Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: एक युवकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी दिपक थापाको नाम र फोटो प्रयोग गरी आतंक मच्चाएको बताइएको छ। फोटो दुरुपयोग गरेर अरुलाई धम्क्याएको आरोपमा एक युवक पक्राउ परेका छन्।  मोरङको विराटनगर महानगरपालिका–१, ठूलो मिल चोक बस्दै आएका ३० वर्षीय हेमकुमार खड्कालाई उक्त अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ। उनले ट्रुकलर नामक एपमा सीआईबी प्रमुख थापाको नाम र फोटो प्रयोग गरी विभिन्न वित्तिय संस्था तथा व्यक्तिलाई आफू ब्युरोको कर्मचारी भन्दै फोनबाट धाकधम्की दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।  जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले उनलाई हिजो पक्राउ गरेको हो। खड्कामाथि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको…

Read More

काठमाडौं: अध्यागमन विभागको महानिर्देशकमा गोविन्द रिजाललाई पठाइएको छ। रिजाल पनि मन्त्रालयमा जिम्मेवारीविहीन थिए। अध्यागमन विभागका महानिर्देशक कोशहरी निरौलाको गत शुक्रबार सञ्चार मन्त्रालयमा सरुवा भएको थियो। रिजाल यसअघि काठमाडौंको सिडिओ भइसकेका सिनियर सहसचिव हुन्।

Read More

काठमाडौं: चितवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सरकारले एकसाथ फिर्ता बोलाएको छ। बुधबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गृह मन्त्रालयमा फिर्ता गरिएको छ। यस्तै चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावेश्वर रिमाललाई पनि त्यहाँबाट हटाइएको छ। चितवनका प्रमुख जिल्ला अधिकारीमा गृहमन्त्रालयका प्रकाश पौडेललाई सरुवा गरिएको छ। चितवनको प्रहरी प्रमुखमा मानव बेचविखन अनुसन्धान ब्यूरोका एसपी गौतम मिश्रलाई सरुवा गरिएको छ। चितवनबाट हटाइएका एसपी रिमाल मानव बेचविखन ब्युरोमा गएको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए। सीडीओ यादव र एसपी रिमालले रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले सरकारविरुद्ध जथाभावि आन्दोलन गर्दा पनि त्यसलाई रोक्न नसकेको उनीहरुमाथि आरोप छ। रास्वपाका कार्यतर्काले…

Read More

कञ्चनपुरः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निमार्णको काम छिट्टै अघि बढ्ने बताएका छन्। दोधाराधारा चाँदनीस्थित प्रस्तावित सुक्खा बन्दरगाह निमार्णस्थलको आज निरीक्षण गर्दै उनले मन्त्रिपरिषद्को बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको जग्गा सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरिसकेकाले अबको केहि महिनाभित्रै निमार्णको काम सुरु गरिने बताए। ‘मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको छ, अन्य प्रक्रिया सुरु गरेर छिट्टै निमार्णको काम थालनी हुनेछ’, मन्त्री भण्डारीले भने, ‘छिमेकी मुलुक भारतको आर्थिक र प्राविधिक सहयोगमा चाँडै सम्पन्न गर्ने गरि सरकारले उच्च प्राथमिकतामा राखेको छ।’ उनले भारत सरकारले पनि चाँडो सम्पन्न गर्ने गरि चासो राखेकाले छिट्टै निमार्ण…

Read More

डडेलधुरा: भारतसँग सीमा जोडिएको डडेल्धुराको महाकाली नदीमा पुल नहुँदा स्थानीयवासी समस्या मोल्दै ट्युबमा वारपार गर्दै आएका छन्। भित्री मधेश क्षेत्र परशुराम नगरपालिका र भारतलाई जोड्न काली नदीमा पुल नहुँदा जोखिम मोलेर स्थानीयवासी डुङ्गाबाट वारपार गर्दै आएका थिए तर अहिले डुङ्गा पनि नचल्दा ट्युबबाट वारपार गर्नुपर्ने बाध्यता रहेको स्थानीय राम धामीले बताए। यस वर्ष डुङ्गा सञ्चालन गर्न ठेक्का लगाउन नसकिएको परशुराम नगरपालिकाका प्रवक्ता एवं वडा नं. ६ का वडाध्यक्ष खगेन्द्र सिंहले जानकारी दिए। डुङ्गा सञ्चालन हुन नसक्दा नेपालीको महान् पर्व दसैँका बेला घर फर्किने स्थानीयलाई निकै सास्ती भएको स्थानीय महावीर चुनाराले गुनासो गरे। ट्युबबाट जोखिम मोलेर नदी तर्दा एक जनाको दुई…

