दाङ : सर्पले डसेर एक महिलाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका- ११ कटाहा निवासी ४० वर्षीया ललिता डाँगीको मृत्यु भएको हो। उनको आइतबार राती उपचारको क्रममा मृत्यु भएको उनको परिवारले जनाएको छ।
साँझ भान्सा कोठामा खाना पकाउने क्रममा खुट्टामा सर्पले टोकेपछि उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो।
त्यहाँबाट थप उपचारको लागि बाँकेको भेरी अस्पताल नेपालगञ्ज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
सर्पले डाँगीलाई टोकेपछि उनको घरमा रहेको कुकुरले गोमन सर्पलाई तानेर बाहिर ल्याई मारेको थियो। सर्पलाई मारेको केहीबेर पछि कुकुरको पनि मृत्यु भएको मृतकको परिवारले जनाएको छ।
Facebook Comments Box