Author: महेन्द्रनगर पोष्ट

सर्लाही: सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । मोहनपुर मुस्लिम टोल बस्ने नजामुद्दिन अन्सारीका अन्दाजी वर्ष १२ का छोरा नुरसैद्द अन्सारीको विषालु करेत सर्पको डसाईबाट मृत्यु भएको हो । नुरसैद्द ईश्वरपुर नगरपालिका–१३ श्रीनगरस्थित मामाघरमा बस्ने गरेका र राति अन्य बालबालिकासँगै म्याट ओछ्याएर सुतेका उनलाई सुतेकै ठाउँमा सर्पले डसेको पाइएको प्रहरीले जनाएको छ । बालकलाई राति कानमा सर्पले डसिरहेको देखेपछि सँगै सुतेका अन्य बालबालिकाले हल्लाखल्ला गरेपछि थाहा पाइएको स्थानीयले बताएका छन् । सर्पले डसेपछि बालकलाई उपचारका लागि लालबन्दी नगरपालिका–१ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो । उपचार केन्द्रमा भेन्टिलेटर र आइसियू सञ्चालनमा नरहेको भन्दै जनकपुर रेफर…

Read More

गोरखा: गोरखा नगरपालिका-७, सतिपिपलस्थित एक घरबाट बरामद गरी जिल्ला प्रहरी कार्यालय गोरखामा विशेष सुरक्षासहित राखिएको टल्कने ढुङ्गा परीक्षणका लागि खानी तथा भूगर्भ विभागको भूगर्भविद् सहितको टोली गोरखा आइपुगेको छ । स्थानीयसहित विभिन्न सङ्घ संस्थाले बरामद गरेको उक्त टल्कने ढुङ्गा अन्यत्र नपठाउन अनुरोध गरेपछि ढुङ्गा परीक्षणका लागि भूगर्भविद् सहितको टोली गोरखामै झिकाइएको हो । टल्कने ढुङ्गा परीक्षणका लागि जियोलोजिष्ट डा सुस्मिता भण्डारी र दुर्गा बोलाखे सोमबार गोरखा आइपुगेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी पुस्कर रानाले जानकारी दिए । “ढुङ्गा बरामद गरेलगत्तै परीक्षणका लागि विज्ञ टोली पठाइदिन जिल्ला प्रशासन कार्यालयले भूगर्भ विभागलाई आग्रह गर्दै पत्राचार गरेको थियो”, उनले भने, “विभागले परीक्षण गर्न…

Read More

काठमाडौँ: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूले कुनै बदमासी नगरेको प्रष्टीकरण दिएका छन् । स्वीजरल्याण्ड पुगेका अध्यक्ष नेपालले आफूले केही नबिराएको र कुनै अनुचित काम नगरेको बताएका हुन् । ‘नबिराउनु नडराउनु । मैले कुनै बिराएको छैन, बदमासी गरेको छैन, भ्रष्टाचार गरेको छैन । मैले नितान्त असल मनसायले बालुवाटार विस्तारको मास्टरप्लान अघि बढाउन पक्षमा गरेको हुँ । कुनै अनुचित काम गरेको छैन । कुनै व्यक्तिलाई उन्मुक्ति दिने होइन । छानबिन गर्ने, बदमासी गरेको छ भने दण्डित गर्ने,’ उनले भनेका छन् । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री समेत रहेका नेपाललाई पनि अनुसन्धानको दायरमा ल्याउन आदेश दिएकोबारे आफूले केही भन्नुपर्ने नरहेको…

Read More

कैलाली: कैलालीमा टिप्परले विङ्गरलाई ठक्कर दिँदा ९ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत चौमालाको गोप्का चोकमा टिप्परले विङ्गरलाई ठक्कर दिदाँ ९ जना घाइते भएका हुन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Read More

