Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: भारतको गौरीकुण्डमा पहिरो जाँदा ७ नेपालीसहित १३ जना बेपत्ता भएका छन् । उत्तराखण्डको रुद्रप्रयाग जिलास्थित गौरीकुण्डमा भारी वर्षाका कारण भूस्खलन हुँदा एकै परिवारका ७ जना नेपाली बेपत्ता भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । ७ जना नेपालीसहित ३ जना त्यहाँका स्थानीय र ३ जना अन्य राज्यका बेपत्ता रहेका बताइएको छ । बेपत्ताहरुको परिचय भने खुलेको छैन । बेपत्ताहरुको खोजीका लागि रेस्क्यू टिम राति नै घटनास्थल पुगेको भएपनि भारी वर्षाका कारण बिचमै खोजी कार्य रोक्नुपरेको थियो । बिहानबाट फेरि खोजी कार्य सुरु गरिएको र त्यहाँ भारी वर्षा भइरहेको जनाइएको छ । बेपत्ता भएकाहरु नजिकै रहेको मंदाकिनी नदीमा बगेका हुनसक्ने अनुमान…

Read More

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका—८ कालागाउँ माल्लेकी १७ वर्षीया सीमा लुहारले टाउकोतिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै भएकी बालिका (छोरी) जन्माएकी छन् । लुहारले कटौँजपानी स्वास्थ्य चौकी दोगडाकेदारमा बिहीबार बिहान यस्तो बच्चा जन्माएकी हुन् । उक्त स्वास्थ्य चौकीकी अनमी रमिता जोशीले असाधरण शिशु जन्मेपछि आफूहरुले थप उपचारका लागि सल्लाह दिएको उनले बताइन् । करिब दुई महिनाअघि गर्भ जाँच गराउँदा बच्चाको अवस्था ठिकै रहेको भएपनि जन्मिँदा असाधारण शिशु जन्मिएको उनले बताइन् । यस्तो शिशु जन्मिुनको कारण यही हो भन्न नसकिए पनि कम उमेरमा बच्चा जन्माउँदा बिकलांग हुने सम्भावना बढी रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । लुहारको आर्थिक…

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित तीन युवक पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका–६ हात्तिबोझाबाट सोही ठाँउका २७ वर्षीय कालु राना र २६ वर्षीय वीरेन्द्र बडायक पक्राउ परेका हुन् । उनीहरुलाई ३२० मिलिग्राम लागुऔषधसहित इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले बिहीवार पक्राउ गरेको हो । यस्तै, बेलौरी–१० सडकघाटबाट ३ ग्राम ६८० मिलिग्राम लागुऔषधसहित कृष्णपुर नगरपालिका–४ का २१ वर्षीय रितिक थापा पनि पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय बेलडाँडीले लागुऔषध र एक थान मोटरसाइकलसहित पक्राउ गरेको हो । प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणी स्थित बन्दा नदीको बगरमा नामथर नखुलेको ३०/३५ वर्षीय पुरुष मृत अवस्थामा बिहीवार साँझ फेला परेका हुन्। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय झलारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः धनगढीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१४ बाट ८९० मिलिग्राम लागुऔषधसहित धनगढी–७ का २१ वर्षीय रबि राना र ३४० मिलीग्राम लागुऔषधसहित धनगढी–१७ का १८ वर्षीय हितेश रानालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी कनरीबाट खटिएको टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको हो। यस सम्बन्ध प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा ४ वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ। जिल्लाको शुक्लाफाटा नगरपालिका–८ धारापानीका राजेश धामीको छोरी ४ वर्षीया अनु धामीको बिहीवार मृत्यु भएको हो। खेलिरहेको अबस्थामा घर नजिकै रहेको माछा पोखरीमा चिप्लेर डुबी बालिकाको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

डडेल्धुराः स्वतन्त्र विद्यार्थी युनियन, डडेल्धुरा बहुमुखी क्याम्पसले अध्यापन अनुमति पत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ। बिहीबार एक कार्यक्रमकाबीच स्ववियुले अभिमुखिकरण कार्यक्रम गरेको हो। क्याम्समा अध्ययनरत विद्यार्थीलाई अध्यापन अनुमति पत्र सम्बन्धीे जानकारी दिन अभिमुखिकरण कार्यक्रम गरिएको स्ववियू सभापति दुर्गा भट्टले जानकारी दिए। दुई दिनसम्म हुने कार्यक्रममा क्याम्पसकै प्रध्यापकहरूले विद्यार्थीलाई अभिमुखिकरण गरिरहेका छन्। उनका अनुसार यस कार्यक्रमले निमावि तह शिक्षक अनुमति पत्रको तयारी गरिरहेका विद्यार्थीलाई टेवा पुग्ने छ।

Read More

दार्चुला: दार्चुलामा एक वर्षको अवधिमा २७ जनाले आत्महत्या गरेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९-८० मा २७ जनाले आत्महत्या गरेका छन्।  आत्महत्या गर्नेमा झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या सबैभन्दा बढी देखिएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख, डीएसपी तर्कराज पाण्डेयका अनुसार गत आर्थिक वर्षमा २४ जनाले झुण्डिएर र तीन जनाले विष सेवन गरी आत्महत्या गरेका छन्। दार्चुला प्रहरीले पाँच जना फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ। अदालतबाट सजाय भई फरार रहेका विभिन्न मुद्दाका पाँच जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, डीएसपी तर्कराज पाण्डेयले बताए।  उनका अनुसार लागुऔषध चरेसका २ जना, जवरजस्ती…

Read More

बझाङ: राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका संयोजक नगेन्द्र खड्काको निलम्बन फुकुवा गरेको छ। पत्रकार सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेका उनलाई जिल्ला संयोजकबाट हटाइएको थियो। पार्टीले गरेको छानविनका क्रममा खड्का दोषी नदेखिएकाले पदमा पुर्नबहाली गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए। बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई घरबाटै खड्काले अपहरण गरेको र होटल होलि डे इनमा लगेर कुटपिट गरेको आरोप लागेको थियो। खड्का उक्त होटलका सञ्चालक हुन्।

Read More

कैलाली: कैलालीको धनगढीमा अटो चलाउने कञ्चनपुरका एक व्यक्ति अवैध काठसहित पक्राउ परेका छन्। बिहीबार बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाटका १९ वर्षीय सुरेश मल्ल से१स ३६६० नम्बरको आफ्नो अटोमा काठ बोकेर जाँदै गर्दा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। मल्ललाई प्रहरीले धनगढी उपमहानगरपालिका–३ क्रेशर ग्राउण्डबाट पाँच फिट लम्बाईका १९ थान सालको कडीसहित पक्राउ गरिएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको गस्ती टोलीले वरामद काठ, अटो र चालकलाई कारबाहीका लागि जिल्ला वन कार्यालय कैलालीमा बुझाएको छ।

Read More