Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: भारतको पश्चिम बङ्गालको उत्तर–२४ परगना जिल्लाको दत्तापुकुरमा एउटा अवैध पटाका उत्पादन कारखानामा विस्फोट भएको छ । विस्फोटमा परेर कम्तिमा ७ जनाको ज्यान गएको छ । अरु केही व्यक्ति घाइते भएका अग्नी नियन्त्रण कार्यालयका अधिकृत आशिष घोषले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुई तले घरमा भएको विस्फोटमा भवनका मालिक पनि गम्भीर घाइते भएका छन् । घाइतेको बारासातमा रहेको अस्पतालमा उपचार भैरहेको छ । पश्चिम बंगालमा अवैध पटाका कारखानामा हुने विस्फोटको यो पहिलो घटना होइन । राज्य सरकारले अवैध पटाका उत्पादन रोक्न पर्याप्त कारबाही नगरेको आरोप लाग्दै आएको छ ।

Read More

काठमाडौँ: नेपाली सेनाका एक जना गुल्मपति बेपत्ता भएका छन् । डोल्पाको सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज विमल पण्डित हिजोदेखि सम्पर्कविहीन भएका हुन् । हिजो अपराह्न साढे चार बजे इभिनिङ वाकका लागि उनी ब्यारेकबाट निस्किएका थिए । आफ्ना सुरक्षा गार्डलाई समेत ’तँ नआइज,आज म एक्लै जान्छु’ भनेर फर्काएका पण्डित झण्डै २४ घण्टासम्म बेखबर भएको घटनाले आशंका उब्जाएको त्यहाँका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले बताए । पण्डित हराएको पुष्टि गरेका डोल्पाका सिडियो भुमिश्वर पोखरेलले खोजविन भइरहेको जानकारी दिएका छन् । आज बिहानसम्म त्रिपुरातर्फ गएको भन्ने जानकारी प्राप्त भएको र खोजी कार्य त्यतै केन्द्रित गरिएको उनले बताए ।

Read More

धनगढी: धनगढीको स्वस्तिक अस्पतालमा सुरक्षा बढाइएको छ । बिरामीको मृत्युपछि डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले विरोध गर्न थालेपछि अस्पतालमा सुरक्षा बढाइएको हो । कञ्चनपुरको बेलौरी नगरपालिका-१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको पत्थरीको अप्रेसनको क्रममा मृत्यु भएको थियो । उनको बायाँ किड्नीको अपरेसन गर्दा अत्यधिक रक्तश्रावलेले मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकका आफन्तले सत्य तथ्य छानबिनको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा अस्पताल र डाक्टरविरुद्ध उजुरीको तयारी गरेका छन् ।

Read More

धनगढीः धनगढीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ ‘सी’ गाउँबाट सोही ठाउँका २६ वर्षीय महेन्द्र खड्का र २४ वर्षीय नरजित थापा रहेका छन् । उनीहरुलाई १ ग्राम २४ मिलिग्राम लागुऔषध र ८ वटा लागुऔषध ओपिडल क्याप्सुलसहित अस्थायी प्रहरी पोष्ट जुगेडाको टोलीले पक्राउ गरेको बताइएको छ ।

Read More

काठमाडौँ: सरकारले आगामी दिनमा सार्वजनिक खरिदका नमूना बोलपत्र कागजातलाई नेपाली भाषामा बनाउने भएको छ । सार्वजनिक खरिदको प्रभावकारिता अभिवृद्धि गर्न खरिद ऐनलाई सामयिक बनाउने र सरल कार्यविधि निर्माणलाई पनि प्राथमिकतामा राख्न लागेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीले खरिद विषय आफैँमा जटिल र प्राविधिक विषय भएकाले यो जटिलतालाई कागजातले सरल र सहज बनाउनु आवश्यक भएको बताए । उनले भने, “विभिन्न सरोकारवालाका सुझावअनुरुप सरल खरिद कार्यविधि र नमूना बोलपत्र कागजातलाई नेपाली भाषामा बनाउने कामलाई प्राथमिकता दिइएको हो ।” सचिव रेग्मीले खरिदको प्रभावकारिताले पुँजीगत खर्च बढ्ने मात्र नभई विकास निर्माणका काममा तीव्रता आउने हुँदा सार्वजनिक खरिदलाई वित्त व्यवस्थापनको…

