रोल्पा: गएराति चट्याङ लागेर जिल्लामा एक वडा सदस्यको निधन भएको छ । सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडासदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको सो घटनामा परी निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक घर्तीमगर आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङमा परेको उक्त कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए । चट्याङमा परी अन्य ठाउँका केही व्यक्ति पनि घाइते भएकाले त्यस स्थानतर्फ प्रहरी जाँदै गरेको उनले बताए । रासस
Author: महेन्द्रनगर पोष्ट
कञ्चनपुर: कञ्चनपुरमा विङ्गर र जिप ठोक्किँदा ९ जना घाइते भएका छन् । जिल्लाको कृष्णपुर नगरपालिका–२ बंकस्थित पूर्वपश्चिम राजमार्गमा म १ ज २८७ नम्बरको विङ्गरले से १ झ २४६ नम्बरको जीपलाई ठक्कर दिएको हो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सरकारी नम्बर प्लेटको जिप कृष्णपुर नगरपालिकाको हो । दुर्घटनामा घाइते जिपका चालक जनक भण्डारीलाई निसर्ग अस्पताल धनगढी ल्याइएको र अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
धनगढी: सरकारले विशिष्ट भनिएका व्यक्तिहरूलाई छुट्टै खालको सुरक्षा दिँदै आएको छ। यसबाहेक हुने खाने सर्वसाधारणलाई पनि हतियार राख्ने छुट छ। तर, यसो गर्दा हातहतियार तथा खरखजाना ऐन, २०१९ अन्तर्गत इजाजतपत्र भने लिनुपर्ने हुन्छ। यससम्बन्धी नियमावली, २०२८ मा हावादारी बन्दुकबाहेक एक व्यक्तिलाई बढीमा तीन नालसम्म र एक परिवारलाई बढीमा ६ नालसम्म हातहतियार राख्न इजाजतपत्र दिन मिल्ने प्रावधान छ। हतियार राख्नका लागि उमेर र मानसिक स्वास्थ्य, नागरिकता र प्रतिष्ठा संगीन फौजदारी अभियोगमा सजायँँ नपाएको, शिकार र हातहतियारसम्बन्धी कसूरमा सजायँँ नभोगेको हुनुपर्छ। त्यसैगरी, हातहतियार खरखजाना (दशौं संशोधन) नियमावली, २०७८ ले हातहतियार राख्न तिर्नुपर्ने शुल्कको व्यवस्था गरेको छ। जसअनुसार पेस्तोल, रिभल्वर वा मिनिएचर राइफलसहित…
कञ्चनपुर: कञ्चनपुरका किसानले खेतमा रोपेको धानबालीमा गबारो किराले समस्या उब्जाएको छ । धानबालीमा गबारो किराले गुवो खाएर नोक्सान गर्न थालेको हो । गबारो रोगको समस्या सबैभन्दा बढी कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा देखापरेको छ । आधा बिघा जग्गामा रोपेका बीउको गुबो गबारोले खाएर क्षति गरेको कृष्णपुर नगरपालिका–१ का किसान गोपी साउदले बताए। “धान रोपिएको महिनादिन नपुग्दै गबारोको समस्या देखिएको छ”, उनले भने, “धानका बोटहरु पहेलिँदै गएका छन्, रोपेका धानका बिरुवा नै मर्ने अवस्थामा पुगेका छन्, बिरुवा नै मरेपछि धान उत्पादन हुँदैन ।” कृषि प्राविधिकलाई समस्याबारे अवगत गराएको उल्लेख गर्दै किसान साउनदले नगरप्रमुख र कृषि प्राविधिकको टोलीले खेतमै पुगेर अनुगमन गरेर गएको…
धनगढीः कैलालीको गौरीगंगामा नगरपालिका–६ वनबेहडाकी १८ वर्षीया अञ्जली चौधरी मृत पाइएकी छिन् ।इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार उनी आफ्नै घरको कोठाभित्र मृत पाइएकी हुन् । मृत्युको कारण भने नखुलेको र शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।
