Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: नेकपा (एमाले)ले ‘झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने भएको छ । एमालेले मध्यपहाडी लोकमार्गको सुरुआत बैतडीको ‘झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनले पार्टीले जनतासँग प्रत्यक्षरूपमा हातेमालो गरेर अगाडि बढ्नका लागि पदयात्रा अभियानको आयोजना गरेको बताए । अभियानले मध्यपहाडी लोकमार्गमा पर्ने ठाउँका जनतालाई एमालेसँगको सम्बन्ध थप मजबुद र सुमधुर बनाउने उनको भनाइ थियो । यसअघि एमालेले २०७४ साल फागुनमा मेची–महाकाली अभियान सञ्चालन गरेको थियो । “पार्टीमा बहुलता र विविधतालाई तथा संयुक्त आन्दोलनको नीतिलाई स्वीकार गरेको ऐतिहासिक ठाउँ तत्कालीन मालेको चौथो महाधिवशेन भएको सिराहाको अम्बासमा हामीले पार्टीको सचिवालय बैठक…

Read More

धनगढी: धनगढीमा एक मोटरसाइकल पल्टिँदा दुर्घटना भएको छ। आज (बिहीबार) ९ बजेको समयमा धनगढी उप-महानगरपालिका-२ महालक्ष्मी विकास बैङ्क नजिकै दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-७ मनेहरा बस्ने वर्ष २५ का (चालक) निसान्त रानाले चलाएको  सुपप्र ०१०१० प ६०२५ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिएको हो। मोटरसाइकल पल्टिएर दुर्घटना भएपछि चालकको आखाँ तल, ओठ र टाउकोमा चोट लागेको छ भने उनको नवजीवन अस्पातलमा उपचार भैरहेको छ। यस्तै मोटरसाइकल भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Read More

धनगढीः कैलालीको गोदावरी नगरपालिकाले इसाईका लागि चिहान बनाउने भएको छ। नगरपालिकाको वडा नम्बर १ मा मिलाप बप्तिस चर्चको नव निर्मित भवन उद्घाटन गर्दै नगर प्रमुख विरेन्द्र भट्टले चिहान घाट निर्माण गर्ने बताएका हुन्। गोदावरी नगरपालिकाको सहकार्यमा ४१ लाखको चर्चका लागि भवन निर्माण गरिएको हो। भवन उद्घाटन कार्यक्रममा नगरप्रमुख भट्टले कसैलाई जात, धर्मको आधारमा विभेद नगरिने बताए। उनले भने, ‘सबैले आ–आफ्नो आस्था, विश्वास धर्म सिदान्त अपनाउने अधिकार सबैलाई छ। त्यसैले नगरपालिकाले पनि सबैलाई समान अधिकार र नगरपालिकाबाट पाउने सेवा सुबिधा दिने छ।’

Read More

बझाङः बझाङमा जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–६ नौरामा जङ्गली विषालु च्याउ खाँदा स्थानीय सात वर्षिया सञ्जिला कठाएतको मृत्यृ भएको र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ। बुधबार बेलुका जङ्गली च्याउको तरकारी खाँदा स्थानिय लक्ष्मण कठाएतका श्रीमती एक छोरा र एक छोरी सहित तिन जना गम्भिर बिरामि भएका थिए। गम्भिर बिरामि भएकि सञ्जिलालाई बुधबार राती नै उपचारको लागि जिल्ला अस्पताल ल्याइएको थियो। उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि डडेल्धुरा रिफर गरिएकोमा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ। १२ वर्षिय सुदिपको उपचार जिल्ला अस्पतालमा सम्भब नभएपछि थप उपचारको लागि…

Read More

धनगढीः कैलालीमा बिहीबार दुई मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको छ। जिल्लाको गोदावरी नगरपालिका–२ अत्तरियामा २ मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। डोटीबाट अत्तरियातर्फ आउँदै गरेको मोटरसाइकल र अत्तरियाबाट गोदावरीतर्फ जाँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किदा ३ जना घाइते भएका हुन्। घाइते हुनेमा सुपप्र ०१ ००८ प ७२९० नम्बरको मोटरसाइकलका चालक गोदावरी नगरपालिका–१ का २८ वर्षीय भुवन विक, सुपप्र ०९ प १४४८ नम्बरको मोटरसाइकलका चालक डोटीको सायल गाउँपालिमा–९ का २५ वर्षीय चक्र कटुवाल र पछाडी सवार दिपक ऐर रहेका छन्। घाइते तिनै जनाको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेकोे छ।

