Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: सशस्त्र प्रहरीका तीन जना इन्स्पेक्टर डीएसपीमा बढुवाका लागि सिफारिस भएका छन् । हिजो बसेको बढुवा समितिको बैठकले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम प्राविधिक समूह सञ्चार तथा इन्जिनियरिङतर्फका तीन जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्ने सिफारिस गरेको हो । इन्स्पेक्टरहरु सुसील थापा, जीवन राई र सुरज भट्ट डिएसपीमा बढुवाका लागि सिफारिसमा परेको जनाइएको छ । यस्तै, साधारण समूह र उपसमूहतर्फ ८२ जना वरिष्ठ हवल्दार बढुवामा सिफारिस भएका छन् । उनीहरुलाई सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ङ) बमोजिम बढुवा समितिको बैठकले असईमा बढुवा गर्ने निर्णय गरेको हो ।…

Read More

काठमाडौँ: गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपद्मा परेर ४१ जनाले ज्यान गुमाएका छन् । एकतीस जना बेपत्ता छन् । ती जिल्लामा विपद्बाट ५५ जना घाइते भएका गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख, सहसचिव महादेव पन्थले जानकारी दिए । उनका अनुसार विपद्का घटना भएका ५० जिल्लामध्ये २० जिल्लामा भने मानवीय क्षति भएको छ । ती जिल्लामा ४१ जनाले ज्यान गुमाएका हुन् । यस्तै बेपत्ता हुनेहरु छ जिल्लाका छन् । सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरी जिल्लाका ३१ जना बेपत्ता…

Read More

वासिङ्टन डिसी: अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले नेपालकी सामाजिक अभियान्ता सरस्वती नेपालीलाई ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड, २०२३’ बाट बुधबार सम्मानित गरेका छन् । अमेरिकाको विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा आफ्नो समुदायमा मानव अधिकार र विभेदको विरुद्धमा साहस र वकालत गरेकाले नेपालीलाई उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ । सरस्वतीले विगत दुई दशकदेखि नेपालमा दलितका विरुद्ध हुने गरेका जाति विभेदविरुद्ध निरन्तर अभियानमा क्रियाशील भएकाले उक्त अवार्ड दिइएको स्टेट डिपार्टमेन्टले जारी गरेको विवरणमा उल्लेख गरिएको छ । सीमान्तकृत, अपाङ्गता, गरिब दलितका निम्ति मानव अधिकार र सामाजिक न्यायका लागि लडेकी सरस्वतीलाई यो अवार्ड प्रदान गरिएको हो । उनीसहित ट्युनिसिया, बङ्गलादेश, ब्राजिल, मोल्डोभो र पेरुका सामाजिक…

Read More

काठमाडौँ: डेंगु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई डेंगु सङ्क्रमण देखिएको छ । सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ भने सात जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा.रुद्रप्रसाद मरासनीले लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेंगु सङ्क्रमण बढिरहेको बताए । उनले यसैगरी डेंगु सङ्क्रमण बढ्दै जाने हो भने भदौ र असोजमा उच्च हुने बताए । सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण र ८८ जनाको मृत्यु भएको थियो । सङ्क्रमण देखिएकामध्ये सबैभन्दा बढी सुनसरीमा भेटिएको छ । महाशाखाका अनुसार सुनसरीमा…

Read More

कैलाली: वर्षासँगै कैलालीका विभिन्न नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानको समस्याले जिल्लाका दक्षिणपूर्वी क्षेत्रका झण्डै तीन हजार चार सय घरधुरी प्रभावित भएका छन् । डुबानका कारण धेरै परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । प्रभावितलाई नेपाल प्रहरी सशस्त्र प्रहरी बलको टोलीले सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको छ । जिल्लाको भजनी, जोशीपुर, कैलारी, जानकीनगर क्षेत्र डुबानबाट बढी प्रभावित भएको छ । डुबानले घरभित्र पानी पस्दा खाद्याह्न र अन्य धनमाल भिजेर क्षति पुगेको छ । डुबानको जोखिमा रहेका व्यक्तिलाई ‘मोटर बोड’को प्रयोग गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरी सुरक्षित…

Read More

कैलाली: प्रतिबन्धित लागुऔषध स्पासको १६ ट्याबलेटसहित धनगढीमा अत्तरियाका १ युवक पक्राउ परेका छन्। बुधबार दिउँसो शङ्काको आधारमा चेकजाँच गर्दा धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकबाट कैलालीकै गोदावरी नगरपालिका–२ का १९ वर्षीय गणेश पार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिको टोलीले पक्राउ गरेका पार्कीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।

Read More

कैलाली: कैलालीको गोदावरीका रत्नप्रसाद भट्टराई मृत फेला परेका छन्। गोदावरी-९ धनचौरी बस्ने ४० वर्षका उनी आज पानी जमेको खल्लामा मृत फेला परेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। आफन्तका अनुसार भट्टराई हिजो(बुधबार) दाउरा निकाल्न भनेर खुटिया खोलातर्फ गएका थिए। प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको बेलौरी नगरपालिका–२ घुसराका ४४ वर्षीय चिन्डु चौधरी आफ्नै घरको पछाडी धारा नजिकै बुधवार मृत अबस्थामा फेला परेका हुन्। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलौरीबाट थप अनुसन्धान भइरहेको छ।

Read More

बझाङ: बझाङको बुङ्गल नगरपालिकाका कार्यालय सहयोगीको शव डोटीस्थित दिपायलको सेती नदीमा भेटिएको छ। नगरपालिकाका कार्यालय सहयोगी धनबहादुर बोहरा बिहीबार साँझदेखि बेपत्ता थिए। बुङ्गल-३ विर्पैयाँका करिब ४० वर्षीय बोहराले लगाएको चप्पल कालङ्गा नदीको किनारमा बिजगडा पुलको नजिक भेटिएको थियो। चप्पल नदी किनारमा भेटिएकाले उनी नदीमा खसेको हुनसक्ने आशंका गरिएको थियो। उनको शव ६ दिनपछि डोटीमा फेला परेको प्रहरीले जनाएको छ।

Read More

बैतडी: बैतडीको एक विद्यालयमा हावाहुरीले उडाएको छानो मर्मत नहुँदा पठनपाठनमा समस्या भएको छ। जिल्लाको सिगास गाउँपालिका-७ स्थित शिवलिंग आधारभूत विद्यालय भवनको छानो मर्मत नहुँदा र भवन अभावले पठनपाठनमा समस्या भएको हो। विद्यालय भवनको छानो उडाएको ३ वर्ष भइसक्दा समेत मर्मत हुन सकेको छैन। कक्षा ८ सम्मको पढाई हुने विद्यालयमा अहिले ४ कोठाको एकमात्रै भवन रहेको स्थानीय सूर्यबहादुर बोहराले बताए। ‘जीर्ण भवनबाट विद्यालयले सेवा दिइरहेको छ तर विद्यार्थीको ज्यान जोखिममा छ’ उनले भने। ४ कोठाको भवनमध्ये एकमा विद्यालयको कार्यालय, एक कोठामा स्टोर र दुईकोठामा मात्रै विद्यार्थीहरुले बस्न पाएका छन्। विद्यालय भवन मर्मत नहुँदा २ सय बालबालिकालाई पठनपाठनका लागि निकै समस्या भएको…

Read More