Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: सशस्त्र प्रहरीले एकैपटक १९२७ कर्मचारीको बढुवा सिफारिस प्रकाशित गरेको छ । लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया खोल्दै सशस्त्रले सशस्त्र प्रहरी सेवा, साधारण समूह तर्फ सशस्त्र प्रहरी हवल्दारका लागि १९२७ जनाको नाम बढुवा सिफारिस गरिएको हो। सूचना अनुरुप चित्त नबुझेमा एक साताभित्र उजुरी दिनका लागि पनि सशस्त्रले सूचना प्रकाशित गरेको छ। सूची हेर्न तलको लिंक क्लिक गर्नुस् https://drive.google.com/file/d/11WFODCcRl9Cpf84fM6UbR4peRTxq07Wg/view?usp=drivesdk

Read More

डडेल्धुराः अमरगढी नगरपालिका र मालम गाउँबासीबीच दुई बुँदे सहमति भएको छ। आफ्नो घरजाने सडक छेउमै नगरपालिकाले फोहोर फाल्ने गरेको भन्दै अमरगढी–१ मालम गाउँबासीले आन्दोलित बनेका थिए। फोहोर व्यवस्थापन सम्बन्धमा आन्दोलनरत पक्ष र अमरगढी नगरपालिकाबीच सोमबार बेलुका सहमति भएको हो। फोहोरमैला व्यस्थापनका लागि नगरपालिकाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश भएको प्रस्ताव तत्काल स्वीकृतका लागि पहल गरी यथासक्य छिटो उक्त फोहोर व्यवस्थापन पर्ने सहमति बनेको छ। यस्तै, हाल अमरगढी नगरपालिकाले फोहोरमैला व्यस्थापनका लागि प्रयोग गरिरहेको स्थानलाई थप व्यवस्थापन गरी उक्त फोहोरका कारण आसपासका क्षेत्रका बासिन्दालाई थप नहुने र आजकै मितिले तीन महिनाभित्र नगरपालिकाले थालनी गरी वैकल्पिक व्यवस्थापन गर्ने दुवै पक्षबीच सहमति…

Read More

कैलाली: कैलालीको गोदावरी नदीमा फसेका ६ जनाको उद्दार गरिएको छ। सोमबार राति आएको बाढीका कारण नदीको बीच भागमा फसेका ६ जनाको उद्दार गरिएको हो। बाढीका कारण फसेकाहरुको ११ बजे राति उद्दार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरिक्षक रबिन्द्र सिंह कार्कीको कमाण्डमा ११ जनाको प्रहरी टोली, संगै नेपाली सेना, सशस्त्र प्रहरीक र स्थानीयको सहयोगमा नदीको बीच भागमा फसेकाहरुको उद्दार गरिएको हो । प्रहरीले नदीमा फसेकाहरुमा ५ जना पुरुष र १ जना महिला रहेको बताएको छ।

Read More

काठमाडौँ: नेपालमा मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भूभागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेस र बागमती प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना…

Read More

कञ्चनपुर: सशस्त्र प्रहरी बलले कञ्चनपुरको स्याली नदीको टापुमा फसेका २ महिलाको उद्दार गरेको छ। हिजो राति शुक्लाफाँटा नगरपालिका- ७ स्थित कालापानी निवासी ४० वर्षीया निर्मला भण्डारी र ३५ वर्षीया गौमती साउदलाई उद्दार गरिएको हो। दुवैजनालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीबाट सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलको कमाण्डमा खटिएको टोलीले उद्दार गरेको थियो। नदीको टापुबाट उद्दार गरेपछि निजहरुलाई आफन्तको जिम्मा लगाइएको रावलले जानकारी दिए।

Read More

महेन्द्रनगर : कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुनस्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वरधाम कटानको चपेटामा परेको छ । शिव लिङ्गेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको छ । बाढीले कटान गर्दा यस धामसमेत जोखिममा परेको स्थानीयवासीको गुनासो छ । “विगतका वर्षमा यति धेरै कटान भएको थिएन, यस पटकको बाढीले लिङ्गेश्वर धाममा ठुलो क्षति पुर्‍याएको छ”, स्थानीयवासी भन्छन्, “समयमै कटान रोक्न सकिएन भने यो ठाउँ पूर्णरूपमा बगरमा परिणत हुने जोखिम छ ।” कटान रोकथाम गरेर पर्यटकीय क्षेत्रको संरक्षण र संवर्द्धनमा स्थानीय तहले तदारुकता देखाउनुपर्ने उनको माग छ । लिङ्गेश्वर धाममा चुरे पहाड खिइएर बनेको अनौठो दृश्य रहेकाले यो…

