कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा कार्यालय खुल्ने समयभन्दा ढिलो उपस्थित हुने कर्मचारीहरूलाई कार्यालय प्रवेशमा रोक लगाईएको छ ।
सोमबार बिहान १० बजेसम्म कार्यालय पुगेका कर्मचारीहरूलाई धन्यवाद दिँदै गाउँपालिका अध्यक्ष अध्यक्ष हरिश चन्द्र रानाले १० बजे भन्दा ढिला कार्यालय आउने कर्मचारीहरूलाई प्रवेशमै रोक लगाएका हुन् ।
विहान १० बजेसम्म ४ जना माथिल्लो तहका कर्मचारी र ९ जना कार्यालय सहयोगी मात्रै उपस्थित भएका थिए । ढिला आउने २३ जना कर्मचारीहरूलाई भने कार्यालय प्रवेशमा रोक लगाइएको हो । कर्मचारीका विषयमा सेवाग्राहीहरूको बारम्बार गुनासो आएको र प्रशासनले कर्मचारीलाई व्यवस्थापन गर्न नसक्दा कार्यालयको काम नराम्ररी प्रभावित भएपछि यस्तो कदम चाल्नु परेको अध्यक्ष रानाले बताए ।
गाउँपालिका कार्यालयमा ढिलो आउने कर्मचारीहरूलाई पालिका अध्यक्षले कार्यालय प्रवेशमा रोक लगाउँदा गाउँपालिका कार्यालयको प्रायः सबै काम प्रभावित भएको छ ।