काठमाडौँ : नेकपा (एमाले) ले पुष्पलाल मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ ।
सिराहाको सर्रे अम्बामा बसेको सचिवालय बैठकले मङ्सिरको तेस्रो साता केन्द्रीय कमिटी बैठक आयोजना गर्ने र बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भन्ज्याङसम्म युवा केन्द्रित अभियान सुरु गर्ने निर्णय गरेको हो ।
मङ्सिरमा पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बस्ने निर्णय भएको एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले बताए ।
उनले भने- ‘मङ्सिरको तेस्रो साता सुदूरपश्चिमको धनगढीमा केन्द्रीय कमिटी बैठक बोलाउने र त्यो बैठकअघि पोलिटब्युरोको बैठक डाक्ने निर्णय भयो ।’ उनले बैठकको मिति पछि तोकिने समेत बताए ।
Facebook Comments Box