धनगढी : कैलालीको धनगढी स्थित चटकपुरमा यौन धन्दा सञ्चालन गरिरहेको पहाडगंज होटेलका सञ्चालक सहित एक जोडी पक्राउ परेका छन् ।
सोमवार बेलुकी सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटीको टोली र वडा प्रहरी कार्यालयको टोलीले छापा हान्दा सञ्चालक सहित यौन कार्यमा संलग्न एक युवती र एक युवकलाई प्रहरीले पक्राउ गरेका हुन् ।
यौन धन्दा सञ्चालन भइरहेको भन्ने सूचनाका आधारमा छापा हान्दा २४ वर्षीय युवती र २१ वर्षीय युवक रंगेहात पक्राउ परेको वडा प्रहरीका कार्यालय प्रमुख प्रहरी निरीक्षक जनक ढुङ्गानाले जानकारी दिए ।
पक्राउ परेका युवायुवती सँगै होटेल सञ्चालक लक्ष्मण खड्कालाई नियन्त्रणका लिई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको छ ।
प्रहरी निरीक्षक ढुङ्गानाका अनुसार पक्राउ परेकी युवती होटेल सञ्चालक खड्काले जागिरमा राखी यौन धन्दा चलाइरहेकी हुन भने युवक ग्राहक हुन् ।