Author: महेन्द्रनगर पोष्ट

धनगढीः सुदूरपश्चिमका १७ जना कर्मचारी पुरस्कृत भएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले उत्कृष्ट काम गरेका कर्मचारीलाई निजामती सेवा दिवसको अवसरमा पुरस्कृत गरेको हो। पुरस्कृत हुने कर्मचारीमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका ल्याव टेक्निसियन कृष्ण गौतम, कैलाली जिल्ला अदालतकी कार्यालय सहयोगी धौली केसी, स्वास्थ्य कार्यालय कैलालीका पब्लिक हेल्थ नर्स निरीक्षक आशा थापा, हेभी इक्युपमेन्ट डिभिजन कार्यालय गोवादरीका मेकानिक प्रेम सिँह लुहार, जिल्ला हुलाक कार्यालय कैलालीका हल्कारा देवलाल चौधरी रहेका छन्। यस्तै, आन्तरिक राजश्व कार्यालय कैलालीका टा.ना.सु वासुदेव जोशी, पशु सेवा तालिम केन्द्र धनगढीका अधिकृत गोरखबहादुर खड्का, जिल्ला प्रशासन कार्यालय कैलालीका ना.सु. टिकेन्द्र प्रसाद भट्ट, प्रदेश निर्वाचन कार्यालयका ना.सु.खेमराज भट्ट, सामाजिक विकास कार्यालय बझाङका शाखा…

Read More

काठमाडौँ: आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो । विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो । हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ । दिवसका अवसरमा आज विहान प्रभातफेरी हुँदैछ भने सोही अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिँदै छ…

Read More

कञ्चनपुर: शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने किसानले लगाएको मकैबाली सुगाको बथानले खाएर सखाप पार्न थालेको छ । सुगाको बथानले मकैको घोगा खाएर नोक्सानी गर्न थालेपछि स्थानीय किसान चिन्तित भएका हुन् । बथानका बथान सुगा बिहान, साँझको समयमा आएर मकैबालीमा पसेर नोक्सानी गर्न थालेको मध्यवर्ती क्षेत्रको शुक्लाफाँटा नगरपालिका–२ का किसान गङ्गा बोहराले बताइन् । “दश कठ्ठा जग्गामा बर्खे मकैबाली लगाएको थिएँ”, उनले भने, “मकैमा घोगा लाग्न सुरु भएपछि सुगा खेतमा छिर्न थालेका हुन्, पाक्न नपाउँदै पूरै बाली सखाप पारेका छन् ।” सूर्योदय हुनुअघि नै सुगा खेतमा छिर्ने भएकाले थाली ठटाएर सुगा भगाउने गरेको उनले बताए । उनका अनुसार बादल…

Read More

धनगढी: धनगढीमा डेङ्गु संक्रमणबाट एक किशोरीको मृत्यु भएको छ। हिजो (बिहीबार) धनगढीको एक अस्पतालमा उपचारका क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका-६ बस्ने लक्ष्मी सेरलाको मृत्यु भएको हो। उनको डेङ्गुका कारण मृत्यु भएको बताइएको छ। केही दिनअघि उनलाई महाकाली अस्पताल महेन्द्रनगरमा डेङ्गुको संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई त्यहाँबाट रेफर गरिएको महाकाली अस्पताल स्रोतले जनाएको छ। रेफरपछि उनलाई उपचारका लागि धनगढी ल्याइएकोमा उनको मृत्यु भएको हो। उनी भीमदत्त नगरपालिका-७ स्थित महाकाली जनसेवा मावि हल्दुखालमा कक्षा ७ मा अध्ययनरत थिइन्। उनको मृत्युमा आज विद्यालयले बिदा दिएको छ।

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एक वरिष्ठ हवल्दार लालबहादुर चन्दलाई पुरस्कृत गरिएको छ। उनले तोकिएको जिम्मेवारी पूर्ण इमान्दारी एवं कर्तव्यनिष्ठताका साथ अनुकरणीय तवरले पूरा गरेको भन्दै पुरस्कृत गरिएको हो। उनको कार्य सम्पादनको प्रशंसा गर्दै कदर स्वरुप एक हजार नगदसहित पुरस्कृत गरिएको जनाइएको छ। कैलाली प्रहरीका प्रमुख एसपी देवेन्द्र पालले उनलाई पुरस्कृत गरेका हुन्।

