Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीको सिगास गाउँपालिकामा घाँस काट्ने क्रममा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ ‌। सिगास गाउँपालिका वडा नं. ३ बिरा बस्ने गौमती देवि धामीको घाँस काट्ने क्रममा भिरबाट लडेर निधन भएको हो । आज सोमबार घाँस काट्ने क्रममा भिरबाट लडेर उहाँको मृत्यु भएको जनाइएको छ ।

Read More

काठमाडौं : कक्षा १२ को नतिजा प्रकाशित भएको छ । मंगलबार राष्ट्रिय परीक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर बाट २०८० सालमा सञ्चालित कक्षा १२ को परिक्षाको नतिजा सार्वजनिक भएको हो । परिक्षार्थीले अब आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइड www.neb.gov.np र www.neb.ntc.net.np नेपाल टेलिकमको वेबसाइडमा गएर नतिजा हेर्न सक्नेछन् । देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । परीक्षा गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५…

Read More

काठमाडौँ: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच छलफल सुरु भएको छ । अध्यक्ष ओली र रावलबीच एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको हो ।  पार्टीको दशौँ महाधिवेशनपछि असन्तुष्ट रहेका रावल लामो समयदेखि पार्टी कार्यालय गएका थिएनन् । यसअघि, उनलाई पार्टीमा जिम्मेवारी दिन कार्यदल समेत गठन भएको थियो । उनलाई पार्टीको जिम्मेवारी दिन अध्यक्ष ओलीले छलफल गर्ने गरी पहिलो चरणको वार्ता भएको थियो ।

Read More

कञ्चनपुर: एमाले जिल्ला पार्टी कार्यालय कञ्चनपुरमा तालाबन्दी गरिएको छ । पार्टी जिल्ला सदस्य तथा भीनपा–१८ का वडाध्यक्ष रवीन्द्रप्रसाद देवकोटामाथि मरणासन्न हुने गरी कुटपिट हुँदा पनि कुनै कारबाही नभएको भन्दै स्थानीय एमाले कार्यकर्ताले पार्टी कार्यालयको मूलगेटमा तालाबन्दी गरेका हुन् । यसैबीच घटनामा संलग्न रहेका भन्दै पार्टीको जिल्ला कमिटि सचिवालय बैठकले ७ जना सदस्यलाई निष्कासन गरेको छ भने पार्टीको केन्द्रीय सचिवालयले छानबिन समिति समेत गठन गरेको छ । गत शनिबार एमालेनिकट राष्ट्रिय युवा संघ कञ्चनपुरको १०औँ जिल्ला अधिवेशनमा पार्टी जिल्ला सदस्य तथा भीनपा–१८ का वडाध्यक्षसमेत रहेका देवकोटामाथि कुटपिट भएको थियो । देवकोटाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर, मायामेट्रो अस्पताल धनगढीमा उपचार हुन नसकेपछि…

Read More

कञ्चनपुर: नेकपा एमाले कञ्चनपुरले ७ जना सदस्यलाई पार्टीबाट निष्कासन गरेको छ । हिजो बसेको जिल्ला कमिटि सचिवालय बैठकले जिल्ला कमिटि सदस्य रविन्द्र देवकोटामाथि भएको सांघातिक हमलामा संलग्न रहेका भन्दै ७ जनालाई पार्टीबाट निष्कासन गरेको हो । जिल्ला कमिटि सदस्य कमल रोकाया, रमेश भट्ट, राधाकृष्ण जोशी, केशव चन्द, प्रविन बोगटी, रोहित कुँवर र नवीन बोगटीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरिएको प्रेस वक्तव्यमार्फत जनाइएको छ ।

Read More

काठमाडौँ: नेपालका विभिन्न स्थानमा आँखा पाक्ने रोगको प्रकोप फैलिँदै गएपछि नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका यात्रुसँग आँखा जाँचको प्रमाणपत्र अनिवार्य गरेको छ । निगमले सूचना प्रकाशित गर्दै हवाई उडानपूर्व आँखा पाक्ने रोगको लक्षण देखापरेमा यात्रुहरुलाई आँखा जाँचको प्रमाणपत्र अनिवार्य पेश गर्न अनुरोध गरेको हो । निगमले विगत केही हप्तादेखि मुलुकका विभिन्न भागमा ‘आँखा रातो हुने’ रोग तीव्रतम रुपमा फैलिरहेको उल्लेख गर्दै यात्रुहरुको स्वास्थ्यको निम्ति यस्तो व्यवस्था गरिएको जनाएको छ ।

