Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- क्रिस्टियानो रोनाल्डोले गोलमा अर्को कीर्तिमान बनाएका छन्।इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेडका तर्फबाट उनले टोटनहमविरुद्ध २ का विरुद्ध ३ गोल गरेका हुन्। योसँगै फिफाको अभिलेखअनुसार क्लब तथा देशका लागि रोनाल्डाको गोल संख्या ८ सय ७ पुगेको छ। यो अन्तर्राष्ट्रिय फुटबलमा पुरुष खेलाडीका लागि सबैभन्दा बढी गोल हो। यो जितपछि म्यानचेस्टरको २९ खेलबाट ५० अंक भएको छ। जितसँगै म्यानचेस्टरले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सपना पुनःजीवित भएको छ। लिगका आठ खेलमा पाँचौंपटक हारेको टोटनहमको भने आफ्नै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना कमजोर बनेको छ। २७ खेलबाट ४५ अंक जोड्दै टोटनहम सातौं स्थानमा छ।एजेन्सी

Read More

काठमाडौं-नेपाली काँग्रेसले स्थानीय तहको चुनाव लक्षित एक महिने अभियान आजदेखि शुरु हुँदैछ।काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतका अनुसार यो अभियान फागुन २९ गतेदेखि चैत २९ गतेसम्म चल्नेछ। ‘यो अभियान लिएर हरेक घरमा काँग्रेसको नेतृत्व पुग्नेछ। समग्र विषयको विषयमा जनतालाई जानकारी गराउने छ’, प्रवक्ता महतले भने, ‘प्राप्त उपलब्धि सशक्त ढंगले काँग्रेसले जनता समक्ष राख्नेछ।’अभियानका लागि देशका ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाइएको प्रवक्ता महतको भनाइ छ। ‘फागुन २९ गतेदेखि एक महिनासम्म चुनावी अभियान सञ्चालन हुन्छ। त्यसपछि केन्द्रीय प्रतिनिधि र पार्टी पंक्तिलाई ७७ जिल्लामा पुगेर कामको जिम्मेवारी दिइने छ’, प्रवक्ता महतले भने, ‘सातै प्रदेशलाई महत्वपूर्ण भूमिका दिएको छ। सातै प्रदेशमा अधिवेशनबाट कमिटी बनेको छ।…

Read More

काठमाडौं-युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसविरुद्धको लडाइँमा अहिलेसम्म १३ सय युक्रेनी सेनाको मृत्यु भएको बताएका छन्। जेलेन्स्कीले पत्रकार सम्मेलन गर्दै १७ दिनको लडाइँमा १३ सय युक्रेनी सैनिकले ज्यान गुमाएको जानकारी दिएका हुन्। युक्रेनले पहिलोपटक आफ्नो तर्फबाट ज्यान गुमाएका सैनिकको आधिकारिक जानकारी दिएको हो। यसअघि युक्रेनले अहिलेसम्म १२ हजारभन्दा बढी रूसी सेनाको ज्यान गएको दाबी गरेको थियो। राष्ट्रपति जेलेन्स्कीले गत शुक्रबार मात्र करिब ५००–६०० रूसी सेनाले युक्रेनी सेनासमक्ष आत्मसमर्पण गरेको दाबी गरेका थिए। यद्यपि‚ राष्ट्रपति जेलेन्स्कीको दाबी पुष्टि गर्न नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रूसी सेनाको ठूलो संख्या युक्रेनको राजधानी किभबाट २५ किलोमिटर मात्रै टाढा छ। यसैबीच, फ्रान्सका राष्ट्रपति इमानुएलम्याक्रोन र जर्मन…

Read More

काठमाडौं -नेपाल तामाङ घेदुङको नवौं महाधिवेशन आजदेखि काठमडौंमा सुरू हुँदैछ। ‘तामाङ भाषा, संस्कृतिको प्रवर्द्धनसहित ताम्सालिङ प्राप्तिका लागि हाम्रो आन्दोलन, दीर्घकालीन संर्घषको योजनासहित जुझारू नेतृत्व चयनका लागि नवौं महाधिवेशन’ भन्ने नारासहित सुरू हुने महाधिवेशनको उद्घाटन धुम्बाराहिस्थित एक पार्टी प्यालेसमा आइतवार दिउँसो १ बजे हुने अध्यक्ष मोहन गोलेले जानकारी दिए। कोरोना महामारीका कारण पटकपटक स्थगित हुँदै आएको महाधिवेशन आजदेखि सुरू हुन लागेको हो। चैत १ गतेसम्म चल्ने महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनमा स्थानीय तह, प्रदेश, जिल्ला समन्वय समिति र प्रवास समितिका गरी करिब ८०० जना प्रतिनिधि सहभागी हुनेछन्।

