कैलाली: कैलालीमा साउन २२ गते पहिरो जाँदा अवरुद्ध भएको भीमदत्त राजमार्ग आइतबार साँझदेखि एक सातापछि सञ्चालनमा आएको छ ।
जिल्लाको गोदावरी नगरपालिका–४ को बुढीतोलामा पहिरो गएर राजमार्ग अवरुद्ध भएको थियो । उक्त पहिरो पन्छाइएपछि राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।
सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले पहिरो पन्छाए पनि जोखिम कायमै रहेको र उक्त क्षेत्रमा हिलो, दलदलका कारण सवारीसाधनलाई जेसीबीको सहायताले पास गराइरहेको बताए ।
राजमार्ग सञ्चालन भएसँगै सुदूरपश्चिमका ६ पहाडी जिल्लाको सडक सम्पर्क जोडिएको छ ।
Facebook Comments Box