धनगढी: धनगढीमा डेङ्गु संक्रमणबाट एक किशोरीको मृत्यु भएको छ। हिजो (बिहीबार) धनगढीको एक अस्पतालमा उपचारका क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका-६ बस्ने लक्ष्मी सेरलाको मृत्यु भएको हो।
उनको डेङ्गुका कारण मृत्यु भएको बताइएको छ। केही दिनअघि उनलाई महाकाली अस्पताल महेन्द्रनगरमा डेङ्गुको संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई त्यहाँबाट रेफर गरिएको महाकाली अस्पताल स्रोतले जनाएको छ।
रेफरपछि उनलाई उपचारका लागि धनगढी ल्याइएकोमा उनको मृत्यु भएको हो। उनी भीमदत्त नगरपालिका-७ स्थित महाकाली जनसेवा मावि हल्दुखालमा कक्षा ७ मा अध्ययनरत थिइन्। उनको मृत्युमा आज विद्यालयले बिदा दिएको छ।
Facebook Comments Box