काठमाडौं-नेपाली काँग्रेसले स्थानीय तहको चुनाव लक्षित एक महिने अभियान आजदेखि शुरु हुँदैछ।काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतका अनुसार यो अभियान फागुन २९ गतेदेखि चैत २९ गतेसम्म चल्नेछ। ‘यो अभियान लिएर हरेक घरमा काँग्रेसको नेतृत्व पुग्नेछ।
समग्र विषयको विषयमा जनतालाई जानकारी गराउने छ’, प्रवक्ता महतले भने, ‘प्राप्त उपलब्धि सशक्त ढंगले काँग्रेसले जनता समक्ष राख्नेछ।’अभियानका लागि देशका ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाइएको प्रवक्ता महतको भनाइ छ। ‘फागुन २९ गतेदेखि एक महिनासम्म चुनावी अभियान सञ्चालन हुन्छ।
त्यसपछि केन्द्रीय प्रतिनिधि र पार्टी पंक्तिलाई ७७ जिल्लामा पुगेर कामको जिम्मेवारी दिइने छ’, प्रवक्ता महतले भने, ‘सातै प्रदेशलाई महत्वपूर्ण भूमिका दिएको छ। सातै प्रदेशमा अधिवेशनबाट कमिटी बनेको छ। उनीहरुबाट पार्टी पंक्तिको परिचालन गर्ने काम हुन्छ।’
प्रवक्ता महतले यो अभियानको प्रमुख बागडोर सम्हाल्ने जिम्मेवारी स्थानीय तहलाई भएको उल्लेख गरे। ‘गाउँपालिका, नगरपालिका, वडा र टोल समिति जनतासँग जोडिएका हुन्छन्’, प्रवक्ता महतले भने, ‘सबैभन्दा महत्वपूर्ण जिम्मेवारी उहाँहरुको हो। घरघर जाऔँ, काँग्रेस जिताऔँ अभियानको प्रमुख बागडोर उनीहरुको हुनेछ।’

डा महतका अनुसार केन्द्रीय प्रतिनिधिले केन्द्रका निर्णय कार्यान्वयन प्रभावकारी बनाउने र अभियानलाई व्यवस्थित बनाउन भूमिका निर्वाह गर्नेछन्। केन्द्रीय कार्यक्रम प्रभावित नहुने गरी प्रदेश र स्थानीय समितिले काम गर्ने उनको भनाइ छ।
‘केन्द्रका कार्यक्रम प्रभावित नहुने गरी प्रदेश कमिटीले काम गर्नेछन्’, उनले थपे,‘जिल्ला कार्यसमितिले जिल्ला तहमा प्रतिनिधि चयन, वडासम्मको समन्वय नर्गुपर्नेछ।’