Author: महेन्द्रनगर पोष्ट

कैलाली- धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडविरुद्ध जातीय छुवाछुत गर्ने एक जनालाई दुई महिना कैद सुनाएको छ।सामाजिक सञ्जालमार्फत जातीय विभेद हुने गरी अभिव्यक्ति दिने कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेलाई उच्च अदालत दिपायलले दुई महिना कैद सजाय सुनाएको हो। पाण्डेले २०७७ साल वैशाख २७ गते धनगढीकै रेडियो डेलिमेलको फेसबुक लाइभ कार्यक्रममा वडलाई लक्षित गर्दै जात करे उत्पात भनेको यही हो भनी सामाजिक सञ्जालमा लेखी जातीय रुपमा विभेद गरेको भन्दै पतिराम सोवसहित चार जनाले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएका थिए। सो मुद्धामा कैलाली जिल्ला अदालतले २०७७ मंसिर ३० गते प्रतिवादी पाण्डेलाई पाँच सय रुपैयाँ जरिमाना मात्र गरेको थियो। उच्च अदालत दिपायलले जिल्ला अदालतको…

Read More

उदयपुर-जिल्ला प्रहरी कार्यालयको नयाँ भवन निर्माण सम्पन्न भएको छ। भूकम्प प्रतिरोधात्मक तीनतले सो भवनको सोमबार प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले शुभारम्भ गरे। रु ११ करोड ४२ लाख बजेटमा भवन बनेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए। अब नयाँ भवन बनेसँगै दुःख, कष्ट र व्यवधान सहेर कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता हटेको छ। प्रहरी प्रमुख सुवास बोहराले नयाँ भवनबाट सेवा प्रवाहमा थप प्रभावकारीता आउने जानकारी दिए।

Read More

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आवश्यक रणनीतिको तयारी थालेको छ। फागुनभर सातवटै प्रदेशमा प्रशिक्षण चलाएको एमालेले त्यसबाट प्राप्त पृष्ठपोषणलाई लिएर चुनावी रणनीतिको तयारी थालेको हो। एमालेको मंगलबार बस्ने केन्द्रीय सचिवालय बैठकले त्यसबारे छलफल गर्ने भएको छ। यसअघिको स्थानीय तह निर्वाचनमा बहुमत प्राप्त गरेको एमालेले यसपल्ट पनि परिणाम दोहोर्‍याउने लक्ष्य राखेको छ। पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको बैठकमा पार्टीको सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्ने विषयमा छलफल भएको छ।बैठकमा चुनावी कार्यनीति, रणनीति, घोषणापत्र निर्माणजस्ता विषयवस्तुबारे छलफल भएको बताइएको छ। एमालेले निर्वाचनको रणनीति तय गर्न चैत ७ गते पोलिटब्युरो, ८–९ गते केन्द्रीय कमिटी र १४ गते स्थायी समितिको…

Read More

काठमाडौं -साेमवार देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै, राती देशको गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। महाशाखाका अनुसार हाल बंगलादेश तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको र त्यसकाे नेपालमा असर सामान्य रहेकाे छ।

Read More

कैलाली-धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था को अध्यक्षमा देवबहादुर वम निर्वाचित भएका छन्।वमले उनको प्रतिद्घन्द्घी रतन कठायतसंग एक हजार ३ सय ८ मत अन्तरले निर्वाचित भएका हुन्। वमले ८ हजार ३ सय ९१ मत पाए। यस्तै रतन कठायतले ७ हजार ८३ मत ल्याए। सहकारीको १६ सदस्यका लागि भएको निर्वाचनमा १७ हजार ८० मत खसेको थियो। सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य छन्। सहकारीको उपाध्यक्षमा चेतराज ओझा निर्वाचित भएका छन्। उनी कठायतको प्यानलका हुन्। शनिबार मतदान भएको थियो। आईतबार विहान देखि मतगणना सुरु भएको थियो।सोमबार अवेर राति मत गणना सम्पन्न भएको हो। उनले ७ हजार ३ सय…

