Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: कालीगण्डकी गाउँपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएको छ । रिक्त नै नभएको अवस्थामा आफूसँग समन्वयसमेत नगरी पठाएको भन्दै पालिकाले शाखा अधिकृत राजीव रिमाललाई मन्त्रालयमा नै काज फिर्ता गरेको हो । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले संघीय मामिला तथा प्रशासन मन्त्रालयमा नै काज फिर्ता गरिएको पत्रमार्फत जनाएका छन् । ‘तीन तहको सरकारमध्ये सबैभन्दा बढी प्रत्यक्ष रूपमा जनतासँग जोडिएको सरकारसँग सल्लाह नै नगरी कामकाजमा खटाइएको विषयमा हाम्रो गम्भीर आपत्ति रहेकोले मन्त्रालयबाट खटाइनुभएका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमाललाई कार्यालयमा राखी कामकाजमा खटाउन असमर्थ भएकाले उहाँलाई हाजिर नगराई फिर्ता पठाइएको ब्यहोरा जानकारी गराइन्छ’ पत्रमा भनिएको छ…

Read More

धनगढी: कैलालीको चौराहा स्थित स्वागत होटेलमा खुल्लेआम यौन धन्दा सञ्चालन भइरहेको पाइएको छ । सोमवार बेलुकी सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटीको टोली र वडा प्रहरी कार्यालयको टोलीले संयुक्त रूपमा छापा हान्दा सञ्चालक सहित यौन कार्यमा संलग्न एक युवती र एक युवक पक्राउ परेका छन् । थप अनुसन्धानका लागी उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको वडा प्रहरीका कार्यालय प्रमुख प्रहरी निरीक्षक जनक ढुङ्गानाले जानकारी दिए । उनका अनुसार यौन धन्दामा संलग्न २८ वर्षीय युवती र ग्राहक बनेर गएका २५ वर्षीय युवकलाई रंगेहात पक्राउ परेका हुन् । यौन धन्दा चलाइरहेका होटेल सञ्चालक डेजी प्रसाद जोशीलाई पनि नियन्त्रणमा लिइएको छ । आज मात्रै प्रहरीको…

Read More

धनगढी : कैलालीको धनगढी स्थित चटकपुरमा यौन धन्दा सञ्चालन गरिरहेको पहाडगंज होटेलका सञ्चालक सहित एक जोडी पक्राउ परेका छन् । सोमवार बेलुकी सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटीको टोली र वडा प्रहरी कार्यालयको टोलीले छापा हान्दा सञ्चालक सहित यौन कार्यमा संलग्न एक युवती र एक युवकलाई प्रहरीले पक्राउ गरेका हुन् । यौन धन्दा सञ्चालन भइरहेको भन्ने सूचनाका आधारमा छापा हान्दा २४ वर्षीय युवती र २१ वर्षीय युवक रंगेहात पक्राउ परेको वडा प्रहरीका कार्यालय प्रमुख प्रहरी निरीक्षक जनक ढुङ्गानाले जानकारी दिए । पक्राउ परेका युवायुवती सँगै होटेल सञ्चालक लक्ष्मण खड्कालाई नियन्त्रणका लिई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको छ । प्रहरी…

Read More

काठमाडौंः कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (अहिलेको राष्ट्रिय निकुञ्ज)बाट विस्थापित भएका पीडितहरू भोक हडतालमा उत्रिएका छन् । उनीहरूले सोमबारबाट काठमाडौंको माइतीघर मण्डलामा भोक हडताल सुरु गरेका हुन् । उनीहरूले आरक्षबाट विस्थापित भएको २२ वर्ष बितिसक्दा पनि पुनर्स्थापनामा सरकारले बेवास्ता गरेको गुनासो गरेका छन् । तत्कालीन आरक्ष विस्तारका क्रममा २०५८ सालमा राज्यले सयौँ परिवार विस्थापित गरे पनि अझै उनीहरूको पुनर्स्थापना हुन सकेको छैन । आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्द र सचिव प्रेमदत्त भट्टसहित पीडितहरू पुनर्स्थापनाका लागि पाँच बुँदे मागसहित भोक हडतालमा बसेका छन् । पीडितहरूले प्रतिपरिवार १० कठ्ठा जग्गा उपलब्ध गराउनुपर्ने, २०५८ देखि अहिलेसम्म २२ वर्षको क्षतिपूर्ति दिनुपर्ने, घरगोठलगायत खोसिएको…

