Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: करदाताले मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्नेसम्बन्धी साविकको व्यवस्थामा परिवर्तन भएको छ। नयाँ व्यवस्थाअनुसार वार्षिक रु एक करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीले मासिक र वार्षिक एक करोडभन्दा कम कारोबार गर्ने कम्पनीले चौमासिकरूपमा भ्याट विवरण दाखिला गर्नुपर्ने आन्तरिक राजस्व विभागले जनाएको छ। “मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २६ मा संशोधन भई साविकमा रहेको इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र उद्योगले चाहेमा विवरण पेस गर्ने अवधि चौमासिक कायम गर्न सक्नेछन् भन्ने व्यवस्था खारेज भएको छ”, विभागले सूचना जारी गर्दै भनेको छ, “संशोधित व्यवस्थाअनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएका वार्षिक र एक करोडभन्दा बढीको कारोबार भएका इँटा उद्योग, होटल, पर्यटन…

Read More

काठमाडौं: पर्वतमा ५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जलजला गाउँपालिका २ तमिला खर्कका २८ वर्षीय राजन कार्की रहेका छन्। उनलाई प्रहरीले शुक्रवार दिउँसो पक्राउ गरेको हो। कार्कीले ती महिलालाई साउन ३२ गते राति कुटपिट तथा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। कुटपिटबाट घाइते भएकी महिलाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। 

Read More

काठमाडौं: युरोपेली मुलुक पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको निधन भएको छ । एक युवाले चार तलामाथिबाट हामफालेर आत्महत्या गरेका छन् भने अर्का नेपाली युवाको राति सुतेकै अवस्थामा निधन भएको छ । राजधानी लिस्बनस्थित सेतेरियोस बस्दै आएका झापाको गौरादह नगरपालिका–३ का ३१ वर्षीय अजय थापाले बिहीबार साँझ चार तलामाथि घरको झ्यालबाट हामफालेर आत्महत्या गरेको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले  जानकारी दिए । थापाले के कारणले हामफालेर आत्महत्या गरेका हुन् भन्ने विषय भने खुलिनसकेको अध्यक्ष खड्काले बताए ।  यस्तै वैदेशिक रोजगारीका सिलसिलामा पाँच वर्षअघि पोर्चुगल आएका बागलुङ जिल्ला बडिगाड गाँउपालिका–१ का २८ वर्षीय टेकबहादुर दर्लामीमगरको सुतेकै अवस्थामा मृत्यु भएको…

Read More

बर्दिया: बलात्कारको आरोपमा प्रहरीले बर्दिया मधुवन नगरपालिका-१ बहादुरपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ५३ वर्षीय कर्णबहादुर विश्वकर्मा छन् । बोल्न नसक्ने २४ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई जबर्जस्ती करणी गरेको उजुरी आएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हिक्मतबहादुर बोहोराका अनुसार उनलाई इलाका प्रहरी कार्यालय ढोढरीले शनिबार दिउँसो पक्राउ गरेर हिरासतमा लिएको छ । उनीविरुद्ध जबर्जस्ती करणी मुद्दामा कारवाही अघि बढाउन अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Read More

काठमाडौँ: इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा शनिबार ललितपुरको गोदावरीमा भएको अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्सको उपाधि सिक्किमका प्रीतम राईले जितेका छन्। उनले नगद एक करोडसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। यसैगरी प्रतियोगितामा साईरान खाती फोर्थ रनअप, परेश राई थर्ड रनरअप, सरद हुमागाइँ सेकेण्ड रनरअप र शिशिर थताल, फस्ट रनरअप भए। उनीहरुले पनि नगद पुरस्कार पाएका छन् । हिजो सम्पन्न ग्रान्ड फिनालेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए। यो नेपालकै सबैभन्दा ठूलो धनराशीको रियालिटी शो हो।फाउन्डेशनले विश्वभर छरिएर रहेका नेपाली भाषीलाई समेटेर रियालिटी शो आयोजना गरेको हो। कार्यक्रममा सभामुख देवराज घिमिरेलगायत…

