कञ्चनपुरः सरकारी रकम हिनामिना मुद्दामा फरार रहेका कञ्चनपुरका कर्णबहादुर विष्ट पक्राउ परेका छन् । ५२ वर्षीय उनी बिहीवार आफ्नै घर ठेगाना भीमदत्त नगरपालिका-३ बाट पक्राउ परेका हुन् ।
जिल्ला अदालत कञ्चनपुरको २०७९ चैत्र २८ गतेको फैसलाले विष्टलाई २ वर्ष ६ महिना कैद र १५ लाख ९१ हजार ७४ रुपैयाँ जरिवाना तोकेको थियो । फरार रहेका उनलाई पक्राउ गरी जिल्ला कारागार कञ्चनपुर पठाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box