महेन्द्रनगर : प्रथम सुदूरुपश्चिम श्री शारिरीक सुगठनको उपाधी बिजेता महेन्द्रनगरका सुनिल चन्दलाई सोमबार गृहनगरमा सम्मान एवं बधाई ज्ञापन गरिएको छ । सुदूरपश्चिम फिट्नेश एण्ड फारवेष्ट स्पोर्टस क्लबको आयोजनामा शनिबार धनगढीमा सम्पन्न प्रतियोगिता अन्तरगत शारिरीक सुगठन विधामा चन्द र मेन्स फिजिकतर्फ लक्ष्मीदत्त पन्तले उपाधि जितेका थिए । उपाधी बिजेताद्धय चन्द र पन्तलाई महेन्द्रनगरस्थित रोयल व्यामशालामा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो ।सम्मान समारोहमा महेन्द्रनगरका युवा व्यवसायी मदन भट्ट, राससका कार्यालय प्रमुख शेरबहादुर सिंह, व्यायमशालाका सञ्चालक किशन चन्द लगायत व्यामशालामा आवद्ध सदस्यहरु सहभागी थिए । उपाधी बिजेता चन्दले यसअघि पनि राष्ट्रिय स्तरमा शारिरीक सुगठनमा पदक प्राप्त गरिसकेका छन् । रोयल व्यामशालाका सञ्चालक…
Author: महेन्द्रनगर पोष्ट
सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेश कमिटीको अध्यक्ष पदमा गुलाबजङ्ग शाहको प्यानल नै निर्वाचित भएको छ । अध्यक्षका उम्मेदवारद्धय मीनबहादुर शाही र प्रकाश रोकायलाई पछि पार्दै शाह ३६९ मत प्राप्त गर्दै प्रदेश कमिटीको अध्यक्षमा निर्वाचित भएका हुन् । शाहका प्रतिस्पर्धी शाहीले २०७ र रोकायले ४ मत मात्र पाएका छन् । त्यस्तै उपाध्यक्षमा टेकराज पछाइ निर्वाचित भएका छन् । उनले ३४६ मत पाएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार लाल बहादुर महतराले १७६ मत प्राप्त गरेका छन् । सचिव पदमा ध्रुव शाही निर्वाचित भएका छन् । शाहीले ४०४ मत प्राप्त गरेका छन् । सचिवका अर्का उम्मेदवार रुद्र शाहीले १६९ मत पाएका छन्…
काठमाडौं : सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहँदा उनले १९ जेठमा दुर्वयवहार गरेको भन्दै एक जना महिला सहायक हवल्दारले उजुरी दिएकी थिइन् । त्यसक्रममा छानबिनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति बनेको थियो । समितिले उनलाई दोषी ठहर गर्दै बर्खास्त गर्न सिफारिस गरेलगत्तै पालको राजीनामा आएको हो । पाललाई यसअघि नै गृह मन्त्रालयले निलम्बन गरेको थियो । बिदामा जान लागेकी महिला कर्मचारीलाई दुर्व्यवहार गरिएको प्रकरणमा प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिन समितिले दोषी ठहर गरेपनि फौजदारी कसूरमा भने पालविरुद्ध अनुसन्धान भएको…
सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणनामा अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहको अग्रता कायमै रहेको छ । ४ सय मत गणना हुँदा शाहले २५० मतसहित अग्रता कायम गरिरहेका छन् भने अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले १३० मत प्राप्त गरेका छन् । त्यस्तै अर्का अध्यक्ष पदका उम्मेदवार दिपक रोकायाले ३ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षका उम्मेदवार टेकराज पछाइले २३० मत प्राप्त गरेर अग्रता लिएका छन् भने उपाध्यक्षका अर्का दुई उम्मेदवार लाल बहादुर महतराले १२२ मत र दानसिंह परियारले ३० मत पाएका छन् । त्यसैगरी सचिव पदका उम्मेदवार ध्रुव शाहीले २७६ मतसहित अग्रता लिइरहेका छन् भने सचिवका अर्का उम्मेदवार रुद्र…
