Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: ताप्लेजुङका डिएसपीलाई नेपाली कांग्रेसका एक नेता एवं प्रदेश सभा सदस्यले ज्यान मार्ने धम्की दिएका छन्। कांग्रेस नेता एवं कोशी प्रदेशसभाका सदस्य खगेनसिंह हाङगामले ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लिम्बूलाई मार्ने सार्वजनिक रुपमै धम्की दिएका हुन्। यतिमात्र होइन, उनले डिएसपीको परिवारै सखाप पार्ने धम्की दिएका छन्। उनले कांग्रेसनिकट तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शुक्रबार ताप्लेजुङ प्रहरीविरुद्ध गरेको प्रदर्शन कार्यक्रमका क्रममा डीएसपी लिम्बूसहित उनको परिवारका सबै सदस्य मार्ने धम्की दिए। बिहीबार राति कोशी प्रदेशका प्रदेशसभा सदस्य हाङगामलाई प्रहरीबाटै आक्रमण भएको भन्दै तरुण दल र नेविसंघले शुक्रबार सुरक्षा निकायविरुद्ध प्रदर्शन गरेका थिए। यसपछि भएको खुला…

Read More

धनगढी: कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ गरेका छन्। आज (शनिबार) जिल्लाको बैलौरी नगरपालिका-१० बस्ने हिक्मत हमाललाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो। नेपाल प्रहरीको प्रदेश कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी नायब निरीक्षक प्रकाश कडायत नेतृत्वको सादा पोशाक टोलीले उनलाई समातेको हो। प्रहरीका अनुसार उनलाई सोही नगरपालिकाको कलकताबाट नेपालतर्फ आउने क्रममा चेक गर्दा ४७.८५ ग्राम लागुऔषधसहित फेला पारी नियन्त्रणमा लिइएको हो। अहिले उनलाई समातेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

गोरखा: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखामा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने आफ्नो इच्छा रहेको बताएका छन् । गोरखाको अजिरकोट गाउँपालिकाले आज भच्चेकमा आयोजना गरेको पालिकाभित्रका जनप्रतिनिधि, राजनीतिक दल तथा नागरिकसँगको अन्तर्क्रियाका क्रममा प्रधानमन्त्री दाहालले चीन सरकारले नेपालमा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने प्रस्ताव गरेको भन्दै उक्त पार्क गोरखामा निर्माण गर्ने इच्छा व्यक्त गरेका छन् । “आसन्न चीन भ्रमणका क्रममा नेपालको कृषि क्षेत्रको विकासको सन्दर्भमा पनि छ”, प्रधानमन्त्री दाहालले भने, “एउटा एग्रिकल्चर टेक्निकल पार्क बनाउने प्रस्ताव चीन सरकारको छ, त्यो पार्क कहाँ बनाउनेभन्दा अहिले मेरो निर्णय नै त होइन तर उक्त पार्क गोरखामा नै बनाउने इच्छा छ ।” एग्रिकल्चर पार्कमा…

Read More

धनगढी: नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका नेता सुरेन्द्र चौधरीले पार्टीका संरक्षक रेशमलाल चौधरीले हत्यारा हुुँ भनेर दुुनियाँ सामुु माफी मागेको खुलासा गरेका छन्। तत्कालीन समयमा नाउपाका वरिष्ठ नेता तथा राजनीतिक संवाद समितिका संयोक रहेका चौधरीले हत्यारा हुुँ भन्दै राष्ट्रपति समक्ष कैद माफीका लागि निवेदन चढाएको र पार्टीलाई व्यक्तिगत स्वार्थ पूरा गर्ने हतियार बनाएको बताएका हुन्। शनिबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै चौधरीले टीकापुर घटनामा धेरै निर्दोष व्यक्तिलाई फसाइएकाले उनीहरुको न्यायका लागि राजनीतिक शक्ति बनाएर जाने योजनाअनुसार नै नागरिक उन्मुक्ति पार्टीको जन्म भएको समेत बताए। तर पार्टीका संरक्षक रेमश चौधरी राजनीतिक रुपमा समाजलाई उत्तेजित पारी व्यक्तिगत फाइदा उठाउन लागेपछि पार्टी…

