Author: महेन्द्रनगर पोष्ट

कैलाली: कैलालीको लम्कीचुहा नगरपालिकाले अतिक्रमित संरचना हटाउन सुरु गरेको छ । नगरपालिकाले अतिक्रमित खोला तथा नाली खाली गराउने कार्य सुरु गरेको हो । नगरपालिकाले लम्कीचुहा-१ लम्की बजारको पायनियर्स विद्यालय नजिकको नालाबाट अतिक्रमित भएको ठाउँको रेखांकन कार्य सुरु गरेको थियो । आजदेखि रेखांकन गरिएका ठाउँमा डोजर चलाइएको छ । आज विद्यालयको उत्तरपट्टी गेट नजिकैबाट डोजर लगाएर संरचनाहरु हटाउने कार्य थालिएको छ । पटपटक आफूहरुले सूचना जारी गरेको भन्दै नगरप्रमुख सुशिला शाहीले अब खोलानाला तथा सडक अतिक्रमण गरी बनाइएका संरचना भत्काउन नरोकिने बताइन् ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा पछिल्लो एक वर्षमा सर्पदंशका करिब तीन सय बिरामीको सफल उपचार गरिएको छ । नेपाली सेनाको अर्जुनी ब्यारेकस्थित सर्पदंश उपचार केन्द्र तथा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा समेत सर्पदंशका दुई सय ९४ बिरामीको उपचार गरिएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको रुद्रध्वज गण मातहत रहेको अर्जुनीस्थित सर्पदंश उपचार केन्द्रमा गत आर्थिक वर्षमा दुई सय ५१ जना बिरामीको उपचार गरिएको सेनाले जनाएको छ । रुद्रध्वज गणका सेनानी दीपेन्द्र मल्लले साधारण तथा विषालु सर्प, बिच्छी र अन्य किराको टोकाइबाट बिरामी परेकाको उपचार गरिँदै आएको जानकारी दिए । उनका अनुसार गत आवमा ८६ पुरुष र एक सय ६५ जना महिलाको सर्पदंश…

Read More

धनुषा: धार्मिक स्थलमा अश्लील टिकटक भिडियो बनाउने कार्यमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील हर्कत देखाई टिकटक बनाउने कार्यमा संलग्न धनुषा औरही गाउँपालिका-६ पोखरभिण्डाका १८ वर्षका अनिरूद्र यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । टिकटकमा देखिएकी महिला र भिडियो खिच्ने व्यक्तिहरू समेतको खोजी भइरहेको प्रहरीले जनाएको छ । सार्वजनिक भिडियोमा युवकले युवतीको संवेदनशील अंग समातेको देखिन्छ ।

Read More

बैतडी: बैतडीको मेलौली नगरपालिका-२ सेलीका ३८ वर्षीय हेमराज भट्ट विगत १ महिनादेखि बेपत्ता छन् । उनी एक महिनाबढी समयदेखि सम्पर्कविहीन रहेका आफन्त डम्बरदत्त भट्टले बताए । डडेल्धुराको एक डेरीमा काम गर्ने उनी जेठको अन्तिम साता भारततिर जान्छु भनेर निस्केका थिए । सुस्त मनस्थितिका उनी घरबाट निस्केपछि भारतको बनबासामा एकजनाले देखेको तर त्यसपछि अहिलेसम्म कुनै पत्तो नलागेको उनका आफन्तले बताएका छन् । उनलाई कसैले देखे नजिकको प्रहरी वा ९८४१६९३८८०, ९७६५९१०२६४ र भारतका लागि ९१७६०७४१५९७९ नम्बरमा सम्पर्क गरी खबर गरिदिन आग्रह गरिएको छ ।

Read More

सप्तरी: सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ मंसापुरमा आज एक युवकको शव भेटिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वाका २२ वर्षीय तीर्थनारायण मण्डलको शव भेटिएको हो । यस्तै, हनुमानगर कंकालिनी–१० कै अजय मण्डल गम्भीर घाइते अवस्थामा भेटिएका छन् । उनलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको छ । प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरी टोली घटनास्थलमा पुगेको छ । रासस

