कैलाली-धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था को अध्यक्षमा देवबहादुर वम निर्वाचित भएका छन्।
वमले उनको प्रतिद्घन्द्घी रतन कठायतसंग एक हजार ३ सय ८ मत अन्तरले निर्वाचित भएका हुन्। वमले ८ हजार ३ सय ९१ मत पाए। यस्तै रतन कठायतले ७ हजार ८३ मत ल्याए।
सहकारीको १६ सदस्यका लागि भएको निर्वाचनमा १७ हजार ८० मत खसेको थियो। सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य छन्। सहकारीको उपाध्यक्षमा चेतराज ओझा निर्वाचित भएका छन्।
उनी कठायतको प्यानलका हुन्। शनिबार मतदान भएको थियो। आईतबार विहान देखि मतगणना सुरु भएको थियो।सोमबार अवेर राति मत गणना सम्पन्न भएको हो।
उनले ७ हजार ३ सय २९ मत ल्याए। त्यस्तै गरी सदस्यहरुमा इन्दिरा जैशी (८३११०), उत्तम जोशी (६९२४), गोपालराज पाठक (६८५७), केशवराज मिश्र (६७८०), महेशराज विष्ट (६६३०), घनबहादुर शाह (६६११), उपेन्द्र विष्ट (६४७७) निर्वाचित भएका छन्।यस्तै सदस्यहरुमा निर्वाचित हुनेमा शिवकुमार जोशी फुलारा (६३६४), गणेश वम (६१७२), जयराज जोशी (६१०२), विश्वनाथ ओझा (६०१५) निर्वाचित भएका छन्।
यस्तै लेखा सुपरिक्षक समिति संयोजकमा चेतराज जोशी (७१६५), गणेश प्रसाद उपाध्याय (७१४१) र लक्ष्मीराज पन्त (७०१५) निर्वाचित भएका छन्।