Author: महेन्द्रनगर पोष्ट

वेल्स: बेलायतकी एक नर्सले अस्पतालको पार्किङमा आफूसँग यौन सम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु भएको घटना सार्वजनिक भएको छ ।  ती बिरामीसँगको सम्बन्ध राख्दै आएको र यौन सम्बन्ध गर्दागर्दै  बिरामीको मृत्यु भएको पत्ता लागेपछि अस्पतालले उनलाई जागिरबाट निकालेको छ। नर्सले बिरामीको यौन सम्पर्कका बेला मृत्युपछि पनि एम्बुलेन्स नबोलाएको आरोप लागेको थियो। जब मेडिकल आपत्कालीन कर्मचारीहरू पार्किङ स्थलमा पुगेका थिए, उनीहरुले बिरामीलाई आंशिक रूपमा नग्न र निष्क्रिय रूपमा भेटेका थिए।  ती बिरामीको वेल्सको अस्पतालमा डायलिसिसको उपचार भइरहेको थियो। यौन सम्पर्क गर्दा गर्दै हृदयाघातका कारण उनको मृत्यु भएको थियो।  उनले कारको पछाडि ३० देखि ४५ मिनेट मात्र बिताएकी थिइन। उनले काउन्सिलमा दिएको बयान…

Read More

धनगढी: डोटीका एक जना भारतमा बेपत्ता भएका छन्। पूर्वीचौकी गाउँपालिका–४ बस्ने ३९ वर्षीय नरबहादुर खड्का भारतको मुम्बई जाने बेला राजीस्थानबाट बेपत्ता भएको पारीवारिक स्रोतले जनाएको छ। रेलको यात्रामार्फत मुम्बई गइरहेका खड्का रेलबाटै बेपत्ता भएपछि परिवारले खोजी कार्यमा सहयोग गरिदिन सबैलाई आग्रह गरेको छ। खड्कालाई कतै देखे भेटेमा मुम्बईमा रहेका आफन्त पुरन खड्कालाई ९९३०५१५८३९ नम्बर वा नेपालमा ९८४८६५५४०१, ९८६५८६६६३१, गुरातमा ९६२४१११६७६ र ९७१२३८१८४९ मा खबर गरिदिन अनुरोध गरिएको छ।

Read More

कैलाली: कैलालीका महिला मोबाइल चलाएर सीप सिक्न थालेका छन् । महिलाले मोबाइलको सहायताले टिकटक तथा युट्युब हेरेर सीप सिकेर व्यवसायी बनेका छन् । टीकापुरकी पुष्पा पाण्डेले टिकटक र युट्युबको सहायताले सीप सिकेर टीकापुरमै व्यवसाय सुरु गरेकी छन् । पेसाले स्वास्थ्यकर्मी पुष्पाले टीकापुरमा चुरा, पोते र विवाहका लागि आवश्यक सामान उत्पादन थालेकी छिन् । ‘मैले टिकटकबाट धेरै सीप सिकेँ, नजानेको कुरा युट्युबको सहायता पनि लिन्छु’, उनले भनिन्, ‘मैले विवाहको बरमाला, विवाहका लागि चाहिने दुलाहा, दुलहीका सबै सामान तयार गर्न थालेकी छु । मैले सबै सीप सामाजिक सञ्जालको सहयोगमा सिकेकी हुँ, अहिले पनि नयाँ डिजाइन देखेमा युट्युब तथा टिकटकमा हेरेर सिक्छु ।’…

Read More

दाङ :  सर्पले डसेर एक महिलाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका- ११ कटाहा निवासी ४० वर्षीया ललिता डाँगीको मृत्यु भएको हो। उनको आइतबार राती उपचारको क्रममा मृत्यु भएको  उनको परिवारले जनाएको छ। साँझ भान्सा कोठामा खाना पकाउने क्रममा खुट्टामा सर्पले टोकेपछि उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि बाँकेको भेरी अस्पताल नेपालगञ्ज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। सर्पले डाँगीलाई टोकेपछि उनको घरमा रहेको कुकुरले गोमन सर्पलाई तानेर बाहिर ल्याई मारेको थियो। सर्पलाई मारेको केहीबेर पछि कुकुरको पनि मृत्यु भएको मृतकको परिवारले जनाएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा अटो रिक्साको ठक्करबाट पैदल यात्री घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिका–२ को मछेली पुल नजिकै सुुपप्र ०२००६ ह १७०७ नम्बरको अटोले ठक्कर दिँदा पैदल यात्री सोही ठाउँ बस्ने ५० वर्षीय फगुना राना घाइते भएको प्रहरीले जनाएको छ। रानाको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। अटो र चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बस्ने २८ वर्षीय देवराज चौधरीलाई इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको छ।

Read More

धनगढी: धनगढीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जना घाइते भएका छन्। मंगलबार राति धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित वडा कार्यालय अगाडि से ६ प७७३० र से ६ प २५५२ नम्बरको मोटरसाइकल आपसमा ठोकिएको प्रहरीले जनाएको छ। मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुवैका चालक घाइते भएका छन्। ७७३० नम्बर मोटरसाइकलका चालक राजपुरकै शेरबहादुर जोरा र अर्का गोविन्दराज गिरी घाइते भएका हुन्। उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

Read More

धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ विश्वनाथ मन्दिर क्षेत्रबाट एक ग्राम २३० मिलीग्राम लागुऔषधसहित सोही ठाउँका २९ वर्षीय प्रतिक चौधरी र २० वर्षीय उमेश चौधरी पक्राउ परेका हुन्। मंगलवार दिउँसो उनीहरुलाई लागुऔषध ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय, कैलालीको प्रहरी टोलीले पक्राउ गरेको हो। 

Read More

काठमाडौँ: हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको  छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा(हुरीको पनि सम्भावना रहेको छ। राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।  कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै…

Read More

धनगढी: कैलालीको टीकापुरमा २ जना युवकमाथि खुकुरी प्रहार भएको छ। नेकपा एमालेको कैलाली जिल्ला कमिटी सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य समेत रहेका प्रकाश खड्का र युवा संघ कैलालीका सदस्य बम ओलीलाई खुकुरी प्रहार भएको हो। इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी तुल्सीराम अर्यालले खुकुरी प्रहार भएको पुष्टि गर्दै घटनाबारे बुझिरहेको महेन्द्रनगरपोष्टलाई बताए। उनका अनुसार चक्र शाहको समूहले उनीहरूमाथि आक्रमण गरेको हो। अहिले प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको उनले बताए। शाह ग्रुप नेपाली काँग्रेस निकट रहेको र राजनीतिक कारणले खुकुरी प्रहार भएको हुनसक्ने बताइएको छ। थप विवरण खुल्न बाकी रहेको प्रहरीले जनाएको छ।

Read More

बैतडी : बैतडीको मेलौलीमा ४६ जना सवार बस दुर्घटनाका गम्भीर घाइते १० जनाको अझै उपचार भइरहेको छ। पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको लु २ ख २०११ नम्बरको पवनदूत यातायातको बस सोमबार दिउँसो १ बजे मेलौली नगरपालिका ७ स्वाखानीमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परेर एकजनाको मृत्यु भएको थियो भने ४५ जना घाइते भएका थिए। पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्र मेलौलीमा सोमबार मृत्यु भएको हो। घाइते ४५ जनामध्ये गम्भीर अवस्थामा रहेका १० जना अझै उपचाररत रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। गम्भीर अवस्थामा रहेका एकजनाको धनगढीमा पनि उपचार हुन नसकेपछि बरेली रेफर गरिएको छ।…

Read More