Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) १५ दिनभित्र परिमार्जन गरी पेस गर्न निर्देशन दिइएको छ। पञ्चेश्वरको डीपीआरलाई अन्तिम रूप दिन साउन ५ र ६ मा भारतको नयाँदिल्लीमा बसेको बैठकले संयुक्त विज्ञ टोलीले यसअघिका बैठकमा भएका सहमति तथा महाकाली सन्धिको मर्मअनुरूप हुने गरी पञ्चेश्वरको डीपीआरलाई परिमार्जन गरी पेस गर्न वाप्कोस लिमिटेडलाई निर्देशन दिएको हो। तीन साताभित्र विज्ञ समूहको अर्को बैठकले डीपीआर प्रतिवेदनलाई अन्तिम रूप दिने निर्णय गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले बताए। नेपालका तर्फबाट जल तथा ऊर्जा आयोगका सचिव सुशीलचन्द्र तिवारी र भारत सरकारका तर्फबाट केन्द्रीय जल आयोगका अध्यक्ष कुसविन्दर बोहराले संयुक्त रूपमा बैठकको अध्यक्षता…

Read More

धनगढी: आज सुदूरपश्चिम प्रदेश सरकार बिस्तार गर्ने तयारी गरिएको छ। त्यसका लागि काठमाडौंमा रहेका मुख्यमन्त्री शाह धनगढी फर्किदैछ्न्। स्रोतका अनुसार आज २ मन्त्री र एक राज्यमन्त्री नियुक्त हुन सक्नेछन्। अहिले सुदूरपश्चिममा २ मन्त्रालय मन्त्रीविहीन छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएपछि कानुन मन्त्रालय रिक्त भएको थियो। कृषि मन्त्रालय पनि खाली छ। दुई वटा मन्त्रालय दाबी गरेको नागरिक उन्मुक्ति पार्टीलाई १ मन्त्रीसहित एक राज्यमन्त्री दिने र एकजना काङ्ग्रेसकै मन्त्री हुने स्रोतले बताएको छ। फागुन २१ गते प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका मुख्यमन्त्री शाहलाई काँग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, नेकपा एस, स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ।…

Read More

दार्चुला: ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट दार्चुलामा हालसम्म एक हजार एक सय ६९ पशुचौपाया मरेका छन्। लम्पी स्किनको सङ्क्रमण ३३ हजार तीन सय ३० पशुचौपायामा पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र दार्चुलाका सूचना अधिकारी खेमराज भट्टले जानकारी दिए। उनका अनुसार दार्चुलाका नौवटा स्थानीय तहमा एक सय ४३ बाच्छाबाच्छी, तीन सय ७८ गाई, छ सय २२ गोरु र २६ भैँसी मरेका छन्। त्यस्तै चार हजार नौ सय ५१ बाच्छाबाच्छी, १४ हजार दुई सय ९५ गाई, १३ हजार सात सय पाँच गोरु र तीन सय ६९ भैँसी सङ्क्रमित भएका छन्। लम्पी स्किन विशेषगरी गोरु साना बाच्छाबाच्छी, गाई र भैँसीमा बढी देखापरेको छ।…

Read More

डडेल्धुरा: डडेल्धुरामा लागुऔषधसहित एकजना पक्राउ परेका छन्। हिजो आइतबार जिल्लाको अमरगढी नगरपालिका-१ स्याउलेबाट भारतीय नागरिक २४ वर्षका मुन्ना खान पक्राउ परेका हुन्। भारतको पिलिभित मोहल्ला गाउँका उनी स्याउलेस्थित एक ग्यारेजमा जीप मर्मतको काम गर्दै आएका थिए। विशेष सूचनाका आधारमा उनको कोठामा खानतलासी गर्दा ०.१८ ग्राम खैरो हेरोइन(ब्राउन सुगर) फेला परेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले बताए। खानलाई समेत पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताए। मुन्ना उनै हुन जसमाथि प्रहरीले लामो समयदेखि निगरानी गर्दै आएको थियो। पछिल्लो समय लागुऔषध नियन्त्रणमा डडेल्धुरा प्रहरी सक्रिय छ। जिल्लामा लागुऔषध कारोबार गर्नेदेखि प्रयोग गर्नेलाई प्रहरीले धमाधम पक्राउ गर्दै कारबाही गर्दै…