Read More

काठमाडौं-प्रतिनिधिसभाको बैठक बस्दै छ।  दशौँ अधिवेशनको ११औँ बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्न लागेको संसद सचिवालयले जनाएको छ।  सचिवालयले बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन, २०७८ पेस गर्ने सम्भावित कार्यसूची छ। यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम) र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक भई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने…

Read More

पोखरा -प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत निर्वाचित भएका छन्।पोखरामा भएको नवौं राष्ट्रिय महाधिवेशनबाट बस्नेतको अध्यक्षमा १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको हो। बस्नेत सात वर्षअघि भएको महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए। १७ सदस्यीय पदाधिकारीमा उपाध्यक्षमा राजेश राई, गणेश पाण्डे, सविन प्रियासन र देविका घर्तीमगर महासचिवमा हिरामान लामा, उपमहाचिवमा सुरोजंग पाण्डे र राजु सुवेदी, कोषाध्यक्षमा ईन्द्र आचार्य तथा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोक्सरी कुँवर र हरिबल्लभ नेपाल निर्वाचित भएका छन्।

Read More

काठमाडौं-आइतवार देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ र गण्डकी प्रदेश का पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको पूर्वी हिमाली भूभागको एक वा दुई स्थान हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाको भनाइ छ। त्यस्तै, राती देशको गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। महाशाखाका अनुसार देशमा अहिले पश्चिमी न्यून चापीय वायुको सामान्य प्रभाव रहेको छ ।

Read More

राम धामी,डडेल्धुरा-नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली काँग्रेसभित्रको विवाद बढ्दै गएको छ। स्थानीय निर्वाचनको पुर्व सन्ध्यामा पार्टी एकतावद्ध हुनेगरि नेतृत्वले पहल गर्न नसकेको भन्दै जिल्लास्तरीय नेता कार्यकर्ताहरुले चुनावी अभियान बहिष्कार गर्ने चेतावनी दिएका छन। १४ औं राष्ट्रिय महाधिवेशन अघि सम्पन्न सातौं जिल्ला अधिवेशनका क्रममा दुई खेमामा बाँडिएका नेता कार्यकर्ताहरुले पार्टीलाई एकतावद्ध बनाउन दबाब दिँदै आएका छन। सातौं जिल्ला अधिवेशनका क्रममा क्रियासिल सदस्यतामा केन्द्रबाट हेरफेर गरिएको र चार सय ६० जना क्रियासिल सदस्यहरुको सदस्यता विना कारण नविकरण नगरिएको भन्दै तत्कालिन जिल्ला कार्यसमितिले क्रियासिल सदस्यता विवाद नटुंगिएसम्म जिल्ला अधिवेशनमा सहभागी नहुने अडान राखेर जिल्ला अधिवेशन बहिष्कार गरेको थियो।…

Read More

ललित सामन्त, दार्चुला -झण्डै दुई दशकअघिसम्म दार्चुलाका गाउँमा हुलाकी पसेपछि सर्वसाधारणमा खुसीको सीमा नै हुँदैनथ्यो। गाउँका चोक, चौतारामा बसेर हुलाकीले झोला खोल्दा कसको चिठी आयो भन्ने खुल्दुलीले मानिसहरू झुम्मिन्थे। यो पछिल्ला पुस्ताका लागि भने एकादेशको कथा जस्तै बनेको छ। टाढाको नयाँ खबर, सन्देश लिएर आउने हुलाकी तत्कालीन समयको आशाको केन्द्र थिए। समुद्रपारि पुगेको छोरो होस् या घरदेखि टाढा गएका आफन्त। सबैको खबर उनै हुलाकी दाइले झोलामा बोकेर ल्याउँथे।कहिले हुलाकी आउलान् र, समुद्रपारि रहेको छोराको खबर पाइएला भन्ने बाटो हेर्दै बसेको क्षण अहिले ताजै रहेको मालिकार्जुकी लक्ष्मी धामी बताउछन। उनी भन्छन, ‘गाउँमा हुलाकी दाइ टाढैबाट आएको देख्दा पनि मन फुरुङ्ग हुन्थ्यो,…

Read More

काठमाडौं-प्रकाश सपुतको नयाँ गीत पीर रिलिज भएको २४ घण्टा पनि नबित्दै विवादमा तानिएको छ । जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित भएर बनाइएका १६ मिनेट २५ सेकेण्ड लामो गीत यतिबेला युट्युबको ट्रेन्डिङमा रहेको छ। तर, गीत सार्वजनिक भएपछि माओवादी वृत्तबाट यसको चर्को आलोचना भइरहेको छ। नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुतलाई गीत हटाउन चेतावनी नै दिएकी छिन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन् : महान् जनयुद्धको कारण केही थान मन्त्रीहरू ,माननीयहरू र टाठा बाठाहरूको जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रूपमा छ । सहिद परिवार बेपत्ता परिवार ,पूर्व जनमुक्ति सेना नेपाल,…

Read More