Read More

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहत रहेको एकमात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पतालको रूपमा सञ्चालित डडेल्धुरा अस्पतालले नयाँ निमित्त मेडिकल सुपरिटेन्डेन्ट पाएको छ। विशेषज्ञ डाक्टर सन्तोष गुप्ताका रूपमा अस्पतालले नयाँ मेसु पाएको हो। गुप्ता आएसँगै अस्पतालले लामो समयपछि दरबन्दीमै विशेषज्ञ डाक्टर पाएको अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए। जेठ पहिलो साता नवौं तहमा बढुवा भएका डा. गुप्ताको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डडेल्धुरा अस्पतालमा पदस्थापन गरेपछि सोमबार उनी अस्पतालमा हाजिर भएका छन्। गुप्ता बालरोग विशेषज्ञ डाक्टर हुन्। यसअघि अस्तापलको निमित्त मेसु आठौँ तहका डा. चेतराज भट्ट थिए। नवौं तहका गुप्ता आएसँगै अब उनी नै मेसु बनेका हुन्। डा. गुप्ताले यसअघि पनि यस…

Read More

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले लोकबहादुर थापालाई संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कमा स्थायी प्रतिनिधि नियुक्त गरेका छन् । परराष्ट्र मन्त्रालयका सहसचिव थापालाई नेपाल सरकारको प्रस्ताव र संसदीय सुनुवाई समितिको सिफारिसपछि आज राजदूत नियुक्त गरेका हुन् । त्यस्तै दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत दानबहादुर तामाङलाई मौरिसस र जाम्बियाका लागि, चीनका लागि राजदूत विष्णुपुकार श्रेष्ठलाई प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया र ब्राजिलका लागि राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र पाराग्वेका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेको जनाइएको छ ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशकै स्वास्थ्यमा गेमचेन्जर प्रोजेक्ट मानिएको गेटा मेडिकल कलेजको अस्पताल संचालनको लागि १ सय ४० जनाको दरबन्दी संरचना स्वीकृत भएको छ । स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने कि स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने विषयमा विवादकै बावजुत गेटा अस्पताल संचालन अगाडि बढाउनका लागि ४७ जना नर्ससहित १ सय ४० जनाको दरबन्दी संरचना स्वीकृत भएको हो । दरबन्दी पास भएसँगै कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाउन बाटो समेत खुलेको छ ।गेटाको स्वीकृत दरबन्दी संरचनाअनुसार अस्पतालको प्रमुखमा ११ औं तहको प्रमुख कन्सल्ट्यान्ट एक जना रहेछन् । पाँच वटा शाखाहरुमा विभिन्न इकाईहरु बनाएर अस्पतालको दरबन्दी संरचना बनाइएको छ । जसमा मेडिकल शाखा, चिकित्सा शाखा, स्त्री तथा…

Read More

धनगढी: अछाम पञ्चदेवल विनायक नगरपालिका–४ का स्थानीय विनोद शाहीको हत्याका मुख्य आरोपित सर्जनबहादुर शाही पक्राउ परेका छन्। उनलाई काठमाडौंको धापासीबाट राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष महाराज गुरुङ, सचिव विनय शाह, केन्द्रिय सदस्य भरत शाह, बखत शाही लगायतको टिमले समातेर चक्रपथ प्रहरीलाई बुझाएका थिए। त्यसपछि उनलाई पक्राउ गरिएको थुनामा राखेको महाराजगन्ज प्रहरी वृत्तलाईका डीएसपी अंगुर जिसीले जानकारी दिए। यसअघि नै शाहीको हत्या संलग्न रहेको आरोपमा पञ्चदेवल विनायक नगरपालिका मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका थिए। शाही २०७९ जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका थिए। जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा…

Read More