Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकबाट चार सय मिलिग्राम लागुऔषधसहित घोडाघोडी नगरपालिका–१० का २३ वर्षीय बेद चौधरी पक्राउ परेका हुन्। उनलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो।

Read More

काठमाडौँ : कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका उद्धव थापा नियुक्त भएका छन्। सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मङ्गलवार दोस्रो पटक मुख्यमन्त्री नियुक्त गरेका हुन्। यसअघि थापाले संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए। थापालाई मुख्यमन्त्री बनाउन काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदले समर्थन गरेका छन्।

Read More

काठमाडौँ: भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी)ले बढेको मूल्यसूची पठाएको नेपाल आयल निगमले जनाएको छ । यस पटक पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढेर आएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । भारतले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र हवाई इन्धनमा आठ रुपैयाँ तथा डिजल र मट्टीतेलमा सातरसात रुपैयाँका दरले भाउ बढेर आएको छ । खाना पकाउने एलपी ग्यासमा भने प्रतिसिलिन्डर एक सय रुपैयाँ घटेर आएको निगमले जनाएको छ । सरकारले यसै महिनादेखि पेट्रोलियम पदार्थको भाउमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । स्वचालित मूल्य प्रणालीअनुसार भारतबाट भाउ घटबढ भएर आउनेबित्तिकै नेपालमा पनि…

Read More

काठमाडौँ: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको नेतृत्व नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले गरेकी छिन् । रेशम चौधरी जेलमै हुँदा मन्त्री बनेकी रञ्जिता मन्त्रालय चलाउनको लागि सल्लाह लिन भने रेशम रहेको जेलमै पुग्ने गरेको चर्चा थियो । सरकारको सिफारिशमा जब रेशमले राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाए तब उनी श्रीमती मन्त्री रहेको उक्त मन्त्रालय भने रेशमले नै चलाउन थालेको चर्चा छ । रेशमले पार्टीमा पनि हस्तक्षेपकारी भूमिका खेल्न थालेको चर्चा छ ।अहिले उक्त पार्टीका अधिकांश नेता तथा कार्यकर्ताहरु नेतृत्वप्रति रुष्ट छन् । पार्टीका संस्थापकमध्येका एक सुरेन्द्र चौधरी त अहिले रेशम दम्पत्तिले पार्टीको भविष्य नै समाप्त पारेको निश्कर्षमा पुगेका छन्…

Read More

काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको छ । हिजो सोमवार सूचना टाँसेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक आज पुनः सूचना टाँस गर्दै स्थगन गरिएको संसद् सचिवालयले जनाएको छ । सभामुख देवराज घिमिरेले अर्को बैठक साउन २२ गते सोमवारका लागि तोकेका छन्र । सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निरन्तर संसद् अवरोध गर्दै आएको छ । एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा र उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । तर सत्तापक्ष भने संसद् चलाएर सरकारले जवाफ दिन पाउनुपर्नेमा मागमा अडिग छ ।

Read More

पर्सा: रोपाइँको गीत गञ्जिने बेला पर्साका खेतमा जताततै दमकल भेटिन्छन् । साउनको दोस्रो साता बित्दासमेत पानी नपरेपछि रोपाइँका लागि दमकलको भर पर्नुपरेको हो । किसानले खेतमा पानी लगाउन दमकलको चर्को मूल्य तिर्न बाध्य छन् । रोपिएको धान पनि हुन्छ की हुँदैन भनेर किसान चिन्तित छन् । डिजलबाट चल्ने दमकलको भाडा प्रतिघण्टा रु चार सय तथा बिजुलीबाट चल्नेको मूल्य प्रति घण्टा रु तीन सय तिर्नु परिरहेको पोखरिया–४ का सन्तोषप्रसाद चौहानले जानकारी दिए । गण्डक नहरमा पानी छैन । स्थानीय तहले कुलो सफा नगर्दा किसान मारमा छन् । उनीहरु दमकलको भरमा खेतमा पानी हाल्न बाध्य छन् । “आकासे पानी अभावमा रोपाइँ गर्न…

Read More

कास्की: साहसिक खेल प्याराग्लाइडिङ गरेर फेवाताल किनारमा उत्रिएपछि सुनिता दबाडीमा खुसीको सीमा थिएन । पहिलोपटक जीवनमा सोमबार दिउँसो प्याराग्लाइडिङ गरेको अनुभव उनले शब्दमा व्यक्त गर्न सकिरहेकी थिइनन् । शारीरिकरूपमा दृष्टिविहीन सुनिता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिफोन ‘अपरेटर’को काम गर्छिन् । ‘ब्लाइन्ड रक’ संस्थाको सदस्यसमेत रहेकी उनी प्याराग्लाइडिङको अनुभवका लागि आइतबार दिउँसो पोखरा आएकी थिइन् । पोखरा आएसँगै उनमा प्याराग्लाइडिङ गर्न मौसमले साथ देला कि नदेला भन्ने चिन्ता थियो । जब बिहान उनी ‘टेकअफ’का लागि मान्द्रेढुङ्गा पुगिन्, उनले त्यसपछि आफ्नो खुसी थाम्न सकिनन्। “प्याराग्लाइडिङमा उड्ने पहिलादेखिकै योजना थियो । कहिले उड्न पाइएला भन्ने लागेको थियो । जाने बेला सहज हुन्छ कि भन्न…

Read More

काठमाडौँ: सुनको मूल्य बढेर तोलामा एक लाख १३ हजार रुपैयाँ पुगेको छ । हिजो तोलामा एक लाख १२ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य आज चार सय रुपैयाँले बढेको हो । यस्तै, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Read More

दार्चुला: दार्चुलामा साउनयता मात्रै १७ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएका १७ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी राजेश भट्टले बताए । उनका अनुसार साउन १४ गतेसम्ममा १७ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो । जसमध्ये जिल्लाको महाकाली नगरपालिकामा सबैभन्दा बढी ९ जनामा स्क्रब टाइफस देखिएको छ । त्यसैगरी दुहुँ, व्यास र नौगाड गाउँपालिकाका २/२ जनामा संक्रमण देखिएको छ । मार्मा र लेकम गाउँपालिकाका १/१ जनामा स्क्रब टाइफस देखिएको छ ।

Read More

बैतडी: बैतडीमा भत्ता बुझेर घर फर्किरहेका वृद्ध मृत अवस्थामा फेला परेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका-६ रोडिका ७१ वर्षीय धनसिंह भण्डारी ३ र ४ नम्बर वडाको सिमाना पर्ने गोगनपानी भन्ने ठाउँमा मृत अवस्थामा फेला परेका हुन् । वडा नम्बर ३ कुलाउँमा रहेको नविल बैंकबाट वृद्ध भत्ता बुझेर घर फर्किरहेका भण्डारी मृत फेला परेका र उनको टाउकोमा चोट लागेको बताइएको छ । जिल्ला प्रहरी कार्यलय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ ।

Read More