धनगढी: आज (शनिबार) बाट नेपाली सेनाको पृतनापति ट्रफि-२०८० सुरु भएको छ। आज एक कार्यक्रमकाबीच श्री सुदूर-पश्चिम पृतना हेक्वाटरद्वारा आयोजित “पृतनापति ट्रफि २०८०”को उपरथी विजय थापाले रेफ्रीलाई बल हस्तान्तरण गरी शुभारम्भ गरेका थिए।
उक्त ट्रफि संचालनमा खेलाडीहरुले मार्च पास, विभिन्न प्रदेशको संस्कृती झल्किने झाकीसमेत प्रदर्शन गरिएको थियो। आजबाट शुभारम्भ भएको ट्रफि भाद्र १० गतेसम्म संचालन हुनेछ।
पृतनापति ट्रफिमा भलिबल, फुटबल, बास्केटबल, एथ्लेटिक्स, स्विमिङ्ग, बक्सिङ्ग आदि खेलहरु समावेश गरिएका छन्। श्री सुदूर पश्चिम पृतना हेडक्वाटर अन्तर्गत श्री नं ५ बाहिनी अड्डा तथा २५ बाहिनी अड्डाका जिम्मेवारी क्षेत्र अन्तर्गत ९ वटै जिल्ला तैनाथ गण/गुल्मका खेलाडीहरु खेलमा सहभागी रहेका छन्।
यस्तै अन्तराष्ट्रिय स्तरमासमेत राष्ट्रको तर्फबाट विभिन्न विधाका खेलाडीहरुलाई सहभागी गराई खेलकुद क्षेत्रमा नेपाली सेनाले नेपालको नाम राख्दै आईरहेको छ। खेलाडीहरुलाई सामूहिक भावना ल्याउनुको साथै नेपाली सेनाले “स्वास्थ्यको लागी खेलकुद र राष्ट्रको लागी खेलकुद” तथा “Sports for Friendship” भन्ने कुरालाई मनन् गर्दै विभिन्न विद्यामा उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने अभिप्रायले यस ट्रफि आयोजना गरिएको बताइएको छ।
उक्त समारोहमा श्री नं. ५ बाहिनी अड्डाका बाहिनिपति श्री नं. २५ बाहिनी अड्डाका बाहिनिपति, गणपति, गुल्मपति, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लगायत पूर्व खेलाडीहरुको उपस्थिति रहेको श्री सुदूरपश्चिम पृतना हेक्वाटरले जनाएको छ।