धनुषा: धार्मिक स्थलमा अश्लील टिकटक भिडियो बनाउने कार्यमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील हर्कत देखाई टिकटक बनाउने कार्यमा संलग्न धनुषा औरही गाउँपालिका-६ पोखरभिण्डाका १८ वर्षका अनिरूद्र यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।
सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । टिकटकमा देखिएकी महिला र भिडियो खिच्ने व्यक्तिहरू समेतको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सार्वजनिक भिडियोमा युवकले युवतीको संवेदनशील अंग समातेको देखिन्छ ।
Facebook Comments Box