Author: महेन्द्रनगर पोष्ट

काठमाडौंः प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्।​ तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।​ सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए। त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म…

Read More

काठमाडौं : माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले भेप सुन प्रकरणमा आफू पक्राउ नपर्ने बताएका छन् । आज एक सञ्चार माध्यमसंगको कुराकानीमा उनले यो प्रकरणबारे प्रहरी महानिरिक्षक बसन्त कुवँरसँग कुरा भइरहेको र छोरा राहुलले यसबारे दिएको बयानले नै पुग्ने बताएका हुन् । महराका अनुसार आइजी कुवँरले नै उनलाई बयान दिन जानुनपर्ने आश्वासन दिएका छन् । ‘यसबारेमा आइजीसँग कुरा भइरहेको छ । राहुल आफैं बयान दिन गयो । छोराको बयानले सबैकुरा पुग्छ । म जानु पर्दैन भन्नुभएको छ,’ उनले भने । सुन प्रकरणमा संलग्न रहेको आरोप लागेपछि पक्राउ पुर्जि जारी भएका उनका छोरा राहुललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नियन्त्रणमा लिइसकेको…

Read More

बैतडीः जिल्ला अस्पताल बैतडीमा बुधबार सञ्चालन गरिएको मानसिक स्वास्थ्य शिविरमा ४० जनाले सेवा लिएका छन्। मानसिक समस्या भएका बिरामीहरुलाई लक्षित गरेर हरेक महिनाको १३ गते अस्पतालले मानसिक स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। शिविरमा मानसिक रोग बिशेषज्ञ डा. निराजन भट्टराईले सेवा दिएका थिए। विश्व स्वास्थ्य संगठनसंगको सहकार्यमा अस्पतालमा मानसिक स्वास्थ्य शिविर सञ्चालन गर्ने गरिएको अस्पतालका निमित्त प्रमुख डा. धिरज जैसवालले बताए। मानसिक समस्या जनस्वास्थ्यको विकराल समस्याको रुपमा देखा परेकाले स्थानीय नागरिकलाई सेवा लिन सहज होस भनेर अस्पतालमा मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिएको अस्पताल व्यवस्थापन अधिकृत सुमन महराले बताए। शिविरमा आएका बिरामीहरुलाई आवश्यक उपचारका साथै परामर्श सेवा समेत दिइएको महराले बताए।

Read More

काठमाडौँ: इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेको शुल्कको निर्णय फिर्ता लिएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटासहितको अधिकारीहरूले विद्यार्थी संगठनसँग गरेको सहमतिपछि शुल्क वृद्धिको निर्णय फिर्ता भएको हो । आज त्रिविका तथा विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरूबीच ५ बुँदे सहमति भएको छ । उक्त सहमतिसँगै संस्थानले शुल्क वृद्धिको निर्णय फिर्ता लिएको छ । विद्यार्थी संगठनहरूले समेत आफ्ना आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू फिर्ता लिएका छन् । सहमति अनुसार विद्यार्थीका प्रतिनिधिसहित समिति गठन गर्ने र उक्त समितिले दिएको प्रतिवेदनको आधारमा अघि बढ्ने भन्नेछ । त्यस्तै उक्त शुल्क लागू गर्न सहमत भइसकेको अवस्थामा हाल स्थगित गरिएका प्रवेश परीक्षा लगायत सबै कार्यक्रमहरु सुचारु गर्ने सहमति…

Read More

गैंडाकोट : पूर्वी नवलपरासीको गैंडाकोटमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । गैंडाकोट नगरपालिका-२ एसपीएम चोक बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी हुन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बुधबार श्रीमानसँग सामान्य झगडा भएपछि कोठाभित्र पसेर चुक्कल लगाएर आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए । आगलागीबाट गम्भीर घाइते उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । ती महिलाको शरीरको माथिल्लो भाग र अनुहार जलेको प्रहरीको भनाइ छ । आगोले उनको ४० प्रतिशत शरीरको भाग जलेकोले भरतपुर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको…

Read More

काठमाडौँ: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसीसी०ले राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप हेरिरहेको तस्बिर राख्दै ‘पिक्चर अफ द ड’ भनेको छ । पाकिस्तानमा जारी नेपाल र पाकिस्तानबीचको खेल हेरिरहेका राष्ट्रपति पौडेलको तस्बिर सार्वजनिक गर्दै आइसिसीले ‘पिक्चर अफ द डे’ भनेको हो । राष्ट्रपति पौडेलले नेपाल र पाकिस्तानबीचको खेल शीतल निवासमा टेलिभिजनमार्फत हेरेका छन् ।

