धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बाम्का बजारका आगलागी पीडितलाई ४० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। आइतवार बिहान बसेको मन्त्री परिषद्को बैठकले बाम्का बजारका आगलागी पीडितलाई राहत स्वरुप तत्काल ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो। त्यस्तै प्रदेश सरकारले आगलागीबाट पीडितहरुलाई आर्थिक सहयोगसँगै जिन्सी १५ वटा ठूलो टेन्ट, ३४ वटा कम्बल र ३४ वटा त्रिपाल उपलब्ध गराउने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले मानविय सहायता स्वरुप तत्काललाई प्रदेश सरकारले सम्बन्धित पालिकालाई सो रकम उपलब्ध गराउने बताएका छन्। उनले पालिकाले मापदण्ड तयार गरेर आगलागी पीडितलाई रकम उपलब्ध गराउने निर्णय गरेको बताए। शुक्रवार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: विपद् पूर्वाभ्यासको क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका गोताखोर डोटीका सुरज साउदको शव आइतबार बिहान भेला परेको छ। कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकबाट उनको शव निकालिएको हो। कुरिनटारबाट खटिएका डिएसपी पुरुषोत्तम भण्डारीको टोलीले उनको शव निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्दै थापाले जानकारी दिए। सप्तरी जिल्लामा गत बिहीबार विपद् पूर्वाभ्यासको क्रममा साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए। राजवंशीको शव शुक्रबार भेटिएको थियो।
धनगढी: धनगढीमा स्कुटर दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१३ मोहनपुरस्थित धनगढी–अत्तरिया सडकखण्डमा आइतबार बिहान साढे ६ बजे अत्तरियातर्फ जाँदै गरेको सुपप्र०१०१२प ४६४८ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्कुटर चालक धनगढी-७ मनेहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरीको मृत्युु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले पुष्टि गरे। उनकाअनुसार स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिँदा दुर्घटना भएको हो। टाउकोमा गम्भीर चोट लागेकाले उपचारको लागि माया मेट्रो अस्पताल धनगढी लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषित गरेकाे सिंहले बताए। उनकाअनुसार स्कुटर पछाडि सवार धनगढी-१२ बस्ने ३२ वर्षीया सिता कुस्मी घाइते भएकी छन् ।उनकाे पनि माया…
कञ्चनपुरः बजेट अभावले कञ्चनपुरमा दुईवटा पुल निर्माणको काम प्रभावित भएको छ। कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली–पर्सिया जोड्ने दोदा नदीको पुल र बेदकोट नगरपालिका–७ स्थित मुसेपानी खोला पुलको काम बजेट अभावले प्रभावित बनेको महेन्द्रनगरस्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर हरिशप्रसाद जोशीले जानकारी दिए। दोदा नदीमा पुल निर्माणका लागि २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीसँग २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार पुल निर्माणको काम २०७५ पुससम्म सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता भएको नौ वर्षपछि पुल निर्माण हुन लागेको छ। “पुल निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ”, सूचना अधिकारी जोशीले भने, “बजेट अभावले काम प्रभावित भएको…
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेशसभा सदस्यहरूलाई घुमाउरो बाटोबाट बजेट विनियोजन गर्ने तयारी गरेको छ। सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई ३ करोड रुपैयाँका दरले बजेट उपलब्ध गराउने योजना बनाएको हो। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ३२ जना प्रत्यक्ष निर्वाचित र २१ जना समानुपातिक सांसद छन्। सांसदहरूको संख्याका आधारमा सरकारले झण्डै २ अर्ब २३ करोड रुपैयाँ सांसदहरूका लागि छुट्याउन लागेको स्रोतले जनाएको छ। यसअघि चालु आर्थिक वर्ष २०८१/८२ मा पनि सरकारद्वारा प्रत्यक्ष सांसदलाई ४ करोड र समानुपातिक सांसदलाई २ करोडका दरले बजेट दिइएको थियो। त्यसअनुसार अघोषित रूपमा १ अर्ब ७० करोड रुपैयाँ सांसदहरूकै…
