धनगढीः कञ्चनपुरमा विद्यालयका लेखापाललाई कुटपिटको आरोप लागेका ८ मध्ये ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार भीमदत्त नगरपालिका–१० जिमुवास्थित शिद्धनाथ माध्यामिक विद्यालयमा भएको घटनामा विद्यालयका लेखापाललाई कुटपिट गरिएको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश डाँगीका अनुसार किटानी परेकामध्ये ४ जना पक्राउ परेका छन्। किटानी जाहेरीमा नाम उल्लेख भएका स्थानीय नन्दी नाथ, आशिष टमाटा, करन ओखेडा र दीर्घराज पाण्डेयलाई पक्राउ गरिएको डिएसपी डाँगीले बताए। कुटपिटमा संलग्न करन मल्ल, मनिष विष्ट, मनोज तिरुवा र शुक्लाफाँटा नगरपालिकाका वासिन्दा दीपक भण्डारी फरार रहेको र उनीहरुको खोजी भइरहेको डिएसपी डाँगीको भनाई छ। आइतबार विद्यालयका लेखापाल विरेन्द्रप्रसाद जोशीले कक्षा १० मा अध्ययनरत १ छात्रामाथि…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: लगानी बोर्डको बैठकले ४ ओटा जलविद्युत परियोजनाको लागि लगानी स्वीकृत गरेको छ। आज बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको ५५औं बैठकले लगानी स्वीकृत गरेको हो। जसमा चारवटा जलविद्युत् परियोजनाहरू (रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजना) रहेका छन्। यी परियोजनाका लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरिएको छ। यस्तै लगानी बोर्डको कार्यालयमा सम्पन्न बैठकले तमोर जलाशययुक्त जलविद्युत परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय पनि गरेको छ। त्यस्तै, दाङ जिल्लाको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २०…
बैतडीः बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको संख्या घटेको छ भने राहदानी बनाउनेको संख्या बढेको पाइएको छ। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार नागरिकता बनाउनेको संख्या घटेको र राहदानी बनाउनेको संख्या बढ्दै गएको हो। आर्थिक वर्ष २०७८/७९ मा आठ हजार पाँच सय १४ जनाले नागरिकता बनाएका थिए। गत आर्थिक वर्ष २०७९/८० मा भने ६ हजार तीन सय ३८ जनाले नागरिकता बनाएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। यता राहदानी बनाउनेको संख्या भने ह्वात्तै बढेको छ। आव २०७८/७९ मा ६ सय २२ जनालाई राहदानी वितरण गरिएकोमा गत वर्ष २०७९/८० मा जिल्लामा दुई हजार ६ सय ८० जनालाई राहदानी वितरण गरिएको छ।
धनगढी: धनगढीमा एक युवक घरमै मृत अवस्थामा भेटिएका छन्। धनगढी उपमहानगरपालिका –७ बस्ने ३१ वर्षीय चन्द्रदेव भण्डारी (चन्दु) गएराति (बिहीबार) आफ्नै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता इन्सपेक्टर सन्तोष बस्यालका अनुसार उनी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। अहिले उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। प्रहरी स्रोतका अनुसार पहिले लम्की दिदीको घरमा बस्दै आएका लागुऔषध प्रयोगकर्ता समेत रहेका उनलाई ३ पटक सुधारकेन्द्रमा राखिएको थियो। त्यसपछि सुधारकेन्द्रबाट निस्किएका उनी धनगढी आएका थिए। त्यसको लगत्तै उनलाई चिकित्सकले डिप्रेसनको समेत समस्या देखाएको प्रहरीले बताएको छ। उनको त्यहीँ अवस्थाका कारण पत्नीसँगको पनि सम्बन्धमा खटपट आयो।…
