Author: महेन्द्रनगर पोष्ट

बझाङः बझाङमा बनाउँदै गरेको नयाँ घर गाउँलेहरूले भत्काइ दिएका छन्। बझाङको बित्थडचिर गाउँपालिकामा करण ओखेडाले बनाइरहेको घर सार्वजनिक जग्गामा परेको भन्दै गाउँलेले भत्काएका हुन्। ओखेडाले भने, ‘सार्वजनिक जमिन हो, तेरो होइन भनेर घर पनि भत्काए, बाली, मकै काटेर आफ्ना गाईभैंसीलाई लिएर गएछन् यिनीहरूले,’ ‘हामी जाँदा खेरी मलाई दलित तँ के गर्न सक्छस् भने।’ त्यसपछि उनले आफ्नो बन्दै गरेको घर भत्काउँदै गरेको दृष्य लुकेर मोबाइलबाट भिडिओ बनाएको बताए। भारतको दिल्लीमा रोजगारी गर्ने ओखेडाको वडा नम्बर–७ मा जमिन छ। उनका बुवाले २०५७ सालमै सो जमिन किनेको बताए। आफ्नो जमिनमा घर बनाउँदा ३०/४० जना गाउँले आएर भत्काएको उनको भनाइ छ। ओखेडाको घरसँगै अरू…

Read More

काठमाडैँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ। अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ। अध्यागमन विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सेडाइँका अनुसार सर्भर डाउन भए पनि ‘मेनुअल’रूपमा अन्तर्राष्ट्रिय यात्रु व्यवस्थापन भइरहेको छ। अहिले सर्भर मर्मतको काम पनि भइरहेको छ। ‘अध्यागमनको सर्भर डाउन भएकाले मेनुअलरुपमा यात्रु व्यवस्थापन गरी सेवालाई निरन्तरता दिइएको छ’, प्रमुख सेडाइँले भने। विमानस्थल कार्यालयले पनि अध्यागमनको सर्भर डाउनले अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको र मेनुअलरुपमा उडान सेवालाई निरन्तरता दिइएको जनाएको छ।

Read More

काठमाडौँ: कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरबाही गरेको मुद्दामा सर्वोच्च अदालतले ३० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँल र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश गरेको हो । घाँटीमा समस्या भएर अस्पतालको इमर्जेन्सीमा उपचार गर्न पुगेका ८ महिनाका बालक आलोक बराललाई गलत सुइ दिँदा क्षति पुगेको भन्दै उक्त रकम भराउन आदेश दिइएको हो । पीडित बालकका बुबा ध्रुवकुमार विश्वकर्माले अर्कै बालकका लागि तयार पारिएको ‘मेनेन्जाइटिस मलेरिया’को खोप आफ्नो बच्चामा लगाउँदा उनको स्वास्थ्यमा क्षति पुगेको भन्दै मुद्दा हालेका थिए ।

Read More

काठमाडौँ : सुन तस्करीमा संलग्न रेडी ट्रेडर्स प्रालिको काठमाडौँस्थित सोह्रखुट्टे गोदामबाट बुधबार बरामद गरिएका स्कुटरको ‘ब्रेक शु’ बाट सुन झिकेको पाइएको छ । विभागका अनुसार सुन झिकेपछि दुरुस्तै बनाएर ‘ब्रेक शु’लाई कार्टुनमा ‘रिप्याक’ गरेको पाइएको हो । राजस्व अनुसन्धान विभागका अनुसार १ हजार ३२० थान बढी ‘ब्रेक शु’ बाट सुन झिकेको पाइएको हो । १००० ग्राम तौलको एक थान ‘ब्रेक शु’बाट ५५५ ग्राम सुन झिकेको पाइएको छ । समग्रमा ‘ब्रेक शु’बाट ७३२.६ केजी सुन झिकेको पाइएको छ । सुन झिकिएपछि अहिले ‘ब्रेक शु’को प्रतिथान तौल ४४५ ग्राम मात्रै छ । गोदामबाट बरामद गर्ने क्रममै सुन छुट्टयाएर तस्करले लगिसकेको अवस्थामा फुक्लेका…

Read More

काठमाडौँ: सशस्त्र प्रहरीका ६ जना इन्स्पेक्टर डीएसपीमा बढुवा भएका छन्। साधारण समूह तथा लेखा उपसमूहतर्फ ५ जना र कानुन उपसमूहतर्फ एक गरी ६ जना इन्स्पेक्टरको डीएसपीमा बढुवा भएको हो। बिहीबार बसेको गृहमन्त्रालयका सचिवस्तरको निर्णयअनुसार उनीहरूको बढुवा भएको हो। बढुवा समितिले असार ३१ गते उनीहरूको नाम गृहमा सिफारिस गरेको थियो। यी हुन् बढुवा हुनेहरू:प्रमोदबाबु थापातुलसिंह केसीसन्तोषकुमार चन्ददिवाकर राउतराजेशकुमार सिंहसत्यदेवी बस्नेत