Read More

काठमाडौँ: काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका–८ घर भई कठमाडौँ टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय समीर आलेमगर, रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका–३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भई ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरुङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए…

Read More

धनगढीः धनगढीको स्वस्तिक अस्पतालमा मृगौलाको पत्थरीको शल्यक्रिया गरेका एक जनाको मृत्यु भएको छ । शनिबार अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका-१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको अस्पतालले जनाएको छ । चौधरीको अस्पतालले शल्यक्रिया गरेर बाँया मृगौलामा जमेको ११ एमएम र ९ एमएमका दुई वटा स्टोन निकालेको थियो । सोही क्रममा अत्यधिक रक्तश्राव भएको थियो । रक्तश्राव नरोकिएपछि अस्पतालका जर्नल सर्जन डाक्टर जोनस तिवारीले मृतकका परिवारलाई मृगौला झिक्नुपर्ने बताएका थिए । मृतकका भतिजा राजकुमार चौधरीले डाक्टरले मृगौला चाहिन्छ की मान्छेको ज्यान भनेपछि आफूूहरुले मृगौला झिकेर भएपनि ज्यान जोगाइदिन आग्रह गरेको बताए तर डाक्टरले मृगौला निकालेपछि भने मृत्युको खबर सुनाएको…

Read More

धनगढीः कैलालीको गोदावरी नगरपालिका-८ स्याउलेमा आज दिँउसो २ बजेबाट गौरापर्व विशेष मेला सुरु हुने भएको छ। स्याउलेको विश्वनाथ महादेव मन्दिर परिसरमा आजदेखि १५ गतेसम्म मेला लाग्ने भएको हो। धर्मेश्वर फाउन्डेसनको आयोजना तथा स्याउले बजार व्यवस्थापन समिति र शिवशक्ति युवा क्लबको सहयोगमा मेला लाग्ने बताइएको छ। स्वर्गीय पिता धर्म सिंह देउवाको स्मृतिमा छोराहरु गणेश देउवा, गोपाल देउवा, मनिस देउवा र विरेन्द्र देउवाले फाउन्डेसनसंग मेलाको लागि सहकार्य गरेका हुन्। मेलामा विभिन्न ठाँउका चर्चित देउडा कलाकारहरुको उपस्थिति रहने बताइएको छ। दार्चुलाकी गंगा धामी, बझाङका बाल्केश थापा, कैलालीका पदम जोशी र कञ्चनपुरकी पुष्पा जोशीको सहभागिता रहने बताइएको छ।

Read More

धनगढीः कञ्चनपुरमा सोमबारदेखि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएका छन्। भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल बिरेन्द्र जोशीमाथि कुटपिट गर्नेहरुलाई कारबाहीको माग राख्दै जिल्लास्थित सामुदायिक तथा निजी विद्यालय अनिश्चितकालिन बन्द गरिएका हुन्। प्रहरीको नियन्त्रणमै शिक्षकमाथि कुटपिट भएको घटनाको उच्चस्तरिय छानबिन टोलीको गठन गर्नुपर्ने, शिक्षकलाई पक्राउ गरेर लैजाने प्रहरीलाई निलम्बन गरी कारबाही हुनुपर्ने, शिक्षकको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्योहोर्नुपर्ने नेपाल शिक्षक महासंघ जिल्ला स्तरिय आन्दोलन परिचालन समितिको माग छ। यता, शिक्षक जोशी परिवारले दिएको किटानीका आधारमा प्रहरीले ७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। गत आइतवार विद्यालयका लेखापाल विरेन्द्रप्रसाद जोशीले कक्षा १० मा अध्ययनरत एक छात्रामाथि यौन दुव्र्यवहार गरेको…

Read More

धनगढी: दार्चुलामा एक जना एकल बृद्ध महिला मृत फेला परेकी छन्। जिल्लाको मालिकार्जुन गाउँपालिका–७ की ८० वर्षीया भागरथी चन्द मृत फेला परेकी हुन्। प्रहरीका अनुसार उनको मृत्युको कारण खुलेको छैन्। अहिले मृतकको घरमा प्रहरी चौकी जोलजीवि र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।  प्रहरीले छानविनपछि वास्तविकता बाहिर ल्याउने बताएको छ। यद्यपि स्थानीयले भने उनको हत्या गरेको आंशका गरेका छन्। प्रहरीले मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी गरेको छ।

Read More