धनगढी : सुदूरपश्चिम प्रदेश सभा बैठक मंगलबारका लागि आह्वान गरिएको छ। एक महिना भन्दा बढी समयदेखि अनिश्चित बनेको सभाको बैठक भोलि दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ। सोमबार प्रदेश सभा सचिवालयमा सूचना टाँस तथा प्रदेश सभा सदस्यको मोबाइलमा सन्देश पठाएर बैठकमा सहभागि हुन अनुरोध गरिएको हो। प्रदेश सभा सचिव देबबहादुर बोगटीले जारी गरेको सूचनामा भनिएको छ, ‘१६ गते मंगलबार दिनको १: ०० बजे प्रदेश सभाको वैठक बस्ने भएकाले सम्पूर्ण प्रदेश सभा सदस्यज्यहरुको उपस्थितिका लागि अनुरोध छ।’ भोलि बस्ने बैठकमा संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन प्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गरेको छ। सोमबार राष्ट्रपति भवनमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले उक्त प्रतिवेदन पेश गरेका हुन्।
काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्ति सचिव मधु कुमार मरासिनी र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल निलम्बन भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव मरासिनीसहित ९ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन् । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हुँदा नीति तथा कार्यक्रममा समावेश नभएको तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रले बजेट नै माग नगरेको नेशनल पेमेन्ट गेटवे खरिद शीर्षकमा एलएमबीआइएस बजेट प्रविष्टिका नियमित चरणहरूमा पर्ने कुनै पनि कार्य नगरी नगराई मरासिनीले २५ करोड रकम बजेट(रातो किताब)मा समावेश गराएको अख्तियारको ठहर छ । यसैगरी राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन उपनिर्देशक (कार्यकारी निर्देशक)…
काठमाडौँ : त्रिभुवन विमानस्थल भन्सार कार्यालयले श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने जनाएको छ । तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्च सम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउने कार्यालयले जनाएको छ । अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्ने व्यवस्था रहेको स्मरण पनि कार्यालयले गराएको छ । यसैगरी ५ हजार अमेरिकी डलर माथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नु…
काठमाडौँ : इजिप्टको सुएज नहर शहर इस्मालियामा रहेको प्रहरी मुख्यालयमा सोमबार आगलागी हुँदा कम्तीमा ३८ जना घाइते भएको इजिप्टको सरकारी प्रसारण नाईल टिभीले बताएको छ । आगो निभाउन स्थानीय बासिन्दा, सुरक्षा सशस्त्र बललगायत खटिएका थिए । आगलागीको कारण भने अझै पनि पुष्टि हुन सकेको छैन । यसैबीच घटनास्थलमा पुगेर ३० वटा एम्बुलेन्सले घाइतेहरूलाई नजिकैको सरकारी अस्पतालमा पुर्याएका छन् । चार तलासम्म फैलिएको आगोले प्रहरी परिसरको मुख्य पर्खाल पूर्णरूपमा ध्वस्त भएको छ । आगो नियन्त्रणमा नआएसम्म भवन पूर्णरूपमा खाली गर्न सबै कामदारलाई निर्देशन दिइएको छ ।
डडेल्धुराः डडेल्धुराका सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बल नेपालका (विओपी) बिना पूर्वाधारका रहेका छन्। जिल्लाका परशुराम नगरपालिका अन्तरगत सीमावर्ती क्षेत्रमा रहेका पाँच वटा विओपी मध्ये सादँनी, तातापानी, परिगाँउ र रुपाली गाडको पूर्वाधार निर्माण हुन सकेको छैन्। सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीहरूका लागि आवश्यक पूर्वाधार नहुँदा उनीहरूलाई समस्या रहेको छ। डडेल्धुरामा नेपाल–भारत सीमा क्षेत्रमा ५ वटा विओपी स्थापना भएका छन्। जसमध्ये सशस्त्र प्रहरी वल नेपाल सिमशिर्षकोे विओपीको मात्रै भौतिक संरचना रहेको छ। सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको बढ्दो उपस्थितिले नाका वासीले सुरक्षाको अनुभुति गर्न पाएको सशस्त्र प्रहरी वल नेपाल ५२ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक बिरेन्द्रबहादुर पालले बताए। अस्तव्यस्त अवस्थामा रहेका…