धनगढी: कैलालीमा अटाे दुर्घटनामा बालककाे मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका-१ भुरुवामा भित्रि सडक खण्डमा सुपप्र०१–००१ ह ५१४८ नम्बरको इबी अटोरिक्सा अनियन्त्रित भएर दुर्घटना हुँदा १० महिनाको आयुष साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी अटाे चालक सोही ठाउँ बस्ने ४१ वर्षीय भरत साउँदका नाति हुन्। बालकलाई उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा साँझ साढे चार बजे चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सोही अटोमा सवार लम्कीचुहा बस्ने ४२ वर्षका प्रकाश गिरी र १३ को टेकराज साउँद घाईते भएका छन्। घाइते दुवै जनाको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ।
धनगढीः धनगढीमा नवजात शिशुलाई नालामा छाड्ने एक महिला पक्राउ परेकी छन्। धनगढी–१४ एच गाउँस्थित साइनोचोक नजिकै बेवारिसे शिशु छाडेकी उनलाई इलाका प्रहरी कार्यालय बौलियाले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको जनाइएको छ। पक्राउ परेकी नवजात शिशुकी आमालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गत जेठ १२ गते स्थानीयले रोइरहेको अवस्थामा शिशुलाई देखेपछि इलाका प्रहरी कार्यालय बहुलियालाई खबर गरेका थिए। प्रहरीले शिशुलाई सकुशल उद्धार गरी सोही दिन सेती प्रादेशिक अस्पताल धनगढी पठाएको थियो। अहिले उक्त शिशुलाई धनगढीस्थित सेफहाउसमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
धनगढी: कैलालीको टीकापुरस्थित सत्ती प्रहरी चौकीका इन्चार्ज सई यज्ञराज पन्तलाई विवादमा तान्ने प्रयास भएको छ। सत्ती प्रहरी बिटमा भएको विवादको कुरालाई लिएर उनलाई छानबिनमा तान्न खोजिएको हो। उनले नियमित ड्युटी गरिरहेकै अवस्थामा उनलाई जिल्ला प्रहरी कार्यालयले तानेर अफिसमा राखेको छ भने छानबिन समिति पनि गठन गरिएको छ। उसो त टीकापुर नगरपालिकाकी राजकुमारी कुँवर शाहले आफूलाई शुक्रवार अपरान्ह साढे चार बजेतिर कुटपिट गरेको आरोप लगाएकी छन्। घटनाक्रम अनुसार एक १७ वर्षीय किशोरले उनलाई स्कुटीमा राखेर अत्यधिक तीव्र गतिमा चलाएर धनगढीबाट हुलाकी मार्ग हुँदै टीकापुर गैरहेको थियो।त्यहीँ क्रममा बिटनेर प्रहरीसँग उनले विवाद गरेकी थिइन्। जसक्रममा उनले पहिले प्रहरी हवल्दार सुरेन्द्र बोहरासँग विवाद…
धनगढी: शक्रुवार दिउँसो सिलिण्डर ग्याँस पडकिएर फैलिएको आगोको लक्पाले बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजार हेर्दा हर्दै खरानी भयो। स्थानीय बुढीगंगा नगरपालिकामा दमकल नहुदा समयमा आगो निभाउन नसकिदा हेदाहेर्दै पसलहरु आगोको मुस्लोमा ढाकिए। व्यवसायीहरुलाई सामान र पसल जोगाउने भन्दा ज्यान जोगाउने चिन्ता भयो। दिउँसो ३ बजे नवदुर्गा होटेलमा खाना पकाउने क्रममा ग्याँस सिलिण्डर पडकिएर फैलिएको आगो निभाउने स्थानीयले भरमग्धुर प्रयत्न गरेपनि जोगाउन सकेनन्। झण्डै पाँच घण्टाको प्रयासपछि नियन्त्रणमा आएको आगोले २० भन्दा बढि पसल पूर्ण रुपमा खरानी भईसकेका थिए। दमकल नभएपछि आगो नियन्त्रणमा लिन स्थानीय पालिकाले डोजर र ट्यांकरको प्रयोग गरेको थियो। जिल्ला प्रहरी कार्यालय बाजुराले प्रहरी निरीक्षक देवबहादुर चौधरीको…
धनगढी: कैलालीको धनगढीस्थित खुला सीमाबाट करोडौंको गाडीसहित सेक्स टोय भारततर्फ तस्करी भएको घटनाको छानबिन थालिएको छ। अस्ति भएको घटनाबारे छानबिन गर्न सशस्त्र प्रहरी बल नेपालको सुदूरपश्चिमस्थित वैद्यनाथ बाहिनीले समिति नै गठन गरेको हो। स्रोतका अनुसार सशस्त्रका डीएसपी जनक राज पन्तको नेतृत्वमा बाहिनीले छानबिन समिति गठन गरेर सोधपुछ अगाडि बढाएको छ। यसैक्रममा लापरबाही गरेको भन्दै जुगेडा बिओपीका प्रमुख इन्सपेक्टर पुरन जैसीलाई कैलालीको धनगढीस्थित सशस्त्रको ३४ नम्बर गणमा तानिएको छ। उनले तस्करी भएको गाडीसहित सामान बरामद नगरेको आरोप छ। जसक्रमा ३४ नम्बर गणका एसपी भने बिदामा थिए। सोही बेला कैलालीस्थित धनगढीको नेपाल–भारत सीमावर्ती सुडा क्षेत्रबाट १ गाडी सेक्स टोय तस्करी भएको थियो।…