Read More

कञ्चनपुरः सरकारी रकम हिनामिना मुद्दामा फरार रहेका कञ्चनपुरका कर्णबहादुर विष्ट पक्राउ परेका छन् । ५२ वर्षीय उनी बिहीवार आफ्नै घर ठेगाना भीमदत्त नगरपालिका-३ बाट पक्राउ परेका हुन् । जिल्ला अदालत कञ्चनपुरको २०७९ चैत्र २८ गतेको फैसलाले विष्टलाई २ वर्ष ६ महिना कैद र १५ लाख ९१ हजार ७४ रुपैयाँ जरिवाना तोकेको थियो । फरार रहेका उनलाई पक्राउ गरी जिल्ला कारागार कञ्चनपुर पठाइएको प्रहरीले जनाएको छ ।

Read More

बैतडी: बैतडीमा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बीमाको फाइदाका बारेमा जानकारी प्राप्त भएपछि स्वास्थ्य बीमामा आकर्षण बढ्दै गएको हो । यहाँ सात वर्षको अवधिमा ३३ हजारभन्दा बढी परिवार स्वास्थ्य बीमामा आबद्ध भएका छन् । जिल्लामा विसं २०७३ देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएकामा हालसम्म ३३ हजार दुई सय १७ परिवार आबद्ध भएका हुन् । स्वास्थ्य बीमा बोर्ड कार्यालय बैतडीका प्रमुख जमन बडालका अनुसार तीन हजार चार सय ८६ परिवारमात्रै शुल्क तिरेर कार्यक्रममा आबद्ध भएका छन् भने अन्य परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । उनले भने, “निःशुल्क स्वास्थ्य बीमा गरिनेमा ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोगी, अपाङ्गता…

Read More

धनगढी: सुदूरपश्चिमका चर्चित देउडा गायक अन्तराम विष्ट १४ वर्षपछि संगित क्षेत्रमा फर्किएका छन्। कञ्चनपुरकाे गुलरियामा आफ्नै विद्यालय खाेलेर शिक्षण पेशा लागेका उन २०६६ बाट गायन क्षेत्रमा गुमनाम जस्तै बनेका थिए। २७ वर्षअघि रेकर्ड गरिएको चर्चित एल्बम बरयातको ‘देउर्‍या ’ बोलको देउडा गितको शब्द परिमार्जनसहित बिष्टले म्युजिक भिडियो बजारमा ल्याएका छन्। बिष्टले आफ्नो व्यक्तिगत युट्युब च्यानलबाट बुधबार उक्त गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। आफैले सिर्जना गरेको गित बिष्ट र गायिका कृष्णा सिराडीको स्वरमा रहेको छ। https://youtu.be/QhIMlJtzK-c?si=Zo0S5cwd5FUBV91m

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशसभाकाे सार्वजनिक लेखा समितिले ऐन विपरीत  सत्ता पक्षका संसदीय दलका नेताहरूले प्रयाेग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन दिएको छ। बिहीबारकाे बैठकले प्रदेशसभा सचिवालयबाट प्रदेशसभाका  पदाधिकारी तथा सदस्यहरू सेवा सुविधा सम्बन्धि ऐन विपरीत प्रयाेग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन दिएकाे हाे। लेखा समितिका ज्येष्ठ सदस्य बिक्रम धामीले तीन दिनभित्र गाडी प्रदेशसभा सचिवालयलाई फिर्ता गर्न निर्देशन दिइएकाे बताए। प्रदेशसभाका पदाधिकारी तथा सदस्यकाे सेवा सुविधा सम्बन्धि ऐनमा भएकाे व्यवस्था विपरीत गाडी सुविधा लिएकाे भेटिएपछि फिर्ता गर्न निर्देशन दिइएकाे उनले बताए।

Read More

कञ्चनपुरः कञ्चनपुरमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका-७ स्थित नारद पाण्डेले सञ्चालन गरेको क्रसरमा भारतको साहारनपुर उत्तर प्रदेशका २५ वर्षीय फैजन भन्ने फरमान अन्सारीको बिहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। अन्सारीलाई क्रसरमा काम गर्ने क्रममा मेसिनबाट करेन्ट लागेर गम्भिर घाइते भएका थिए। घाइते अन्सारीको उपचारको क्रममा मन्त्र अस्पताल महेन्द्रनगरमा साँझ मृत्यु भएको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

Read More