कञ्चनपुर: कञ्चनपुरका एक पुरुष भारतमा बेपत्ता भएका छन्। कञ्चनपुरकाे वेदकाेट नगरपालिका-१० स्थायी घर भइ भारतमा सेक्युरिटी गार्डकाे काम गर्दै आएका ५० वर्षीय नवलसिह कठायत भदौ ४ गतेदेखि सम्पर्क विहिन भएका हुन्। बिहान ९ बजे काेठाबाट निस्केको कठायत नफर्किएपछि भारतमा उनीसँगै बस्दै आएका श्रीमती र छाेराले खाेजीका लागि स्थानीय प्रहरीमा निवेदन दिएका छन्। कठायतलाई नेपाल वा भारतमा कही कतै देखे, भेटेमा नजिककाे प्रहरी चाैकी वा ९८०६४९२३१६ र भारतमा ७९७५५३३२७११ नम्बरमा फाेन गरेर खबर गरिदिन अनुराेध गरिएको छ।
धनगढीः कैलालीको धनगढीका एक युवक आफ्नै घरभित्र मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर–७ का ३१ वर्षीय चन्द्रदेव भण्डारी (चन्दु) आफ्नै घरमा मृत फेला परेका हुन्। गएराति ११ बजेतिर उनको आफ्नै घरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनको मृत्युको कारण अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ। चन्दुको शव अहिले पोष्टमाटमका लागि सेती अस्पतालमा राखिएको छ।
कञ्चनपुर: कञ्चनपुरमा लागुऔषध सहित २ जना पक्राउ परेको छन्। पुर्नवास नगरपालिका ११ डोके बजार बस्ने २० वर्षीय सुमित चौधरी र सोही ठाउँका १९ वर्षीय जोगराज चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। बिहीवार सुदूरपश्चिम प्रदेश प्रहरीको टोली र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले दोदा पुल स्थित हुलाकी सडकखण्डमा शंकाका आधारमा चेकजाँच गर्दा ७७० मिलिग्राम लागुऔषध (खैरो हिरोइन) प्रहरीले फेला पारेको हो।
सप्तरी: सप्तरीको प्रहरी हिरासतमा रहेकी एक महिला यातना, यौन उत्पीडन र बलात्कारको सिकार भएकी छन्। कर्तव्य ज्यान मुद्दामा पक्राउ परेपछि हिरासतमै रहेका बेला प्रहरी अधिकृतबाट आफूमाथि बलात्कार र यातना दिइएको ती महिलाले बताएकी हुन्। पेट दुखेपछि उनलाई उपचारका लागि वैशाख १२ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो। जिल्ला प्रशासनबाट स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्याएकी उनले अस्पतालको रेकर्डमा प्रहरीले बलात्कार गरेको र कसैलाई भनेमा जेलमा २० वर्ष थुनाएर सडाउने धम्की दिएकाले कसैलाई भन्न नसकेको लेखाएकी छिन्। पीडित महिलाले अस्पतालमा दिएको बयानलाई गोप्य राखिएको छ। महिलाले अस्पतालमा दिएको बयानका आधारमा मुद्दा अगाडि नबढेपछि उनले जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार लिखित उजुरी…
कैलाली: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी विनोदप्रकाश सिंहले पाएका छन्। बुधबारको मन्त्रिपरिषदको बैठकले सिंहलाई सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरेको हो। हाल कृष्णहरि पुष्कर सामान्य प्रशासन मन्त्रालयका सचिव थिए। सामान्य प्रशासनमन्त्रीमा अनिता देवी नियुक्त भएलगत्तै मन्त्रालयको सचिव फेरिएका हुन्। डोटीको चुरे गाउँपालिका पुर्ख्यौली घर भएका सिंह यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सामाजिक विकास तथा प्रादेशिक समन्वय मामिला हेर्ने सचिव थिए।
एजेन्सी: अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प गिरफ्तारमा परेका छन्। डोनाल्ड ट्रम्पले बिहीबार फुल्टन काउन्टी जेलमा आफूलाई जर्जियाको २०२० चुनावी नतिजाहरू उल्टाउने प्रयासबाट उत्पन्न एक दर्जन भन्दा बढी आरोपमा आत्मसमर्पण गरेका हुन्। जर्जियामा ट्रम्पको आत्मसमर्पण यस वर्ष चौथो पटक हो। आत्मसमर्पणपछि फुल्टन काउन्टी शेरिफको कार्यालयले पूर्व राष्ट्रपति ट्रम्पको ऐतिहासिक एक मग शट जारी गरेको छ। मगशट भनेको पक्राउ परेको व्यक्तिको पुलिसले खिचेको फोटो हो।