धनगढी: नेपाल सरकारका गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणी दुवाडी र तीनवटा सुरक्षा निकायका प्रमुखहरुको टोली धनगढी पुगेको छ। सोमबार बेलुका टोली धनगढी पुगेको हो।
सो टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लगायत राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसमेत छन्।
कैलालीको धनगढीमा मंगलबार सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएकाले टोली धनगढी पुगेको हो। धनगढीको एक होटलमा भोलि बिहान ८ः०० बजेदेखि सुरु हुने छ।
गोष्ठीमा सुदूरपश्चिम प्रदेशका सुरक्षा निकायका प्रमुख, सरोकारवालाहरू, र अन्य सम्बन्धित व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
Facebook Comments Box