वेल्स: बेलायतकी एक नर्सले अस्पतालको पार्किङमा आफूसँग यौन सम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु भएको घटना सार्वजनिक भएको छ ।
ती बिरामीसँगको सम्बन्ध राख्दै आएको र यौन सम्बन्ध गर्दागर्दै बिरामीको मृत्यु भएको पत्ता लागेपछि अस्पतालले उनलाई जागिरबाट निकालेको छ।
नर्सले बिरामीको यौन सम्पर्कका बेला मृत्युपछि पनि एम्बुलेन्स नबोलाएको आरोप लागेको थियो। जब मेडिकल आपत्कालीन कर्मचारीहरू पार्किङ स्थलमा पुगेका थिए, उनीहरुले बिरामीलाई आंशिक रूपमा नग्न र निष्क्रिय रूपमा भेटेका थिए।
ती बिरामीको वेल्सको अस्पतालमा डायलिसिसको उपचार भइरहेको थियो। यौन सम्पर्क गर्दा गर्दै हृदयाघातका कारण उनको मृत्यु भएको थियो।
उनले कारको पछाडि ३० देखि ४५ मिनेट मात्र बिताएकी थिइन। उनले काउन्सिलमा दिएको बयान अनुसार सो क्रममा बिरामी एक्कासि कराउन थालेको र मृत्यु भएको बताएकी छिन्।
Facebook Comments Box