Read More

अछामः अछाममा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन्। जिल्लाको रामारोशन गाउँपालिका –६ भटाकाटियाकी अन्दाजी ३५ वर्षीया हैकला साउँद घाइते भएकी छन्। हैकलालाई गोठको छाना नजिकै घाँस काट्नेक्रममा गोठको छानामा लुकेर बसेको चितुवाले आक्रमण गरेको हो। यस्तै सोहि पालिकाकै २१ वर्षीय सुर्यबहादुर साउँद र ३७ वर्षीय जगत साउँदलाई गोठभन्दा करिब पाँच सय मिटर टाढा मकैवारीमा घाइते अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक राजेन्द्र साउँदले बताए। घाइते तीनै जनाको स्थानीय स्वाथ्यचौकीमा उपचार भैरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : जी–२० देशका नेताहरू संयुक्त घोषणापत्रप्रति सहमत भएका छन् । आजको सम्मेलनपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘नयाँ दिल्ली–जी–२० लिडर्स घोषणापत्र’ मा सहमति जुटेको जानकारी गराएका हुन् । जी–२० सम्मेलनका लागि भेला भएका विश्वका नेताहरूबीच सबैभन्दा ठूलो मतभेद युक्रेनमाथिको रुसी आक्रमणलाई लिएर थियो । शिखर सम्मेलनमा विश्वका दुई सर्वाधिक शक्तिशाली देशहरु रुस र चीनका सरकार प्रमुख अनुपस्थित छन् । चीनले रुस–युक्रेन युद्धको विरोध गरेको छैन । जी–२० देशहरुको विश्वको अर्थव्यवस्थाको ८५ प्रतिशत हिस्सा ओगट्छन् भने उनीहरूबीच हुने व्यापार कुल व्यापा मध्येको ७५ प्रतिशत हो । विश्वको कुल जनसंख्या मध्ये दुई तिहाइ मानिसहरू ती देशमा बस्छन् । १९ वटा देश र…

Read More

कञ्चनपुरः कञ्चनपुरमा भज्सार छलीका सामान प्रहरीले जफत गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–४ होटेल ओपेरा नजिकबाट भन्सार छलीका अन्दाजी करिब ५० हजार मुल्य बराबरको तरकारी शनिवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

Read More

मराकेस ः मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म आठ सय २० जनाको मृत्यु भएको छ भने छ सय ७२ जना घाइते भएका छन्। गृह मन्त्रालयका अनुसार घाइतेमध्ये दुई सय पाँच जनाको अवस्था गम्भीर छ। भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ। शुक्रबार राति ११:११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए। अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन्। शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमले बताएका छन्।…

Read More

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा आज विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्ने भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बा वीरेन्द्र नेपाली र कमल परियार रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले गएको साउन ३ गते सिनामङ्गल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या ३० जना पुगेको प्रहरीको भनाइ छ ।

Read More

मलङ्गवा : सर्लाही सदरमुकाम मलङ्गवामा कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज साँझ ५ बजेदेखि भोलि विहान ८ बजेसम्म कर्फ्यु जारी गरिएको जानकारी दिए । शुक्रबार साँझ मलङ्गवा नगरपालिका चोकमा कृष्ण जन्माष्टमीको अवसरमा निर्माण गरिएको कृष्ण भगवानीको मूर्ति विसर्जन गरी फर्किने क्रममा विवाद भएको थियो । दुई पक्षबीच दुढुङ्गा हानाहान झडपमा परिणत भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । ढुङ्गा लागेर लागेर मूर्ति विसर्जनमा सहभागी भएका केही व्यक्ति र प्रहरी समेत घाइते भएका छन् ।…

Read More