कञ्चनपुर: कञ्चनपुरमा अटो रिक्साको ठक्करबाट पैदल यात्री घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिका–२ को मछेली पुल नजिकै सुुपप्र ०२००६ ह १७०७ नम्बरको अटोले ठक्कर दिँदा पैदल यात्री सोही ठाउँ बस्ने ५० वर्षीय फगुना राना घाइते भएको प्रहरीले जनाएको छ।
रानाको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।
अटो र चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बस्ने २८ वर्षीय देवराज चौधरीलाई इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको छ।
Facebook Comments Box