Read More

डोटी : डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ६ अगिडाकी १४ वर्षिया निर्मला विकको मृत्यु भएको प्रहरीले जनाएको छ। बिहीबार घर नजिकैको भिरमा घाँस काट्ने क्रममा खसेकी विकको घटनास्थलमै मृत्यु भएको वडा सदस्य रमेश खडायतले जानकारी दिए । मृतक बिक गिरिचौका माविमा कक्षा ७ मा अध्ययनरत थिइन् ।

Read More

काठमाडौँ : नारीहरुको महानपर्व तीज नजिकिएसँगै सांगीतिक बजार पनि तात्न थालेको छ । पछिल्ला दिनमा कलाकारहरुले पनि तीजका गीतहरु पस्कने क्रम बढेको छ । यसैक्रममा ‘नाच घुमेर, नहेर उमेर’ बोलको तीज गीत बजारमा आएको छ । चाबहिलको एवान क्याफेमा पत्रकारहरुलाई साक्षी राखेर श्रष्ठा, गायक, गायिका तथा कलाकारहरुले ‘नाच घुमेर, नहेर उमेर’ तीज गीत सार्बजनिक गरेका हुन् । मदन थापाको शब्द, विपिन घिमिरेको संगीत रहेको गीतलाई सञ्जय श्रीपालले एरेन्ज/मिक्सिङ गरेका हुन् । बिमला सिंह थापाको प्रस्तुती गायिका शिला विष्ट, विपिन घिमिरे, सुजाता केसी र कुमार केसीको सुमधुर स्वर रहेको गीत प्रारम्भ खबर अनलाइन मिडियाको आधिकारिक युट्युब च्यानल “PRARAMBHA TV प्रारम्भ टि.भि.”…

Read More

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समिति बैठकले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो। जसअनुसार पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ३ रुपैयाँले वृद्धि भएको हो। त्यस्तै ग्यासको मूल्य पनि २३५ रुपैयाँले वृद्धि भएको छ। एनओसीले बिहीबार नयाँ मूल्यसूची पठाउँदै पेट्रोलमा ३.१७ रुपैयाँ र डिजेलमा २.४८ रुपैयाँ र ग्यासमा १८६.४५ रुपैयाँ वृद्धि गरेको थियो। आज राति १२ बजेपछि मूल्यवृद्धि हुने निगमले जनाएको छ। यससँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १८२ रुपैयाँ, डिजेलको १७० रुपैयाँ पुगेको छ। त्यस्तै ग्यासको मूल्य वृद्धि भएर १८९५ रुपैयाँ पुगेको छ।

Read More

जुम्ला: नेकपा माओवादी केन्द्र जुम्लाले आफ्नो सङ्गठनमा आबद्ध कसैले पनि जाँड–रक्सी खान नपाउने निर्णय गरेको छ । तीन महिने पार्टी सुदृढ रूपान्तरण अभियानको क्रममा आज बिहीवार गरिएको पत्रकार भेटघाटमा माओवादी जाँड–रक्सी नखाने निर्णय गरेको जानकारी गराएको हो । माओवादी पार्टीलाई अनुशासित, मर्यादित, सुशासन र समृद्धिको पहरेदारको रूपमा प्रस्तुत गर्न जाँड–रक्सी, जुवातास, बालविवाह, बहुविवाह, भ्रष्टाचार नगर्नरनगराउन एक विशेष सङ्कल्प प्रस्ताव पारित गरिएको माओवादी जुम्ला अध्यक्ष वीरबहादुर कुँवरले प्रस्तुत गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । माओवादीले भदौ १६ देखि मङ्सिर १५ गतेसम्म ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । यो तीन महिने अभियानका लागि जिल्ला इन्चार्ज छिमी लामाको नेतृत्वमा…

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचारार्थ उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्कालाई प्रोष्टेटमा समस्या भएपछि आज छाउनीमा भर्ना भएका हुन् । प्राध्यापक डा. भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उनको प्रोष्टेटको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको छ । शल्यक्रियापश्चात् अस्पतालको वार्डमा रहेका रक्षामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रा. डा. भण्डारीले जानकारी दिए । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले उनी केही दिन अस्पतालमै रहने जनाउँदै हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । खतिवडा मन्त्री खड्काको स्वास्थ्य अवस्था बुझ्न अस्पताल गएका थिए ।

Read More