Read More

धनगढी: बाह्रसिङ्गा अवलोकनका लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु भएको छ। मनसुनको मौसम सकिएपछि निकुञ्ज कार्यालयले कात्तिकबाट जङ्गल सफारी खुला गरेको हो। मनसुन अवधिभर निकुञ्जमा सफारी बन्द गरिएको थियो। चाडपर्वका बेला धेरै नेपाली परिवारसँग घुमफिर गर्ने भएकाले सफारीका लागि निकुञ्ज खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताए। “कात्तिक २ गतेबाट निकुञ्ज खोलिएको छ,” उनले भने, “अहिले बढीजसो नेपाली नै घुमघामका लागि आइरहेका छन्।” शुक्लाफाँटा निकुञ्ज क्षेत्रमै यस वर्ष सबैभन्दा बढी वर्षा भएको थियो। त्यति बेलाको वर्षाका कारण आएको बाढीले निकुञ्ज क्षेत्रभित्र रहेका पुलपुलेसा र बाटा बिगारेको छ। धेरै जसो पुल मर्मत गर्नुपर्ने भएका छन् तर निकुञ्जको…

Read More

बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी साढे १७ बर्षीया किशोरी बेपत्ता प्रकरणमा पक्राउ परेका प्रहरी हवल्दार कृष्णराज जोशीमाथि दोश्रो पटक म्याद थपेर अनुसन्धान भइरहेको छ। गएको असोज २५ गते बिहानबाट बेपत्ता भएकी किशोरीको अवस्था अझै अज्ञात रहेको छ। किशोरी बेपत्ता गर्ने कार्यमा महाकाली प्रहरीचौकीका तत्कालिन इञ्चार्ज समेत रहेका प्रहरी हवल्दार जोशीको हात रहेको भन्दै उनीमाथि उजुरी परेको छ। बेपत्ता किशोरीका आफन्तले उजुरी दिएपछि उनीमाथि मानिस बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए। असोज २५ गतेदेखि नै प्रहरीको नियन्त्रणमा रहेका हवल्दार जोशीमाथि आज जिल्ला अदालतबाट दोश्रो पटक सात दिनका लागि म्याद थपेर…

Read More

डडेल्धुरा: डडेल्धुराका एक व्यवसायी बेपत्ता भएका छन्। सोमबार बिहानबाट  परशुराम नगरपालिका– ५ परीगाउँका व्यवसायी अन्दाजी ५३ वर्षीय खेम सिंंह प्वाली बेपत्ता भएका हुन्। उनको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ। खोजी गर्ने क्रममा बेपत्ता प्वालीले लगाएको कपडा परीगाउँस्थित महाकाली नदी किनारमा फेला परेको प्रहरी जनाएको छ। उनले नदीमा हामफालेको आशंका रहेकाले सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा प्रहरीले खोजी कार्य तिव्र पारेको बताएको छ।

Read More

धनगढी: कैलाली र कञ्चनपुरबाट चोरी र लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। कञ्चनपुरबाट लागूऔषध र वन मुद्दाका दुई तथस कैलालीबाट चोरी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका हुन्। मंगलबार लागूऔषध मुद्दामा दुई महिना कैद सजाय तोकिएका कञ्चनपुरको भीमदत्त नगरपालिका – ४ बजारका ३० वर्षीय संजय थापा र वन सम्बन्धी कसुर मुद्दामा १७ दिन कैद सजाय र नौं हजार ५२८ रुपैयाँ जरिवाना तोकिएका भीमदत्त नगरपालिका – ९ सिद्धनाथ टोलका २५ वर्षीय लोकेन्द्र चन्द पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । यस्तै जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा सात दिन कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकिएको…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका चार जिल्लाबाट भन्सार छलीका सामान बरामद गरिएको छ। मंगलबार कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाबाट अवैध सामान बरामद गरिएको हो। कैलालीको धनगढी उपमहानगरपालिका – २ फनपार्क नजिक, उपमहानगरपालिका – ४ पुरानो भन्सार रोड, उपमहानगरपालिका – १० जुगेडा, उपमहानगरपालिका – १९ बहुलियाघाट, भजनी नगरपालिका – ३ पिरनी, टीकापुर नगरपालिका – ८ श्रीलंका, टीकापुर नगरपालिका – ९ बालुवा स्थित सडक खण्ड र गौरीगंगा नगरपालिका – ४ राजीपुरबाट अबैंध रूपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरिएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार उक्त स्थानबाट चार लाख ३४ हजार ९२८ रुपैयाँ बराबरको प्याज, चिनी, सुर्ती, मसला, मोबाइलको ग्लास, मोबाइलको कभर, मोबाइलको…

Read More