Read More

कैलाली : कैलालीमा स्कुल बस दुर्घटना हुँदा १५ विद्यार्थी घाइते भएका छन्। जिल्लाको टीकापुर नगरपालिका-१ स्थित त्रिपथ विद्या निकेतनको स्कुल बस दुर्घटना हुँदा १५ जना घाइते भएका हुन्। विद्यार्थी पुगाउन गएको ना५ ख ४५६४ नम्बरको स्कुल बस जानकी गाउँपालिका- ९ कुन्तीस्थित रानी कुलाको नहरमा खसेको थियो। घाइते १५ जना विद्यार्थीको टीकापुर अस्पताल उपचार भएकाे इलाका प्रहरी कार्यालय टीकापुरले जनाएकाे छ।

Read More

कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा कार्यालय खुल्ने समयभन्दा ढिलो उपस्थित हुने कर्मचारीहरूलाई कार्यालय प्रवेशमा रोक लगाईएको छ । सोमबार बिहान १० बजेसम्म कार्यालय पुगेका कर्मचारीहरूलाई धन्यवाद दिँदै गाउँपालिका अध्यक्ष अध्यक्ष हरिश चन्द्र रानाले १० बजे भन्दा ढिला कार्यालय आउने कर्मचारीहरूलाई प्रवेशमै रोक लगाएका हुन् । विहान १० बजेसम्म ४ जना माथिल्लो तहका कर्मचारी र ९ जना कार्यालय सहयोगी मात्रै उपस्थित भएका थिए । ढिला आउने २३ जना कर्मचारीहरूलाई भने कार्यालय प्रवेशमा रोक लगाइएको हो । कर्मचारीका विषयमा सेवाग्राहीहरूको बारम्बार गुनासो आएको र प्रशासनले कर्मचारीलाई व्यवस्थापन गर्न नसक्दा कार्यालयको काम नराम्ररी प्रभावित भएपछि यस्तो कदम चाल्नु परेको अध्यक्ष रानाले बताए ।…

Read More

धनगढी: धनगढीमा १ करोडको लगानीमा होटेल रिस्ता सञ्चालनमा ल्याइएको छ । धनगढी बसपार्क नजिकै नन् एसी र एसी रुमसहित पाँच तले होटेल सञ्चालनमा ल्याइएको हो । उक्त होटेलको आज सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले उद्घाटन गरेका छन् । गोष्ठी, सेमिनार र कार्यक्रमका लागि हलको व्यवस्थासहित तेजबहादुर बोहराले होटेल सञ्चालनमा ल्याएका हुन् । होटेलबाट सुदूरपश्चिममा रहेका पर्यटकीय गन्तव्यसम्म आउन जान चाहने पर्यटकहरुका लागि टुरिजम प्याकेजको पनि व्यवस्था गरिने सञ्चालक बोहराले बताए ।

Read More

काठमाडौँ : गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङको सरुवा गरेको छ । विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारीको सरुवा मन्त्रालय भएको थियो। तामाङ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए । उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई लगिएको छ । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुबेदीको पनि सरुवा भएको छ । सुबेदीलाई दाङको सीडीओ बनाइएको छ । उता दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ । रुपन्देहीका सीडीओ भरतमणि पाण्डेलाई गृहले मन्त्रालय वा अन्तर्गत ल्याएको छ भने…

Read More

टीकापुर : तीज नजिकिएपछि कैलालीमा सस्तो मूल्यका सारीको कारोबार भइरहेको छ । विगतका तुलनामा यसवर्ष टीकापुर बजारमा पाँच सयदेखि एक हजार पाँच सयसम्मका सारी किन्ने महिला बढी आउन थालेका छन् । महिला खर्च व्यवस्थापनमा ध्यान दिँदै बजारमा सबैभन्दा सस्तो मूल्यमा पाइने सारी किन्न थालेका छन् । व्यापारी पनि पाँच सयका सारीको कारोबार सबैभन्दा राम्रो भइरहेको बताउँछन् । टीकापुरकी अनु रतनले पनि पाँच सय मूल्यकै सारी किनिन् । उनले हरेक पर्वमा नयाँ सारी लगाउन मनलाग्ने भएकाले सारीमा धेरै खर्च गर्न नखोजेको बताइन् । ‘‘विगतमा महँगो सारी किनिन्थ्यो, एकपटक किनेको सारी धेरै कार्यक्रम तथा पर्वमा लगाइन्थ्यो’’, उनी भन्छिन्, ‘‘आजभोलि त्यस्तो गरिदैन, हरेक…

Read More

बैतडीः अविरल वर्षाका कारण बैतडीमाका एक घरमा आंशिक क्षति पुगेको छ। गत शनिबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाको मेलौली नगरपालिका–७ पचकोरामा एक घरमा माथिबाट आएको पहिरोले आशिंक क्षति पुगेको सुदुरपश्चिम प्रदेश आपतकालिन संञ्चालन केन्द्र धनगढीले जनाएको छ। पहिरोले दुई तले चार कोठे पत्थरले छाएको घर भत्कीएको छ। मानविय तथा चौपाया क्षति हुनबाट भने जोगिएको छ ।

Read More