Read More

डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकाले आफ्नै पालिका गान र लोगो तयार गर्ने भएको छ । अजयमेरुको पहिचान झल्किने गरी गाउँपालिकाले पालिका गान र लोगो तयार पार्न लागेको हो । गाउँपालिकाले लोगो तथा गानको रचना गर्न चाहने इच्छुक नेपाली नागरिकसँग आवेदन आह्वान गरेको छ । आगामी भदौ ११ गतेभित्र गाउँपालिकाको कार्यालयमा रचना पठाइसक्नुपर्ने जारी सूचना उल्लेख छ । गाउँपालिकाको सामाजिक, आर्थिक, भौगोलिक, धार्मिक, ऐतिहासिक, भाषिक, सांस्कृतिक तथा पर्यटकीय मौलिक विशिष्टता झल्किने गरी पालिका गान तथा लोगो तयार गर्नुपर्ने जनाइएको छ । त्यस्तै, पालिका गान घटीमा ५० शब्द र बढीमा ६० शब्दको हुनुपर्छ । पालिकाको लोगो नेपालको राष्ट्रिय लोगोकै आकारमा हुनुपर्ने गाउँपालिकाको भनाइ…

Read More

कैलाली: कैलालीको अत्तरियामा सल्याबाट ल्याइएको सिम्ला मिर्च तरकारीमा विषादी भेटिएको छ । अत्तरियास्थित विषादी अवशेष दु्रत विश्लेषण इकाइमा गरिएको परीक्षणमा एक क्विन्टल बढी सिम्लामा उपभोग गर्न नमिल्ने विषादीको मात्रा भेटिएको हो । सिम्लामा ६५ दशमलव ८५ प्रतिशत अर्गानोफस्फेट रोकावट दर भेटिएको र सो तरकारी नष्ट गरिएको कार्यालयका बालि संरक्षण अधिकृत प्रमोद ठगुन्नाले बताए । उनका अनुसार तरकारीमा ४५ प्रतिशतभन्दा बढी विषादीको रोकावट दर भेटिएमा विसर्जन गर्ने गरिन्छ । उक्त सिम्ला कृषि उपज थोक बजार समितिको हाताभित्र रहेको एमके एग्रीकल्चर ग्रुप प्रालिमा भेटिएको थियो । विषादी फेला परेको सिम्ला आज बिहान मात्रै ल्याइएको पसलका विक्रेता रमेश सुनारले बताए। यसअघि असार २४…

Read More

कैलाली: कैलालीको लम्कीचुहा नगरपालिकाले अतिक्रमित संरचना हटाउन सुरु गरेको छ । नगरपालिकाले अतिक्रमित खोला तथा नाली खाली गराउने कार्य सुरु गरेको हो । नगरपालिकाले लम्कीचुहा-१ लम्की बजारको पायनियर्स विद्यालय नजिकको नालाबाट अतिक्रमित भएको ठाउँको रेखांकन कार्य सुरु गरेको थियो । आजदेखि रेखांकन गरिएका ठाउँमा डोजर चलाइएको छ । आज विद्यालयको उत्तरपट्टी गेट नजिकैबाट डोजर लगाएर संरचनाहरु हटाउने कार्य थालिएको छ । पटपटक आफूहरुले सूचना जारी गरेको भन्दै नगरप्रमुख सुशिला शाहीले अब खोलानाला तथा सडक अतिक्रमण गरी बनाइएका संरचना भत्काउन नरोकिने बताइन् ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा पछिल्लो एक वर्षमा सर्पदंशका करिब तीन सय बिरामीको सफल उपचार गरिएको छ । नेपाली सेनाको अर्जुनी ब्यारेकस्थित सर्पदंश उपचार केन्द्र तथा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा समेत सर्पदंशका दुई सय ९४ बिरामीको उपचार गरिएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको रुद्रध्वज गण मातहत रहेको अर्जुनीस्थित सर्पदंश उपचार केन्द्रमा गत आर्थिक वर्षमा दुई सय ५१ जना बिरामीको उपचार गरिएको सेनाले जनाएको छ । रुद्रध्वज गणका सेनानी दीपेन्द्र मल्लले साधारण तथा विषालु सर्प, बिच्छी र अन्य किराको टोकाइबाट बिरामी परेकाको उपचार गरिँदै आएको जानकारी दिए । उनका अनुसार गत आवमा ८६ पुरुष र एक सय ६५ जना महिलाको सर्पदंश…

Read More

धनुषा: धार्मिक स्थलमा अश्लील टिकटक भिडियो बनाउने कार्यमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील हर्कत देखाई टिकटक बनाउने कार्यमा संलग्न धनुषा औरही गाउँपालिका-६ पोखरभिण्डाका १८ वर्षका अनिरूद्र यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । टिकटकमा देखिएकी महिला र भिडियो खिच्ने व्यक्तिहरू समेतको खोजी भइरहेको प्रहरीले जनाएको छ । सार्वजनिक भिडियोमा युवकले युवतीको संवेदनशील अंग समातेको देखिन्छ ।

Read More