Read More

काठमाडौं-साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुईदिने औपचारिक भ्रमणमा आज साँझ यहाँ आइपुगेका छन्। निजी विमान चढेर श्रीलङ्काबाट आउनुभएका उहाँलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र यहाँस्थित साउदी अरबको दूतावासका उच्च अधिकारीहरूले स्वागत गरेका थियो। भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। भोलि परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग भेटवार्ता गर्नुहुनेछ। भेटवार्तापछि दुवै देशका परराष्टमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा…

Read More

दुबई-युद्धग्रस्त यमनमा खाद्यान्न अभावमा परेका नागरिकको सङ्ख्या यस वर्ष पाँच गुणा बढेको संयुक्त राष्ट्र संघीय निकायहरूले सोमबार चेतावनी दिएका छन्। राष्ट्रसंघीय निकायहरू खाद्य तथा कृषि संगठन (एफएओ), संयुक्त राष्टसंघीय बाल कोष (युनिसेफ) र विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले संयुक्त विज्ञप्ति जारी गरी यमनमा यस बर्ष चरम खाद्यान्न अभावमा रहेका व्यक्तिहरूको सङ्ख्या एक लाख ६१ हजारभन्दा बढी हुने प्रक्षेपण गरिएको छ। खाद्यान्न सङ्कटको तीव्र वृद्धिलाई ‘अत्यन्तै चिन्ताजनक’ भन्दै यमनका लागि सहायता जुटाउन संयुक्त राष्ट्रसंघले आयोजना गर्न लागेको उच्च स्तरीय सम्मेलनभन्दा दुई दिनअघि यो चेतावनी आएको हो। रूसको युक्रेनमा आक्रमणले विश्वव्यापी खाद्य आपूर्तिलाई खतरामा पार्छ भन्ने डर बढ्दै गएको समय द्वन्द्वग्रस्त यमनमा…

Read More

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले नुवाकोटको तादी गाँउपालिकाको प्रशासकीय भवन उद्घाटन गरेका छन्। प्रधानमन्त्री देउवालाई सोही अवसरमा तामाङ संस्कृतिको पेटा लगाइदिएका छन्।

Read More

कर्णाली-सुर्खेतस्थित भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोलीले परिचालन गरिएको छ। नम्बर ३२ रक्तकाली गण सुर्खेतबाट १४ जनाको विपद् उद्धार टोली र बाँकेको शम्शेरगञ्जस्थित रिर्जभ गणबाट चार जनाको गोताखोर टोली परिचालन गरिएको हो। सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित रामघाट दशरथपुर जोड्ने झोलुङ्गे पुल नजिक शनिबार भेरी नदीमा नुहाउने क्रममा स्थानीय तीन बालबालिका बेपत्ता भएका थिए। बेपत्ता हुनेमा भेरीगङ्गा नगरपालिका–११ रामघाटका १० वर्षीया गङ्गा खड्का, आठ वर्षीया कृष्णा सिञ्जाली र लेकबेंसी नगरपालिका–५ खल्टाकुराका १० वर्षीय दिनेश बुढा रहेका छन्। स्थानीय रोजिता थापा र लक्ष्मी पच्भैयाले नदीमा बालबालिका बगिरहेको देखेपछि आफन्तलाई खबर गरेका थिए। सशस्त्र प्रहरी बल नम्बर ३२…

Read More

काठमाडौं- यातायात व्यवस्था विभागले भोलि (चैत १ गते) देखि लाइसेन्सनका लागि अनलाइन आवेदन लिने कार्य फेरि स्थगन गर्ने भएको छ। सोमबार एक सूचना जारी गरी सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली अनिश्चतकालको लागि स्थगन गर्न लागेको विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताए। ‘अहिलेसम्म परेका अनलाइन आवेदनहरुलाई सकाउनको लागि स्थगन गर्न लागिएको हो,’ उनले भने, ‘लगभग एक महिना जति अनलाइन आवदेन बन्द हुन्छ ।’ अहिले ३/४ लाख जनाले अनलाइन आवेदन दिएर मिति पर्खिरहेको उनले जानकारी दिए। ती सबै आवेदकहरुको काम सकिएपछि मात्र अनलाइन आवेदन पुनः लिन थालिने उनले बताए। अब एक सातामै पालो आउने गरी नयाँ आवेदन प्रणाली खुलाउने योजना…

Read More