Read More

काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर्माण हुने भवनको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बुधबार आयोजित कार्यक्रमबीच शिलान्‍न्यास गरेका छन् । कार्यक्रममा उपस्थित नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तइयाेङ र प्रहरी महानिरीक्षक कुँवरले संयुक्त रूपमा उक्त भवनको ताम्रपत्र अनावरण गर्नुको साथै भवन निर्माण कार्य शुरूवातको लागि भूमि पूजन समेत गरे । राजदूत तइयाेङले वर्तमान समयमा बढ्दै गएको साईबर अपराधको अनुसन्धान तथा नियन्त्रणका लागि नेपाल प्रहरीले साईबर ब्यूरोको क्षमताको स्तरोन्नति गर्दै आमनागरिकलाई साईबर अपराधबाट जोगाउन थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । आगामी दिनमा साईबर व्यूरोको क्षमता अभिवृद्धिका लागि नेपाल प्रहरीसँग आपसी सहयोग तथा सहकार्य गर्ने उले…

Read More

काठमाडौं: एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानले नेपाललाई ३४३ रनको लक्ष्य दिएको छ । कप्तान बाबर आजम र इफ्तिकार अहमदको दोहोरो शतकीय साझेदारीमा पाकिस्तानले नेपाललाई जीतका लागि १४३ रनको विशाल लक्ष्य दिएको हाे । उनीहरु दुवैले व्यक्तिगत शतकसमेत बनाए । टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन जोड्यो । पाकिस्तानका कप्तान बाबर आजमले १५१ र इफ्तिखर अहमदले १०९ रन बनाए । उनीहरुले पाँचौं विकेटका लागि २१४ रनको साझेदारी गरेका थिए । १२४ रनमा ४ विकेट गुमाएको अवस्थामा बाबर र इफ्तिखरबीच साझेदारी सुरु भएको थियो । सुरुको १० ओभरमा ४४ रन जोडेको पाकिस्तानले अन्तिम १० ओभरमा १२९…

Read More

काठमाडौं: सामाजिक सञ्जाल फेसबुकमार्फत अश्लील फोटो तथा भिडिओ राखी चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार भक्तपुर नगरपालिका वडा नम्बर १४ बस्ने २५ वर्षीय सुसन चौगुठी हो । कार्यालयका अनुसार आरोपित चौगुठीले फेसबुकमार्फत युवतीलाई फ्रेन्ड रिक्वेस्ट पठाउँथे । रिक्वेस्ट आएपछि युवतीले एसेप्ट गर्थे । र रिक्वेस्ट एसेप्ट गर्ने युवतीलाई नजिकको बनाउन विभिन्न प्रलोभन देखाएर नजिक हुन्थे । यसरी युवक युवतीसँग कुरा गर्दै जान्थे । कुरा अगाडि बढ्दै जाँदा चौगुठीले युवतीलाई प्रेम जालमा पार्थे । प्रेममा पारिसकेपछि विभिन्न बाहाना बनाएर पोर्न भिडिओ र फोटो लिने र पछि त्यसैको आडमा रकम…

Read More

धनगढी: धनगढीमा अवैध रुपमा दोहोरी साँझ सञ्चालनमा ल्याइएपछि बबन्डर मच्चिएको छ। धनगढी उपमहानगरपालिका–४ को बोराडाँडीस्थित नेकपा एमालेका पूर्व माननीय (अछामका तत्कालीन प्रदेश सभा सदस्य) गोबिन्द कुँवरको घरमा दोहोरी साँझ खोलिएछि विवाद भएको हो। स्थानीयका अनुसार त्यहाँ कानुुनी प्रक्रिया नपुगाएर दर्ता समेत नगरी न्यू सुन्दर सुदूरपश्चिम दोहोरी साँझ खोलिएको छ। अवैध रुपमा सञ्चालन गरिएको दोहोरी साँझमा अश्लिल हर्कत गर्ने, जथाभावी बोल्नेदेखि राति अबेरसम्म म्युजिक बजाएर बाधा अवरोध सिर्जना गरेको भन्दै स्थानीयले आज विरोध प्रदर्शनसमेत गरेका छन्। स्थानीय केशव बिष्टले आफूहरुको सहमती समेत नलिएर अवैध रुपमा सञ्चालन गरिएको दोहोरी साँझले घर परिवारलाई बाधा गरेको भन्दै सञ्चालनमा रोक लगाउनुपर्ने बताए। ‘यो घरमा यसअघि…

Read More