डडेल्धुरा: डडेल्धुरामा आज ‘जोगेनी जाँत’ मनाइँदै छ । जिल्लाको भागेश्वर गाउँपालिका–२ रुपालमा मनाइने यो जाँतलाई चौंसठ्ठी माताको रुप पनि भनिन्छ । यस क्षेत्रकै प्रसिद्ध ‘जोगेनी जाँत’ प्रत्येक तीन वर्षमा मनाइने गरिन्छ ।
जाँतमा विभिन्न ‘चौला’ हुने गर्दछन् । अधिकांशले हातमा खुकुरी तरवार लिएर जात्राको आनन्द लिने गर्दछन् । उक्त जात्रामा जातीय भेदभाव हुँदैन । किरियामा बसेका व्यक्ति र रजस्वला भएका महिलाहरु पनि सो जात्रामा जान पाउँछन् ।
स्थानीयका अनुसार जात्रामा सुनी, तिरुवा र सार्की थर भएकाले पूजाआजा र व्यवस्थापन गर्नुपर्छ । यो जात्रा नागीमल्ल राजाका पालामा सुरु भएको बताइन्छ । जोगेनी जाँतको अवसरमा आज भागेश्वर गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।
Facebook Comments Box