दशरथचन्द राजमार्गको सतबाँझ नजिक अवरुद्ध भएको थियो । सडक माथिबाट खसेको तीनवटै स्थानको पहिरो पन्छाएपछि राजमार्ग सञ्चालन भएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । राजमार्ग सञ्चालन भएसँगै रोकिएका सवारीसाधन र यात्रु आ-आफ्नो गन्तव्यतर्फ लागेका छन् । लगातारको वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । रासस

Read More

काठमाडौँ: साउन महिनाको अन्तिम सोमवार आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । यस वर्षको साउनको अन्तिम सोमवार आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा दर्शनार्थी भक्तजनहरुको घुइँचो छ । यस वर्ष साउनमा ५ वटा सोमवार परेको थियो । पशुपतिनाथ मन्दिरमा भक्तजनहरु बेलपत्र, फलफूल हातमा बोकेर दर्शनका लागि लाइनमा बसेको देख्न सकिन्छ । साउन महिना र सोमवार भगवान शिवको महिना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने गर्छ । साउनको सोमवार व्रत बसेर महादेवको पूजा–आराधना गरे मनोकांक्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास छ ।भक्तजनहरुले पशुपतिनाथमा भजनकीर्तनसहित नाचगान समेत गरेका छन् । विवाहित महिलाले श्रीमानको दीर्घायु…

Read More