दार्चुला: दार्चुला सदरमुकाम खलंगाको आकाशमा केही दिनदेखि भारतीय निजी कम्पनीको हेलिकोप्टरले चक्कर लगाइरहेको छ । सो हेलिकोप्टर खलंगा हुँदै उत्तरपश्चिम कालापानी क्षेत्रतर्फ गइरहेको हो । खलंगास्थित नेपाली सेनाको गुरु गोरख गुल्म, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको ४४ नम्बर गण हेडक्वाटरलगायतका सुरक्षा निकाय तथा संवेदनशील क्षेत्रमाथि हेलिकप्टर उडेको हो । दार्चुलाकी सीडीओ किरण जोशीले लगातार भारतीय हेलिकोप्टर देखिन थालेपछि पिथौरागढका डीएमलाई लिखित पत्र पठाएर ध्यानाकर्षण गराएको तर, केही जवाफ नआएको बताइन् ।

Read More

कञ्चनपुर: अविरल वर्षा भएपछि कञ्चनपुरमा एक सय १० घरमा पानी पसेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्दा कञ्चनपुरको पुनर्वास र कृष्णपुर नगरपालिकामा केही घरमा पानी पसेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले दोदा नदीको सतह बढ्दा पुनर्वास नगरपालिका–५ सिम्रीस्थित राना बस्तीका ६० घरमा पानी पसेको बताए । उनका अनुसार वर्षाकै कारण कृष्णपुर नगरपालिका(७ शान्तिपुर टोलमा मोहना नदीको पानी पस्दा ५० घरमा पसेको बताए । कञ्चनपुरको चुरे क्षेत्रमा सोमबारदेखि भएको वर्षाका कारण यहाँका खोलानाला र नदीमा जलस्तर बढेको हो । “घरभित्र पानी पसेपनि डुबान नै भएर…

Read More

काठमाडौँ: सल्यानमा आफ्नै छोराले लाठीले हान्दा आमाको मृत्यु भएको छ । प्रहरीका अनुसार छोराको लाठी प्रहारबाट शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौरकी ४८ वर्षीया शारदा भण्डारीको मृत्यु भएको हो । शारदालाई बिहान ४ बजे उनका २३ वर्षका छोरा नवीन भण्डारीले कोठामा सुतिरहेका बेला लाठीले टाउकोमा प्रहार गरेका र उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । नवीनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

रोल्पा: रोल्पाको त्रिवेणी गाउँपालिका–७ तिला बजार नजिकै बस दुर्घटना भएको छ । मङ्गलवार रोल्पाको बागमारादेखि दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको र सात जना गम्भीर घाइते भएका बताइएको छ । घाइतेहरूको उद्धार भइरहेको रोल्पा प्रहरीले जनाएको छ । केही यात्रु बसले च्यापिएको हुँदा ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताइएको छ ।

Read More

इलाम: इलाममा श्रीमान्द्वारा श्रीमतीको हत्या भएको छ । इलामको सूर्योदय नगरपालिका– २ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरी बस्ने पाँचथरका पूर्णबहादुर तामाङले कान्छी श्रीमतीको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार गएराति करिब ५० वर्षे पूर्णबहादुरले करिब ४५ वर्षकी श्रीमती डम्बरकुमारी तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनका अनुसार घटना अगाडि श्रीमान् श्रीमतीबीच सामान्य झगडा भएको थियो । झगडापछि राति पूर्णबहादुरले श्रीमती डम्बरकुमारीको टाउकोको पछाडिपट्टीको भाग (घुच्चुक) मा धारिलो हतियार बामफोकको प्रयोग गरी हत्या गरेको बताइएको छ । राति करिब ९ बजे सो घटना भएको हुनसक्ने प्रहरीको…

Read More

बाजुरा: बाजुरामा ३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बाजुराका अनुसार वैशाखयता ३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि भएका दुई जना खप्तड छेडेदह गाउँपालिका र एक जना सदरमुकाम मार्तडीका रहेका जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर मिलन जोशीले बताए । सदरमुकाम मार्तडी र कोल्टी डेंगुको उच्च जोखिममा रहेकोले विशेष सर्तकता अपनाउनुपर्ने उनले बताए ।

Read More