Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: आज अगस्ट १२ तारिख । विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ । सरकारले बर्षेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने गरे पनि युवाका मुद्दा कार्यान्वयनमा भने जहिल्यै समस्या देखिने गरेको जानकारहरु बताउँछन् । युवा लक्षित गरी ल्याइएका विभिन्न कार्यक्रम कार्यान्वयन प्रभावकारी नहुँदा युवाका मुद्दा अपेक्षाकृतरुपमा सम्बोधन हुन नसकेको गुनासो छ । सरकारले युवा विकास तथा परिचालनका लागि २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालय गठन गरेको थियो । यस्तै पहिलो पटक युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चिततासँगै समृद्ध राष्ट्र निर्माण गर्ने…

Read More

धनगढीः कैलालीको तेघरीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–२ तेघरीको महराटोलबाट १२० मिलिग्राम लागुऔषधहित सोही ठाँउका २३ वर्षीय उत्तम महरा र १९ वर्षीय धुर्ब भट्ट शुक्रवार साँझ पक्राउ परेका हुन्। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको बताएको छ। 

Read More

धनगढी: कैलालीका एक युवक बझाङको सेती नदीमा बगेर बेपत्ता भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–९ प्रतापपुर घर भएका प्रकाश बम नदीमा बगेर बेपत्ता भएका हुन्। उनी बझाङको दुर्गाथली गाउँपालिका–२ मौरीबगरमा मजदुरीको काम गर्दै आएका थिए। ३० वर्षीय बम शुक्रवार साँझ दुर्गाथलीको मौरीबगर स्थित सेती नदीमा माछा मार्न जाँदा पौडी खेल्ने क्रममा सेती नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरी टोलीले उनको खोजतलासका साथै आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

Read More

धनगढी: बझाङको मष्टा गाउँपालिका भातेखोलाकी ८९ वर्षीया गिठीदेवी जोशीले हिजोमात्र नागरिकता पाएकी छन्। गिठीदेवीले शुक्रबार मात्रै नागरिकता पाएको बताइएको छ। उनी नागरिकताको आवश्यकताबारे जानकार नहुँदा नागरिकताविहीन थिइन्। त्यसैका कारण उनी सरकारले दिने सेवा सुविधाबाट वञ्चित हुनुपरेको थियो। बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले हिजो घरमै गएर नागरिकता दिएका थिए। त्यसपछि भने प्रशासनको कामप्रति स्थानीय खुसी भएका छन्।

Read More

धनगढी: मकवानपुरको भैँसेस्थित प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानको पहिरोमा परिएर ज्यान गएको छ। जाजरकोटको शिवालय गाउँपालिका-८ घर भएका कृतिबहादुर नेपाली पहिरोमा पुरिएका हुन्। त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-१ स्थित हेटौंडा–भैँसे सडक खण्डको बुलबुलेमा माथिबाट पहिरो खस्दा घाइते भएका नेपालीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अर्का घाइते प्रहरी जवानको हेटौंडा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ। भैंसेबाट हेटौंडा बजारतर्फ मोटरसाइकलमा जादै गर्दा प्रहरी जवान नेपाली र सुनिल मेचे हिजो मध्यराति पहिरोमा परेका थिए।

Read More

टीकापुर: गत सोमबारदेखि परेको अविरल वर्षापछि आएको बाढीले भजनी नगरपालिका-८ का किसान रमेश चौधरीको दुई बिघा जमिन कटानमा परेको छ। बाढीले गाँज हाल्दै गरेको धानबाली बाढीले नष्ट गरिदिएको भन्दै उनले चिन्ता व्यक्त गरे। ‘बाढीले घरमा भएका अन्नपात पनि भिजायो, खेतको धानबाली पनि नष्ट ग¥यो’, उनले भने। बाढीले उनको मात्रै होइन भजनी वडा नं ३ र ८ का अधिकांश किसानको धानबाली नोक्सान गरेको छ। भजनी नगरपालिकाले पालिकामा छ हजार हेक्टरमा लगाएको धानबाली नष्ट भएको जानकारी दिएको छ। जसमध्ये वडा नं ३ र ८ मा सबैभन्दा धेरै धानबाली नोक्सानी भएको भजनी नगरपालिकाका कृषि शाखा प्रमुख सुशोभन अधिकारीले बताए। ‘नगरको वडा नं ३, ५,…

Read More

बारा : बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। बाराको जितपुरसिमरा उपमाहनगरपालिका-१६, टांगिया वस्तीमा घरायासी विवाद हुँदा छोराले बाबुको हत्या गरेको आरोप सम्बन्धमा छानबिन गर्न प्रहरीले ६० वर्षीय छोरालाई पक्राउ गरेको हो।  शुक्रबार दिउँसो करिब १२ः४५ बजेतिर छोराले रिसको आबेगमा ९० वर्षीय माइत सिंह घलानको हत्या भएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख तथा प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए। घटना लगत्तै स्थानीय बासिन्दाले खबर गरेपछि घटनाको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी टोलीले अनुसन्धान थालेको छ। घटनामा संलग्न ६० वर्षीय छोरा दिलबहादुर घलानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ।

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । विशुद्ध पारिवारिक भ्रमणका लागि भन्दै गृहजिल्ला चितवन गएका प्रधानमन्त्री ‘प्रचण्ड’ भरतपुर महानगरपालिका वडा नम्बर १४ मा रहेको आफ्नै निवासमा बसेका छन् । श्रीमती सीता दाहालको निधन भएपछि उनी पहिलो पटक चितवन गएर आफ्नै निवासमा बास बसेका हुन् । प्रधानमन्त्री प्रचण्ड भरतपुर महानगरपालिकाको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवस २०२३ को अवसर आयोजित एक कार्यक्रमलाई समापन गर्न सहभागी हुने कार्यक्रम तय भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २२ पटिहानीमा रहेको कभर्ड हलमा बिहान ७ बजे हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने भएका छन् ।

Read More

धनगढीः कैलालीको घोडाघोडी नगरपालिका सुख्खडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसका विद्यार्थीको आन्दोलन स्थगित भएको छ। स्नातक दोस्रो वर्षको परीक्षाकेन्द्र लम्की बहुमुखी क्याम्पस र खप्तड बहुमुखी क्यामपसमा तोकिएपछि विद्यार्थीहरुले सुरु गरेको आन्दोलन स्थगित भएको हो। घोडाघोडी बहुमुखी क्याम्पसका स्ववियू सचिव हुकुम आचार्यले तत्काल केन्द्र सार्ने सम्भावना नदेखिएकाले आफूहरुले आन्दोलन फिर्ता लिएको बताए। त्रिभूवन विश्वविद्यालय अन्तरगतको स्नातक दोस्रो वर्षको परीक्षा साउन २८ गतेदेखि सुरु हुँदैछ। यसअघिका बर्षहरुमा घोडाघोडी बहुमुखी क्याम्पसमै परीक्षा संचालन हुँदै आएकोमा यस बर्ष लम्की बहुमुखी क्याम्पस र खप्तड बहुमुखी क्यामपसमा परीक्षा केन्द्र तोकिएपछि विद्यार्थी आन्दोलित भएका थिए।

Read More

काठमाडौँ : बुद्ध एयरले फ्रान्स टुलोसबाट नयाँ जहाज खरिद गरेको छ । जहाजको कल साइन नाइन एन-एएनडब्लू रहेको उक्ता नयाँ जहाज शुक्रबार नेपाल ल्याइएको छ ।

Read More