Read More

कालीकोट: पलाता गाउँपालिका–२ सैनमा बिहीवार बेलुका मिनीट्रक दुर्घटना हुँदा घाइते भएकामध्ये पाँच जनालाई कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई आज हेलिकोप्टरमार्फत सुर्खेत लगिएको हो । यस्तै समान्य घाइते भएका तीन जनालाई गाडीमार्फत सुर्खेत लगिएको छ । पलाता–९ थिर्पूबाट धौलागोहको राडुनेटातर्फ बालुवा लिएर जाँदै गरेको कर्णाली प्रदेश ००१ क ०१६२ नम्बरको मिनीट्रक सैनको उकालोको मोडमा दुर्घटना भएको थियो । जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालका अनुसार दुर्घटनामा घाइते हुनेमा धेरैजसो महिला र बालबालिका रहेका छन् ।

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उद्देश्यका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको बताएका छन् । इटाली भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले राजीनामा दिने भए देऊ, नभए सदन चल्दैन भनेर विपक्षीले गरेको अवरोध राम्रो नभएको बताए । उजले उपप्रधानमन्त्री, मन्त्रीहरूसँग छलफल गरेर यस विषयमा प्रष्ट पार्ने बताए । स्पष्टीकरणको मौका नै नदिई एकोहोरो राजीनामा मात्रै माग्ने संस्कार राम्रो नभएको प्रधानमन्त्रीको भनाइ छ । यस्तै देशव्यापीरूपमा महामारीका रूपमा फैलिएको ुलम्पी स्किनु रोग नियन्त्रणका लागि सरकारको तर्फबाट आवश्यक मेहनत गरिएको उनले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठक, अन्य सरोकारवाला निकायसँगको…

Read More

भजनी: कैलालीको टीकापुरमा कानुनतर्फ ‘बिएएलएलबी तह’को अध्यापन सुरु भएको छ । सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसले कानुनको अध्यापन गराउन तीन वर्षमै अध्ययनरत विद्यार्थीलाई अन्य क्याम्पसमा पठाउनुपर्यो । कारण हो, जनशक्ति नपाउँदा । क्याम्पसले ‘एलएलएम’ तह उत्तीर्ण शिक्षकका लागि पटक–पटक सूचना जारी गर्दा पनि दर्खास्त नपरेपछि कानुन विषयलाई नै रोक्नुपर्यो । अध्ययनका लागि आएका विद्यार्थीलाई कैलाली बहुमुखी क्याम्पस धनगढी र सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर पठाउनुपर्यो । “एलएलएम पास गरेको व्यक्ति टीकापुर आएर बस्न चाहँदैनन् । हामीले धेरै मेहनत गर्दा पनि जनशक्ति पूरा गर्न नसकेकै कारण विद्यार्थी अन्य क्याम्पसमा सार्नुपरेको थियो”, क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख केशरबहादुर कुँवरले भने, “सकभर जनशक्ति नै…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमण सम्पन्न गरी आज शुक्रवार स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रिगण, उच्च सरकारी अधिकारीलगायतले स्वागत गरे । संयुक्त राष्ट्र सङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड यही साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए । भ्रमणका क्रममा उनले ‘फुड सिस्टम समिट’ लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशको…

Read More

बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिका-१ मा महिलाहरुलाई सिलाई कटाई तालिम दिइएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउन वडाको बजेटबाट सिलाई कटाई तालिम दिइएको वडा अध्यक्ष दिवान सार्कीले बताए । ९ गतदेखि सञ्चालन भएको तालिममा ३० जना महिला सहभागी रहेका बताइएको छ । तालिम एक सय २० दिनसम्म सञ्चालन हुनेछ । तालिमपछि महिलाहरुले व्यवसायिक रुपमा काम गर्न चाहे वडाले सहयोग गर्ने वडाध्यक्ष सार्कीको भनाइ छ ।

Read More