धनगढीः भारतको गुजरातस्थित सुरतमा एक नेपाली नागरिकको बेवारिसे लास भेटिएको छ। सुरतको स्मिमेर मेडिकल कलेजमा अन्दाजी ४५ वर्षीय नेपाली नागरिकको बेवारिसे शव रहेको पाइएको हो। प्रवासी नेपाली संघ गुजरात राज्य समितिका अध्यक्ष अजेय तिमिल्सेनाका अनुसार पहिचान खुल्न नसकेर सो शव बेवारिसे बनेको हो। उनले कसैले पहिचान गर्न सके सम्पर्कमा आउन आग्रह गरेका छन्। जसका लागि ९८७५२७२७१४ मा सम्पर्क गर्न भनिएको छ ।
चितवन: पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ७६ वर्षीय नवराज अधिकारी रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीबार निगुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका अधिकारीलाई गैँडाले आक्रमण गरेको हो । साँझ घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा अधिकारीको शब आज बिहान बाघमारा मध्यवर्ती सामुदायिक वनमा भेटिएको हो । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । रासस
बैतडी: बैतडीको सिगास गाउँपालिका४ बिसुनाका २२ वर्षीय डम्बरसिंह धामीको भारतमा मृत्यु भएको छ । बेंगलुर उटी भन्ने ठाउँमा गाडी दुर्घटनामा परेर उनको मृत्यु भएको सिगास४ का वडा अध्यक्ष हरिश बोहराले बताए । उनका अनुसार डम्बर १२ दिन पहिले मात्रै आफ्नै काकासँग पैसा कमाउन बेंगलुर गएका थिए । होटेलमा काम गरेर काकाको क्वाटरमा जाँदै गरेका उनलाई बिहीवार बिहान गाडिले ठक्कर दिएको थियो । धामीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको उनका आफन्त तिलकसिंह धामीले बताए । डम्बर घरको एक्लो छोरा हुन् । उनको घरमा श्रीमती र एक छोरी छन् ।
कैलाली: ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार नौ सय ९१ पशुचौपाया मरेका छन् । प्रदेशका नौवटै जिल्लामा छ लाख ३४ हजार सात सय ९९ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ । तीन वर्षदेखि छिटपुटरूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा हेमराज अवस्थीका अनुसार लम्पी स्किनबाट सबैभन्दा बढी बैतडीमा ११ हजार १८ पशुचौपाया मरेका छन् । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलले पशु सेवा विभागलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार प्रदेशमा छ सय ३० पशुचौपायालाई सो रोगविरुद्धको खोप लगायएको छ । “तीन वर्षदेखि लम्पी…
धनगढीः सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीसहित मन्त्रालयको टोलीले कैलालीको गोदावरी नगरपालिका–१२, स्थित रातोपानी सामुदायिक वनमा भएको वन फडानीको अनुगमन गरेको छ। वन क्षेत्रमा व्यापकरुपमा रुख कटान गरी काठ तस्करी भएको विषयमा महेन्द्रनगरपोष्टले पहिलोपटक समाचार प्रकाशन गरेको थियो। त्यसपछि मन्त्रालयका सचिव बेदकुमार ढकाललाई लिएर मन्त्री धामी अनुगमनमा गएका हुन्। मन्त्रीसहितको टोलीले वनत्रभित्र रुख कटान गरिएको क्षेत्रको निरीक्षण गरेको जनाएको छ। यस्तै सामुदायिक वनभित्र सालका २२ वटा रुख कटान भएको पाइएको छ। वनका पदाधिकारीको संलग्नतामा नै वन फडानी भएको उपभोक्ताको आरोप छ। रुख काटेर काठ तस्करीमा संलग्न भएको आरोपमा उक्त वन उपभोक्ता समूहको कार्यसमितिका दुई जना सदस्य यसअघि…