Read More

काठमाडौँ: हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। सोमबार  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका केहि स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ। मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरू मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Read More

धनगढी: कैलालीमा घरमा लुकाएर राखिएको लागुऔषधसहित एक दम्पति पक्राउ परेको छ। आइतबार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टाेलीले गोदावरी नगरपालिका-५ गेटा बस्ने २० वर्षीया अनिता राना र निजको श्रीमान २४ वर्षीय अन्तराम रानालाई पक्राउ गरेकाे हाे। घरमा खानतलासी गर्ने क्रममा उनीहरू सुत्ने कोठामा राखिएको प्लाष्टिकको जेब्रा झोलामा २ ग्राम लागुऔषध खैरो हिरोईनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। अन्तराम रानालाई ३ महिना अगाडी पनि सामान्य चोरीको घटनामा कारबाही गरिएको प्रहरीले जनाएको छ। उनीहरूले अपाङ्गताको आवरणमा श्रीमान-श्रीमती भारतको सीमानाका बजारबाट लागुऔषध ल्याएर गाउँटोलका युवा ग्राहकहरुलाई स-साना पुरिया बनाई बिक्रीवितरण गर्ने गरेको प्रारम्भिक…

Read More

काठमाडौं : प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका-८ का ४४ वर्षका राजेन्द्रप्रसाद खनाल र उनका छोरा २३ वर्षका विशाल खनाल रहेका छन् । राजेन्द्रले आफू प्रधानमन्त्रीको सुशासन सल्लाहकार रहेको र अन्य प्रमुख नेताहरुसँग पनि चिनजान रहेको भन्दै विभिन्न कम्पनी र व्यवसायमा सहभागी गराउने आश्वासन दिएर ४५ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । उनीहरुले ना ४ च ८६७० नम्बरको जिपसमेत लिएर फरार भएपछि इलाका प्रहरी कार्यालय दमक झापामा उजुरी परेको थियो । उनीहरुविरुद्ध जिल्ला अदालत…

Read More

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–१ बस्ने ४२ वर्षीय पुष्पराज जोशी पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा पक्राउ परेका छन्। उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेको हो। पक्राउ परेका जोशीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। पक्राउ परेका जोशीले पोल्याण्ड पठाइदिन्छु भन्दै पटक पटक गरेर पीडितसँग १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।

Read More

काठमाडौँ : खोटाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोजराज खतिवडा निलम्बनमा परेका छन् । । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खतिवडाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै आजैदेखि स्वतः निलम्बनमा परेका हुन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुँदा खतिवडाले वडा नं. १० विद्युत् पोल तार र ट्रान्समिटर खरिद योजनामा मिलोमतो गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ । हाल खतिवडा खोटाङका सिडिओ हुन् ।

Read More

धनगढी: धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा डडेल्धुरा समाज गठन गरिएको छ। समाजको अध्यक्षमा समिर भण्डारी चयन भएका हुन्। यस्तै उपाध्यक्षमा उशा बोहोरा, सचिवमा महेश बडु, सहसचिवमा कृष्णा पाण्डेय, कोषाध्यक्षमा नरेश कामी र सहकोषाध्यक्षमा आषिश पाण्डेय चयन भएका छन्। यस्तै सदस्यहरुमा प्रिती तमोली, कैशल पन्त, मन्जु भण्डारी, निरज उप्रेती, भावना फुलारा, गौरब भट्ट ,सुनिता रोकाया, रिता बोहरा र रेखा भाट चयन भएका छन्।

Read More