Read More

धनगढी: गौरा पर्व भदौ ७ गते मनाइने भएको छ । पर्व मनाउन नेपाल सरकारले भदौ ७ गते सुदूरपश्चिम प्रदेशमा एक दिन र प्रदेश सरकारले भदौ ७ र ८ गते गरेर दुई दिन बिदा दिएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृति प्राप्त सम्पूर्ण नेपालभरका पचाञ्ङ्गहरुमा २०८० साल भदौ ७ गते गौरा पर्व मनाउन उत्तम रहेको निष्कर्ष निकालेका थिए । सो निष्कर्ष गत पुस २५ मै स्वीकृति भएको थियो । यसैबीच शुभ पञ्चाङ्ग परिवारका पञ्चाङ्गकार ज्यो दामोदर अँठोला जोशीले एक प्रेस विज्ञप्ति जारी गरेर भदौ ७ गते भव्यरुपमा गौरा पर्व मनाउन…

Read More

कञ्चनपुर: लालझाडी गाउँपालिका–३ मा दोदा नदीले धार परिवर्तन गरी जग्गा कटान तीव्र बनाएको छ । नदी बस्तीतर्फ सोझिन थालेपछि स्थानीय बासिन्दा निकै चिन्तित भएका छन् । दैनिक नदीको पानीले तीन बिघाभन्दा बढी जग्गा कटान गरी बगरमा परिणत गरिरहेको त्यहाँका वडाध्यक्ष टीकाराम चौधरीले बताए । “विसं २०६५ अघि बग्दै आएको ठाउँमा नदी बग्न थालेको छ”, उनले भने, “नदीमा पानीको बहाव उच्च हुँदा जग्गा कटान तीव्र बनाएको छ ।” उनका अनुसार हालसम्म सार्वजनिक र निजी गरी ३० बिघा जग्गा नदीले कटान गरेर बगाएको छ । नदी रोकथामका लागि स्थानीय बासिन्दाले विगतमा दातृ निकायको सहकार्यमा जैविक तटबन्ध निर्माण गरी घाँस रोपेका थिए ।…

Read More

धनगढी: ट्राफिक प्रहरी कार्यालय कैलालीको नयाँ प्रमुखमा प्रहरी निरीक्षक दिपक मल्ल आउने भएका छन्। आज (मंगलबार) नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षकहरूको सरुवा गरिएको थियो। प्रहरी महानिरीक्षक बसन्त कुँवरले इन्स्पेक्टर सरुवाको निर्णय गरेका थिए। सोही क्रममा ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुखको रुपमा काजमा खटिएका प्रहरी निरीक्षक बिरेन्द्र जोहारीको इलाका प्रहरी कार्यालय कमलबजार, अछाम सरुवा भएपछि मल्ललाई कैलाली पठाइएको हो। मल्ल यसअघि जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत थिए। अब उनले कैलाली ट्राफिकको कमाण्ड सम्हाल्ने छन्। जोहारी भने कैलाली बस्दा मातहतका कर्मचारीले नाका लगायतका ठाउँमा रकम असुली गर्ने विषय लगायतमा विवादित बनेका थिए।

Read More

काठमाडौँ: गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा हिजो सोमबारबाट केही कम भएको छ । शनिबार र आइतबारको तुलनामा अबको एक–दुई दिन वर्षा कम हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । महाशाखका मौसमविद् रोजन लामिछानेका अनुसार अबको दुई/तीन दिन वर्षा धेरै हुने देखिँदै । ‘मनसुन अबको दुई तीन दिन सक्रिय हुने देखिँदैन । यसको अर्थ वर्षा नै नहुने भन्ने होइन तर, निरन्तर र भारी वर्षाको सम्भावना छैन । शनिबार र आइतबार बढी वर्षा भयो, अब यो क्रमशः कम हुँदै जानेछ,’ उनले भने । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर छ । अबको…

Read More