Read More

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–८ टाँटरस्थित भागेश्वर माविका प्रधानाध्यापक शेरबहादुर साउँदको उपचारमा आर्थिक अभावले समस्या भएको छ। उच्च रक्तचापका कारण साउन २९ गते बिहान प्रअ साउँद बिरामी परेका थिए। लगत्तै उनलाई जिल्ला सदरमुकामको डडेल्धुरा अस्पताल लगियो। यहाँ उपचार सम्भव नभएपछि साउँदलाई सोही दिन काठमाडौं लगिएको थियो। काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा आईसीयुमा उपचाररत उनको सफलताका साथ पहिलो शल्यक्रिया सम्पन्न भएको छ। पारिवारिक स्रोतका अनुसार प्रअ साउँदलाई अझै केही महिना अस्पतालमै भर्ना गराई उपचार गराउनुपर्ने भएकाले आर्थिक समस्या आइलागेको हो। उपचारमा लाखौं खर्च लाग्ने भएकाले सहयोग गरिदिन उनकी श्रीमती लक्ष्मीकुमारी ऐरले सबैलाई आग्रह गरेकी छन्। यसका साथै नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति, डडेल्धुराले पनि…

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास  र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ।  साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश सहित देशका पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको…

Read More

धनगढी: आज (शनिबार) बाट नेपाली सेनाको पृतनापति ट्रफि-२०८० सुरु भएको छ। आज एक कार्यक्रमकाबीच श्री सुदूर-पश्चिम पृतना हेक्वाटरद्वारा आयोजित “पृतनापति ट्रफि २०८०”को उपरथी विजय थापाले रेफ्रीलाई बल हस्तान्तरण गरी शुभारम्भ गरेका थिए। उक्त ट्रफि संचालनमा खेलाडीहरुले मार्च पास, विभिन्न प्रदेशको संस्कृती झल्किने झाकीसमेत प्रदर्शन गरिएको थियो। आजबाट शुभारम्भ भएको ट्रफि भाद्र १० गतेसम्म संचालन हुनेछ। पृतनापति ट्रफिमा भलिबल, फुटबल, बास्केटबल, एथ्लेटिक्स, स्विमिङ्ग, बक्सिङ्ग आदि खेलहरु समावेश गरिएका छन्। श्री सुदूर पश्चिम पृतना हेडक्वाटर अन्तर्गत श्री नं ५ बाहिनी अड्डा तथा २५ बाहिनी अड्डाका जिम्मेवारी क्षेत्र अन्तर्गत ९ वटै जिल्ला तैनाथ गण/गुल्मका खेलाडीहरु खेलमा सहभागी रहेका छन्। यस्तै अन्तराष्ट्रिय स्तरमासमेत राष्ट्रको…

Read More

कमलामाई (सिन्धुली) । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले तीन महिनासम्म ‘माओवादी जनताको साथमा’ विशेष रूपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टीका उपमहासचिव तथा बागमती प्रदेश इन्चार्ज जनार्दन शर्माले तीन महिनासम्म जिल्लामा अभियान सञ्चालन गर्ने बताए । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले भने, “तीन महिनासम्म जनतासँग सहकार्य गर्ने कार्यक्रम अगाडि बढाउँदै छौँ, त्यसको तयारीस्वरुप पालिका, जिल्ला-जिल्लामा समन्वय, भेटघाट र बैठक हुँदैछ ।” उपमहासविच शर्माले अभियानअन्तर्गत जनताको साथमा गएर विभिन्न कार्यक्रम गर्ने, देशमा भएका उपलब्धि, यसका लागि गरिएको योगदान, पहलकदमीका बारेमा जनतालाई स्मरण गराउने तयारीका लागि आफू जिल्ला आएको जानकारी गराए । उनले समाजवादी यात्राका…

Read More

धनगढी: सुदूरपश्चिमको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएर खुलिसकेको अवस्थामा मन्त्रीहरु अनुगमनमा पुगेका छन्। हिजो (शुक्रबार) संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवा, अर्थमन्त्री नरेशकुमार शाहीलगायत एकीकृत समाजवादीका नेता तथा प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारीले  बुढीतोला सडकको निरीक्षण गरेका हुन्। गत साउन २२ गते परेको अविरल वर्षाले गोदावरी नगरपालिका–४ स्थित बुढीतोलामा पहिरो गएर सडक अवरुद्ध भएकोमा केही दिनपछि सडक विभाग र सुरक्षा संयन्त्रले भीमदत्त राजमार्ग संचालनमा ल्याएको थियो। अहिले सो राजमार्ग जोखिमका बीच संचालनमा छ। सोही क्रममा मन्त्रीहरुले हिजो सडक क्षेत्रको अनुगमन गरेका हुन्। अनुगमनका क्रममा मन्त्री ज्वालाले भीमदत्त राजमार्गको…

Read More